कर्फ्यूलाई छिचोल्दै जब टीकापुरमा पुगेको थिएँ

ठाकुरसिंह थारू

ठाकुरसिंह थारू

Thakur

टीकापुर दक्षिणबाट आइरहेका तीनजना अग्ला, प्रहरीजस्तै कपाल र हाफपाइन्ट लगाएका चार युवाले रोकिहाले । ‘तँ थारू होस,’ तीमध्ये अग्लोकद भएकाले आक्रोशयुक्त प्रश्नगर्दै धम्क्याए, ‘पेट्रोल ल्याए । यसलाई पनि जलाइ दे ।’ भाद्र १५, २०७२ टीकापुर गएर स्थलगत रिपोर्टिङ गर्नुपर्ने भएपछि घटनाको भोलिपल्ट अर्थात् मंगलबार बिहानै नेपालगन्जबाट बन्द छिचोल्दै घटनास्थलतर्फ पुगियो । मनमा अलिअलि डर थियो ।

करिब ४ किलोमिटरसम्म, जहाँबाट कर्फ्यू सुरु थियो । बाटामा पर्ने राजीपुर, अमौरी, अमौरा, पठरैया, तोरैयापुर, दुर्गौली, भगतपुरगाउँ सुनसान थिए । घरका ढोकाहरू बन्द थिए । सडकभरि सिसा छरपस्ट देखिन्थे । जलेका टायरका टुक्राहरू देखिन्थे ।

पूर्वपश्चिम राजमार्ग सुनसान थियो । बर्दियाको बाँसगढी, भुरीगाउँ लगायका बजार बन्द थिए । बस्ती रहेको स्थानमा सुरक्षाकर्मी तैनाथ    थिए । टीकापुरमा भएको हिंसात्मक घटनापछि सरकारले सुरक्षा बढाएको थियो । बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै चिसापानी पुग्ने बजार भने केही खुलेका थिए । त्यहाँबाट लम्कीबजार पुग्नुपर्ने तर थियो निषेधाज्ञा । बजार पूरै सुनसान र बन्दुक बोकेका सुरक्षाकर्मी मात्रै थिए । लम्कीपछि दक्षिणतर्फ पर्ने करिब १४ किलोमिटर दक्षिणमा टीकापुर पर्छ । तर त्यहाँ घटना भएलगत्तै अनिश्चितकालीन कर्फ्यू लगाइएको रहेछ । कर्फ्यू पास थिएन । त्यसैले सहकर्मी गणेश चौधरीले लम्की इलाका प्रहरी कार्यालयमा सम्पर्क गर्न सुझाए । प्रहरी निरीक्षकले टीकापुर आफ्नो इलाका नपर्ने भन्दै तर्किन खोजे । जुनसुकै हालतमा पुग्नुपर्ने अडान राखेपछि आफ्नो एरियासम्म स्कर्टिङ गरिदिए । करिब ४ किलोमिटरसम्म, जहाँबाट कर्फ्यू सुरु थियो । बाटामा पर्ने राजीपुर, अमौरी, अमौरा, पठरैया, तोरैयापुर, दुर्गौली, भगतपुरगाउँ सुनसान थिए । घरका ढोकाहरू बन्द थिए । सडकभरि सिसा छरपस्ट देखिन्थे । जलेका टायरका टुक्राहरू देखिन्थे । हिंसात्मक घटना भएको अघिल्लो दिन अखण्ड सुदूरपश्चिम र थरुहट पक्षबीच भिडन्त भएको तोरैयापुरको पुल नजिकैको सडकमा ढुंगाको अवरोध उस्तै थियो । तोरैयापुरदेखि सडकमा सुरक्षाकर्मी अलि बढी नै देखिए । कर्फ्यू पास नभएकाले सुरक्षाकर्मी देखिना साथ नजिकै पुगेर रोकिन्थे । नेपालगन्जबाट आएको भनेर अनुरोध गर्दा छाडिदिन्थे । कर्फ्यू पास कसैले मागेनन् । अवरोध पनि भएन ।

नेपाल पत्रकार महासंघको ज्याकेट र गाडीमा लेखिएको प्रेसले मलाई सुरक्षा दिएको थियो । तर सुनसान सडकमा एक्लै हिँड्दा डर लाग्थ्यो । साथीहरूले बजारको अवस्था निकै तनावपूर्ण भएकाले टीकापुर सामुदायिक एफएममा आउन भने । टीकापुरको मुख्यबजार पुग्नु अगावै खडकचोक रहेछ । त्यहाँ तैनाथ सुरक्षाकमीले रोके।

नेपाल पत्रकार महासंघको ज्याकेट र गाडीमा लेखिएको प्रेसले मलाई सुरक्षा दिएको थियो । तर सुनसान सडकमा एक्लै हिँड्दा डर लाग्थ्यो । साथीहरूले बजारको अवस्था निकै तनावपूर्ण भएकाले टीकापुर सामुदायिक एफएममा आउन भने । टीकापुरको मुख्यबजार पुग्नु अगावै खडकचोक रहेछ । त्यहाँ तैनाथ सुरक्षाकमीले रोके। फेरि त्यही जवाफ फर्काए। एक कदम मात्रै हिँडेको थिएँ । दक्षिणबाट आइरहेका तीनजना अग्ला, प्रहरीजस्तै कपाल र हाफपाइन्ट लगाएका चार युवाले रोकिहाले । ‘तँ थारू होस,’ तीमध्ये अग्लो कद भएकाले आक्रोशयुक्त प्रश्न गर्दै धम्क्याए, ‘पेट्रोल ल्याए । यसलाई पनि जलाइ दे।’ म झसंग भएँ । जीवनमा यस्तो प्रश्न र अवस्था कहिल्यै झेलेको थिइनँ । ‘म नेपालगन्जबाट आएको पत्रकार हो,’ जवाफ फर्काएँ । कर्फ्यूका बेला मलाई त्यसरी धम्क्याइरहँदा हतियारधारी प्रहरी एक शब्द बोलेनन् । कर्फ्यू तोडेको आरोपमा गोलीसमेत हान्न पाउने अधिकार पाएको सुरक्षाकर्मीले उनीहरूलाई पक्राउ गर्न सक्थ्यो । तर रोक्ने प्रयाससमेत नगरेपछि डराउनु स्वाभाविक थियो । त्यसमध्ये एक युवा अलि बुझ्ने रहेछन् । आफ्ना साथीलाई भने, ‘यो थारू भए पनि बाहिरको हो । मानवीय संवेदनाले पनि छोड्नुपर्छ । तर समाचार राम्रो लेखेस् है, चेतावनी दिन भ्याए । हस् हजुरबाहेक मसँग कुनै शब्द थिएन । टीकापुर एफएम पुगेपछि थाहा भयो, सहकर्मी गणेश चौधरीको अवस्था बेहाल रहेछ । त्यहाँका पत्रकारहरू कतिसम्म डराएका रहेछन् भने उनलाई रेडियोको अनएयरमा लुकाएका रहेछन् ।

म पुगेपछि सहकर्मी गणेशलाई केही साहस आयो । त्यहाँका पत्रकारहरूले भन्दै थिए, ‘तपाईंको साहसलाई हामी सम्मान गर्छौं । तर यस्तो बेला तपाईं नआउँदा राम्रो हुन्थ्यो। घर जान नसकेर सबै पत्रकारहरू करिब १ बजेसम्म भोकै थिए । बजार बन्द थिए ।

म पुगेपछि सहकर्मी गणेशलाई केही साहस आयो । त्यहाँका पत्रकारहरूले भन्दै थिए, ‘तपाईंको साहसलाई हामी सम्मान गर्छौं । तर यस्तो बेला तपाईं नआउँदा राम्रो हुन्थ्यो। घर जान नसकेर सबै पत्रकारहरू करिब १ बजेसम्म भोकै थिए । बजार बन्द थिए । सबैको अवस्था हेरिरहेकी नजिकैको पहाडी समुदायकी महिलाले दाल र भात पकाएर खुवाइन् । भन्दै थिइन, ‘बजार बन्द छ । तरकारी छैन । यही खानुस् ।’ उनको मानवीयता देखेर अघि भएको दुर्व्यवहार सबै बिर्सियो। हराएको खबरपछि खानापछि फेरि सबै एफएममै जम्मा भयौँ । अघि भएको घटना साथीहरूलाई सुनाएँ । कर्फ्यूमा पनि टीकापुरका स्थानीयका घरमा आगजनी भइरहेको थियो। घर जलेको आगोको मुस्लो त्यहाँबाट प्रस्टै देखिन्थ्यो । स्थानीय पत्रकारहरूले फलानोको घर भनेर अनुमान गर्थे । फोटो खिच्न जाने कसैको हिम्मत भएन । एमएफमा जम्मा हुनुुुको एउटै कारण थियो, कम्तीमा यहाँ आगजनी नगर्लान् । तर स्थानीय फूलबारी एमएममा आगो झोसिएको खबर आएपछि स्थानीय पत्रकार पनि त्रसित भए । कर्फ्यूको सूचना मात्रै बजिरहेको उक्त एफएम पनि बन्द गर्ने सल्लाह गरिरहेका थिए । एक्कासि पत्रकार महासंघका केन्द्रीय सदस्य प्रकाशविक्रम शाहको फोन आयो । उनले भने, ‘ठाकुरजी, प्लिज तपाईं टीकापुरमा नबस्नुस् । घटना साम्प्रदायिक भइसक्यो । तपाईंको ज्यानको खतरा हुनसक्छ । लगत्तै महासंघका पूर्वमहासचिव पोषण केसीको फोन आयो, एफएमको ल्यान्डलाइन नम्बरमा । ‘तिमी टीकापुरमा सम्पर्क्विहीन भएको खबर मकहाँ आएको थियो। अहिले कुन अवस्थामा र कहाँ हो ?

Tikapur

नेपाल प्रहरी र सशस्त्रसँग कुरा हुँदा अहिले सुरक्षा दिन नसक्ने अवस्था रहेको जवाफ फर्काएका छन् । त्यसैले सेनाको हेलिकप्टर पठाउने कुरा छ,’ उनले भने । म सुरक्षित रहेको जानकारी गराएँ । त्यसरी मेराबारेमा हल्ला फैलिएपछि कान्तिपुर दैनिकका प्रधानसम्पादक सुधीर शर्मा, समाचार सम्पादक हरि थापा, जिल्लाब्युरो संयोजक गंगा बीसी, नेपालगन्ज क्षेत्रीयब्युरो प्रमुख जनक नेपाल लगायतले फोन सम्पर्कगरी अवस्था सोध्नु स्वाभाविक थियो । उहाँहरूले पहिले सुरक्षा र त्यसपछि मात्रै समाचार संकलनका लागि सुझाव दिनुभयो । कर्फ्यूमा समाचार संकलन दिउँसो ३ बजिसकेको थियो । तर टीकापुर घटनाको समाचार संकलनका लागि पुगेको म एफएममै थुुनिएर बस्नुपरेको थियो । कति यसरी बस्नु ? नेपाल टेलिभिजनका स्थानीय संवाददाता महेन्द्र भण्डारीले आफ्नै मोटरसाइकलमा बसाएर आगजनी भइरहेका स्थानमा र्पुयाइदिन्थे । स्थानीय प्रहरीले उहाँलाई चिनेकाकारण त्यो दिनको रिपोर्टिङ सम्भव भयो । मलाई अनुहार छोप्नकालागि हेल्मेट लगाइदिएका थिए । बासबस्न होटेल सिद्धार्थमा पुगियो । सहकर्मी गणेश पनि आफ्नो घरमा जान सक्ने अवस्था थिएन, कर्फ्यूका बेला । घटनापछि त्यहाँ भएका पहुनाले होटेल छोडिसकेका रहेछन् । महेन्द्रनगरका पत्रकार बच्चु विक पनि हामीसँगै थपिएर चारजना भयौँ । राष्ट्रिय मानव अधिकारलगायतका अधिकारवादीहरू त्यसदिन टीकापुर आउने आँट गरेनन् । राति प्रहरीको टोली आयो । थरुहट आन्दोलनका नेताहरू लुकेको शंकामा होटलका कर्मचारीसँग सोधपुछ र्गयो । भोलिपल्ट एकाबिहानै प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको घटनास्थल   पुगियो । घटनास्थल पश्चिमतर्फ पर्ने पशुहाट बजार नजिकै भएको रहेछ । घटनास्थलमा सुरक्षाकर्मीको पोसाक र सुरक्षाकवच जलेको अवस्थामा थिए । स्थानीयको घर नजिकै उक्त घटना भएको रहेछ ।

राष्ट्रिय मानव अधिकारलगायतका अधिकारवादीहरू त्यसदिन टीकापुर आउने आँट गरेनन् । राति प्रहरीको टोली आयो । थरुहट आन्दोलनका नेताहरू लुकेको शंकामा होटलका कर्मचारीसँग सोधपुछ र्गयो ।

उक्त दिनका प्रत्यक्षदर्शीहरू मुख खोल्न मानेका थिएनन् । कुरागर्दा पनि नाम नलेखिदिन आग्रह गरे । उनीहरूका अनुसार घटनाका दिन पनि १८ र २० प्रहरी त्यहाँ तैनाथ थिए । निषेधाज्ञा लगाइएको थियो । प्रदर्शनकारीहरू चारैतिरबाट नगरपालिका छिर्ने हल्लाले स्थानीय प्रशासने त्यसरी नै सुरक्षाकर्मी तैनाथ गरेको रहेछ । तर पशु हाटबजार नाकाबाट बढी प्रदर्शनकारी आए । घेरा तोड्न खोजे । तैनाथ सुरक्षाकर्मीले आफ्ना प्रमुखलाई जानकारी गराए । सञ्चारमाध्यममा सुरक्षाकर्मीको एकहोरो कुरा आउन थलोपछि भोलिपल्ट गाउँछिर्ने कुरा भयो । तर कर्फ्यूमा सुरक्षाको चिन्ता भने उस्तै थियो । जे भएपनि जानैपर्ने थियो । टीकापुरबाट गाउँ हिँडियो । हिंसात्मक घटनापछि गाउँका स्थानीय नयाँ अनुहार देख्नसाथ स्थानीय भाग्थे । स्थानीय प्रशासनले सुरक्षाकालागि आश्वस्त पार्न नसक्दा गाउँ खाली भएको सर्वसाधारणको गुनासो छ । दुवै समुदाय लम्की, धनगढी, बर्दियाको राजापुरलगायत आफन्त र छिमेकीका घरमा गएका छन् ।

(लेखकः नेपालगञ्जबाट पत्रकारिता गर्छन् ।)

तपाईको प्रतिक्रिया