संविधान संशोधन नभए प्रचण्ड नेतृत्वको सरकार चाँडै ढल्छः यादव


UPendra

धरान, भाद्र १४ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताले ‘अस्वीकार’ गरेको संविधान तत्काल संशोधन नभए पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार पनि ओली नेतृत्वकै सरकारको हविगत हुने चेतावनी दिनुभएको छ ।

संघीयता, समानुपातिक समावेशी, धर्म निरपेक्ष गणतन्त्र नेपालको स्थापना गर्ने गरी संविधान संशोधन नगरी अहिलेको बहिस्कृत संविधान नै जस्ताको तस्तै लागूगर्ने प्रयास गरे जनताले आन्दोलन गरेर फेरि सरकार ढलाउने उहाँले चेतावनी दिनुभयो ।

धरानमा सम्पन्न फोरमको दुई दिने किरात र लिम्बूवान प्रादेशिक स्तरीय प्रशिक्षणमा यादवले त्यस्तो बताउनुभयो । जनताको पक्षमा संविधान संसोधन गराउने विश्वासमा दाहालको सरकारसँग तीनबुँदे सहमति गरेको उहाँले चर्चा गर्नुभयो ।

यादवले भन्नुभयो, ‘‘हामीले संविधानमा के के संशोधन गर्ने त्यो लिखितरुपमा दिइसकेका छौं । फेरि मागे उपलव्ध गराउँछौं तर सरकाले नै ढिलो गर्दैछ ।’

यादवले भन्नुभयो, ‘‘हामीले संविधानमा के के संशोधन गर्ने त्यो लिखितरुपमा दिइसकेका छौं । फेरि मागे उपलव्ध गराउँछौं तर सरकाले नै ढिलो गर्दैछ ।’

सरकारले संविधान संशोधन नगरी स्थानीय चुनाव गर्ने र स्थानीय निकाय चलाउने कुरा गरिरहेकोमा पनि आपत्ति जनाउनुभयो । संघीयतालाई नै धरापमा पार्नेगरी स्थानीय चुनाव गरेमा त्यो चुनाव कुनै पनि हालतमा हुन नसक्ने यादवले चेतावनी दिनुभयो ।

कांग्रेस र माओवादी केन्द्रको सरकारले बनाएको मन्त्रीमण्डल ठूलो भइसकेकाले सरकारमा जाने नजाने भन्ने विषय फोरमको सरोकारको विषय नभएको बताउनुभयो ।

पार्टीका केन्द्रीय महासचिव रणध्वज कन्दङ्वाले आर्थिक व्यवस्थापन तथा पार्टीको संगठनात्मक सिद्धान्तबारे प्रशिक्षण दिएका थिए ।

पार्टीका राजनीतिक समितिका सदस्य तथा महिला ईञ्चार्ज सुशीला श्रेष्ठले नेपालमा लैङ्गिक विभेदको अवस्थाबारे र पार्टीका केन्द्रीय सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष रकम चेम्जोङ्ले पार्टीको नीति र आगामी रणनितिबारे प्रशिक्षण दिएका थिए ।

तपाईको प्रतिक्रिया