निर्वाचन ऐन लैङ्गिकमैत्री बन्छः प्रमुख निर्वाचन आयुक्त डा. यादव


gapan patra

लक्की चौधरी
काठमाडौं, भाद्र १५ गते । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले अब हुने निर्वाचनमा महिलाको समान प्रतिनिधित्व सुनिश्चित गराउनेगरी निर्वाचन ऐन निर्माण भइरहेको बताउनुभएको छ ।

जागरण नेपालसहित नौवटा महिला आवद्ध संघ संस्थाको बुधबार निर्वाचन आयोगको कार्यकक्षमा ज्ञापनपत्र बुझ्दै प्रमुख आयुक्त डा. यादवले त्यस्तो बताउनुभयो । राज्यका सबै तह र संरचनालाई लैङ्गिकमैत्री बनाउनेगरी निर्वाचन ऐन बन्ने उहाँले विश्वास दिलाउनुभयो । बन्दसूचीमा कम्तिमा ५० प्रतिशत र अन्य संरचनामा न्यूनतम ३३ प्रतिशत नघट्नेगरी उम्मेदवारी दर्ता गराउने व्यवस्था आयोगले गर्ने उहाँले विश्वास दिलाउनुभयो ।

बन्दसूचीमा कम्तिमा ५० प्रतिशत र अन्य संरचनामा न्यूनतम ३३ प्रतिशत नघट्नेगरी उम्मेदवारी दर्ता गराउने व्यवस्था आयोगले गर्ने उहाँले विश्वास दिलाउनुभयो ।

सो अवसरमा प्रमुख आयुक्त डा. यादवले ३३ प्रतिशत घटि महिलाको उम्मेदवारी हुने अवस्थामा उम्मेदवारी दर्ता नै नगर्ने स्पष्ट पार्दै उहाँले त्यसकालागि दलका नेताहरुसँग समेत छलफल भइरहेको बताउनुभयो । स्थानीयतहमा ५० प्रतिशत महिलाको नेतृत्वका लागि कानून निर्माणको क्रममा रहेको बताउँदै उहाँले महिलाको नेतृत्वविना मुलुक समृद्ध बन्न नसक्ने बताउनुभयो ।

निर्वाचन आयुक्त ईला शर्माले स्थानीयतहको निर्वाचनमा ५० प्रतिशत महिलाको सहभागिताका लागि करिब सहमति बनिसकेको बताउनु भयो । अन्य क्षेत्रमा ३३ प्रतिशत नघट्ने गरी नै कानून निर्माण हुन्छ भन्दै उहाँले महिला नेतृहरुलाई विश्वस्त रहन आग्रह गर्नुभयो । माथिल्लो निकायमा महिलाको संख्या न्यून भएकाले पनि प्रतिनिधित्वको समस्या भइरहेको उहाँले प्रष्ट पार्नुभयो ।

SAM_5905

सो अवसरमा जागरण नेपालकी अध्यक्ष सर्मिला कार्कीले स्थानीय, प्रदेश, प्रतिनिधिसभा र राष्ट्रिसभाका निर्वाचनमा महिलाको समान सहभागिताको सुनिश्चिताको माग गर्नुभयो । उहाँले प्रमुख निर्वाचन आयुक्त तथा आयुक्तको ध्यानाकर्षण गराउँदै बढीमा समानुपातिक र सम्भव नभए संवैधानिक व्यवस्थाअनुसार ३३ प्रतिशत नघटाई सबै संरचनामा महिलाको प्रतिनिधित्वको सुनिश्चिताको माग गर्नुभयो । बनिरहेको निर्वाचन ऐनमा त्यसलाई ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।

जागरण नेपालकी अध्यक्ष सर्मिला कार्कीले स्थानीय, प्रदेश, प्रतिनिधिसभा र राष्ट्रिसभाका निर्वाचनमा महिलाको समान सहभागिताको सुनिश्चिताको माग गर्नुभयो ।

महिला नेतृ कल्याणी रिजालले कुल जनसंख्याको ५१ प्रतिशत महिला रहेको भएपनि अधिकांश क्षेत्रमा ३३ प्रतिशत पनि सहभागिता नरहेकाले समान सहभागिता हुनेगरी निर्वाचन ऐन निर्माण गर्न प्रमुख निर्वाचन आयुक्त र आयुक्तसँग आग्रह गर्नुभयो ।

सो अवसरमा जागरण नेपालकी अध्यक्ष कार्कीले प्रमुख निर्वाचन आयुक्त डा. यादवलाई विभिन्न माग समेटिएको ज्ञापनपत्र हस्तान्तरण गर्नुभयो । ज्ञापनपत्रमा नीति वकालतका लागि महिला सञ्जाल, महिला सुरक्षा दवाव समूह, हिमवन्ती नेपाल, महिला कानून र विकास मञ्च, नेपाल अपाङ्ग समाज, दलित महिला संघ, महिला वातावरण संरक्षण समिति, इह्रिकोन युवा कार्य नेपाल लगायत संघ संस्थाको आवद्धता रहेको छ ।

तपाईको प्रतिक्रिया