सांसद दहित अस्वस्थ, अस्पतालमै बस्न चिकित्सकको सुझाव


Gopal

काठमाडौं, भाद्र २२ गते । थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता तथा सांसद गोपाल दहित अस्वस्थ हुनुभएपछि बल्खुस्थित बयोद्धा अस्पतालमा भर्ना हुनुभएको छ । उहाँको पिसाव नलीमा समस्या देखिएपछि अस्पताल राख्नुपरेको परिवारिक सदस्यले बताउनु भएको छ ।

“शुक्रबारसम्म हेरौं, सुधार भइहाल्यो भने ठीक छ, नभए अपरेशन गर्न पनि हुनसक्छ” चिकित्सकले बताएको दहितले जानकारी दिनुभयो ।

यसअघि त्यस्तो समस्या नदेखिएको भएपनि पिसाव फेर्न समस्या भएपछि उपचारका लागि उहाँलाई अस्पताल भर्ना गरिएको दहितका श्रीमती जानकी दहितले बताउनुभयो । सोमबार अस्पताल भर्ना गरिए पनि दहितलाई शुक्रबारसम्म अस्पतालमै राखेर उपचार गर्न चिकित्सिकले सुझाव दिएको उहाँले जानकारी गराउनुभयो ।

“शुक्रबारसम्म हेरौं, सुधार भइहाल्यो भने ठीक छ, नभए अपरेशन गर्न पनि हुनसक्छ” चिकित्सकले बताएको दहितले जानकारी दिनुभयो । दहितको स्वास्थ्यअवस्थाबारे डा. असर्फी लगायतको समूहले हेरिरहेको दहितले जानकारी दिनुभयो ।

अस्पतालमा भर्ना हुनुभएका दहितले सामाजिक सञ्जालमा कुरागर्दै भन्नुभयो, “मोबाइलमा कुरा गर्न चिकित्सकले रोक लगाएको छ, बेड रेष्टमा छुँ ।”

तपाईको प्रतिक्रिया