पार्टी फुट्ने अवस्थामा पुगेपछि गच्छदार मन्त्री पठाउन तयार भए


Gachhadar

काठमाडौं, भाद्र २२ गते । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अन्ततः प्रचण्ड सरकारमा जाने भएको छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणपछि दुई मन्त्री र दुई राज्यमन्त्रीलाई पार्र्टीको तर्फबाट पठाउने तयारी सो दलले गरेको छ ।

सरकारमा जाने विषयलाई लिएर पार्टी नै फुट्न सम्भावना बढेपछि अध्यक्ष विजयकुमार गच्छदार मन्त्री पठाउन तयार भएका हुन् । बुधबार सञ्चारकर्मीहरुसँग कुरागर्दै गच्छदारले भन्नुभयो ‘दुई मन्त्री र दुई राज्यमन्त्रीलाई सरकारमा पठाउने तयारीमा छु ।’ तर कसलाई र कुन मन्त्रालय लिने भन्ने टुंगो नलागेको गच्छदारले बताउनुभयो ।

बुधबार सञ्चारकर्मीहरुसँग कुरागर्दै गच्छदारले भन्नुभयो ‘दुई मन्त्री र दुई राज्यमन्त्रीलाई सरकारमा पठाउने तयारीमा छु ।’

गच्छदारले उपप्रधानसहित दुई मन्त्रालय पाए मात्र सरकारमा जाने अडान लिएका आएका थिए । तर, गच्छदारले आफू मन्त्री नपाए सरकारमा नजाने नीति लिएको भन्दै अन्य नेताहरुले पार्टी फुटाएरै भएपनि सरकारमा जाने तयारी गरेपछि उहाँ गल्नुभएको हो ।

गच्छदारले मन्त्रालयबारे कुराकानी हुन बाँकी रहेको बताउनुभयो । तर, सरकारमा जाने हतारोमा रहेका जितेन्द्र नारायण देवसहितका नेताहरुले भने जुन सुकै मन्त्रालयमा जाने बताएका छन् ।

तपाईको प्रतिक्रिया