थारु विद्यार्थीको अध्यक्षमा चन्द्र, संगठन सशक्त बनाउने प्रतिवद्धता


tharu-student-1

काठामडौं, असोज ३ गते । थारु विद्यार्थी समाजको छैटौं महाधिवेशनले चन्द्रप्रसाद चौधरीको अध्यक्षतामा ३३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

आइतबार अबेर रातिसम्म भएको महाधिवेशनले अध्यक्षमा चौधरीलाई निर्विरोध निर्वाचित गरेको हो । त्यस्तै, पदाधिकारीमा उपाध्यक्षमा विजय चौधरी (चितनव), ओमनारायण महतो (नवलपासी), ठाकुर करियाप्रधान (कैलाली), गीता थारु (कञ्चनपुर) र प्रभु चौधरी (सुनसरीं) पनि निर्विरोध निर्वाचित भएका छन्। महासचिवमा विकास चौधरी (बारा) निर्विरोध भएका छन्।

हमार पहुरासँग कुरा गर्दै अध्यक्ष चौधरीले यसअघिसम्म थारु विद्यार्थी समाज परम्परागतरुपमा काम गर्दैआएको भएपनि आफू नेतृत्वको कार्यसमितिलाई समयानुकुल परिपक्व र सशख्त बनाउनेगरी योजना बनाएर अघि बढ्ने बताए ।

त्यस्तै सचिवमा रोशन चौधरी (दाङ), अजय चौधरी (सुनसरी), प्रेमा चौधरी (कैलाली) र कोषाध्यक्षमा सीताराम चौधरी (बर्दिया) निर्विरोध निर्वाचित भए । यसअघिका केन्द्रीय अध्यक्ष रमेश चौधरी र महासचिव चन्द्रप्रसाद चौधरीबीच दुईपक्षीय भएको सहमतिअनुसार निर्वाचन मण्डलले उनीहरुलाई निर्विरोध निर्वाचित गरेको थियो।

केन्द्रीय सदस्यको खुला (पुरुष) मा भने मतदान भएको थियो। मतदानबाट दीपक चौंधरी (कैलाली), चन्द्रप्रकाश चौधरी (सप्तरी) रिकमान चौधरी (बर्दिया) र ज्ञानेन्द्र चौधरी (दाङ) विजयी भएका छन् । चार जनाका लागि दस जनाको उम्मेदवारी परेको अध्यक्ष चौधरीले बताए । स्तै खुला महिलामा चारजना र ८ वटा विशेष क्षेत्र गरी छैटौं महाधिवेशनले ३३ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ ।

केन्द्रीय अध्यक्ष चौधरीले संगठनलाई थप नयाँ तरिकाले सशख्त बनाउने प्रतिवद्धता जनाएका छन् । हमार पहुरासँग कुरा गर्दै अध्यक्ष चौधरीले यसअघिसम्म थारु विद्यार्थी समाज परम्परागतरुपमा काम गर्दैआएको भएपनि आफू नेतृत्वको कार्यसमितिलाई समयानुकुल परिपक्व र सशख्त बनाउनेगरी योजना बनाएर अघि बढ्ने बताए ।

तपाईको प्रतिक्रिया