संविधान संशोधन गरी सिमाङ्कन सच्याउनुपर्ने थारु अगुवाको माग


kishor-biswas

कारी महतो थारु
चितवन, असोज ३ गते । संविधान संशोधन गरी सिमाङ्कन सच्याएर चितवनदेखि कञ्चनपुरसम्मको थारुबहुल क्षेत्रलाई समेटेर थरुहट÷थारुवान प्रदेश कायम गर्नुपर्ने मागसहित आज नारायणगढको पुलचोकमा थारु समुदायले विरोधसभा गरेका छन् ।

कार्यक्रममा बोल्दै थरुहट÷थारुवान संयुक्त संघर्ष समितिका केन्द्रीय सचिवालय समितिका सदस्य किशोरकुमार विश्वासले भने “नयाँ संविधानले थारुहरुको हक, अधिकार, आत्मपहिचान, प्रतिनिधित्व, पहुँच र स्वाभिमान स्थापित गर्न नसकेकोले यो संविधान अबिलम्ब संशोधन हुनुपर्दछ ।” विश्वासले थप बोल्दै भने “हाम्रा माग र मुद्दा सम्बोधन भएन भने दशैं, तिहार र छठपछि निर्णायक आन्दोलन गर्छौ ।”

नेपाल देश निर्माण हुनुभन्दा हजारौं वर्ष अगाडिदेखि चितवनलगायत तराईभूमिमा थारुहरु बसोबास गर्दैआएको समुदाय भएकोले थारुहरुलाई आप्रवासीकोजस्तो व्यवहार नगर्न अनुरोध गर्दै विभेद कायम रहे हतियार उठाउन समेत पछिनपर्ने चेतवानी दिए ।

विश्वासले भने “हामीले संविधान खारेजगर्ने माग राखेका छैनौं, केही धाराहरु विभेदकारी भएकोले यो संविधान अधुरो रहेको छ । ती धाराहरु संशोधन गरिनुपर्छ । कार्यक्रमका वक्ताहरुले झुटा मुद्दा लगाई पक्राउ गरिएका थारु आन्दोलकारीहरुलाई बिनासर्त रिहा गर्नुपर्ने, तराईलाई दुई वा तीन प्रदेशमा पुनः सिमाङ्कन गर्नुपर्ने, संविधान संशोधन अबिलम्ब गर्नुपर्ने लगायतका १३ बुँदे माग प्रस्तुत गरेका थिए ।

विश्वासले भने “हामीले संविधान खारेजगर्ने माग राखेका छैनौं, केही धाराहरु विभेदकारी भएकोले यो संविधान अधुरो रहेको छ । ती धाराहरु संशोधन गरिनुपर्छ ।

विभिन्न दल लगायतका जनसमुदायले संविधान दिवस मनाइरहेको छन् भने अर्कोतिर थारु लगायत जनजाति, मधेसीहरुले असोज ३ लाई कालो दिनकोरुपमा मनाइरहेका छन् । विरोधसभा थारु कल्याणकारिणी सभा चितवन, थरुहट÷थारुवान संयुक्त संघर्ष समिति र थारु महिलासभा चितवनले संयुक्तरुपमा आयोजना गरेका थिए ।

कार्यक्रममा थाकसका पूर्व केन्द्रीय उपाध्यक्ष भजुमनराम महतो, थारु राष्ट्रिय मुक्ति मोर्चा चितवनका अध्यक्ष विष्णुकुमारी चौधरी, थाकसका पूर्व केन्द्रीय सदस्य चन्द्रकुमारी चौधरी, नेपाल आदिवासी जनजाति महासंघ चितवनका अध्यक्ष पदम गुरुङ, थारु महिला समाजका अध्यक्ष धन्जु महतो र थरुहट थारुवान संयुक्त संघर्ष समितिका ललितकुमार चौधरीले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम थाकस चितवनका सभापति विश्राम महतोको सभाध्यक्षतामा सम्पन्न भएको थियो । विरोध सभा गर्नुपूर्व वीरेन्द्र क्याम्पसदेखि पुलचोकसम्म कालोझण्डा र व्यानरसहित विरोध ¥याली प्रदर्शन गरिएको थियो ।

तपाईको प्रतिक्रिया