चित्तवनको भ्रमण गर्नुछ, अब १० हजारमै फेमिलि प्याकेजको सुविधा


_mg_0064

काठमाडौं, असोज ४ गते । चारवर्ष अगाडि २८ करोड रुपियाँको लगानीमा सञ्चालन भएको जंगल भिल्ला रिसोर्टले आफ्नो पाँचौ वार्षिकोत्सव मनाउँदैछ । रिसोर्टका प्रबन्ध निर्देशक सविन पौडेलकाअनुसार आगन्तुकलाई स्पेशल दशैं तिहार प्याकेजसहित वार्षिकोत्सव मनाउन लागेको हो ।

भरतपुर २७ चित्तवनमा राष्ट्रिय निकुञ्जसँगै जोडिएर ६० रोपनी जग्गामा फैलिएको रिसोर्टले दशैं तिहारलाई लक्षित गरी काठमाडौंबाट चित्तवन जाने आगन्तुक पाहुनाका लागि सहुलियत दरमा प्याकेजको व्यवस्था गरिएको प्रबन्धक पौडेलले बताउनुभयो ।

उहाँकाअनुसार फेमिलि टुरका लागि जान चाहने आगन्तुकलाई एकरात र एकदिनको बसाईका लागि न्यूनतम १० हजार रुपियाँ र दुईरात बस्नेकालागि १६ हजार रुपियाँमै सबै सुविधा उपलब्ध हुनेछ । आकर्षक वातावरणसँग राप्ती नदि किनारमा अवस्थित रिसोर्टका अन्य प्याकेजमा हात्ति सवार, डुंगा, जीप सफारी रहेको पौडेलले जानकारी दिनुभयो ।

_mg_0068

२०६९ असोज ५ गते स्थापित सो रिसोर्टमा अहिले ३० वटा उच्चस्तरका कोठाहरु उपलब्ध रहेको प्रबन्धक पौडेलको भनाई छ । काठमाडौंबाट एकसय ६० किलोमिटर, भरतपुर चित्तवनबाट १७ किलोमिटरको दूरीमा अवस्थित रिसोर्टमा स्पेशल नेपाली, चाइनिज, कन्टिनेन्टल र थारु फुड्सको समेत स्वाद लिने व्यवस्था गरिएको बजार निर्देशक ध्रुव पाठकले बताउनुभयो ।

पाठककाअनुसार हरेक साँझ ७ बजेदेखि ८ बजेसम्म स्थानीय थारु सांस्कृतिक डान्सबाट पाहुनालाई मनोरञ्जन गराउने व्यवस्था गरिएको छ । रिसोर्ट नजिकै विभिन्न प्रकारका गोही, चराचुरुङ्गीका साथै बाघ, गैडा, चित्तललगायतका जंगली जनावरको अवलोकन गर्नसक्ने व्यवस्था गरिएको बजार निर्देशक पाठकले बताउनुभयो ।

_mg_0093

रिसोर्टका अन्य मनोञ्जनका प्याकेजमा नेचर वाल्क, थारु गाउँको अवलोकन, वन्यजन्तु संग्रहालय, हात्तीसँगको नुहाउने प्याकेज, थारु गाडाको सवारीलगायतको रहेको रिसोर्टले जानकारी गराएको छ । काठमाडौंको ठमेलमा सम्पर्क कार्यालय रहेको रिसोर्टले काठमाडौंबाट सिधैं पाहुनालाई रिसोर्टसम्म पु¥याउने प्याकेजको व्यवस्था रहेको बताएको छ । नेपालको पर्यटन विकास र त्यसको उत्थानका निम्ति रिसोर्टले भूमिका खेलिरहेको भनाई सञ्चालकको छ ।

dsc_5585

तपाईको प्रतिक्रिया