सिकलसेलका गम्भीर प्रकृतिका एकसय पैसठ्ठीलाई उपचारको सिफारिस


sickle-cell-anemia-test

गुलरिया (बर्दिया), असोज ५ गते । सिकलसेल एनेमियाका गम्भीर प्रकृतिका १६५ बिरामीलाई सुविधासम्पन्न अस्पतालमा उपचारका लागि सिफारिस गरिएको छ ।

बाँकेको भेरी अञ्चल अस्पताल र बर्दिया अस्पतालमा ११४ जना बिरामीलाई जान सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले बताउनुभयो ।

सरकारले एक लाख रुपैयाँसम्म उपचार खर्च बेहोर्ने प्रजिअ थापाले बताउनुभयो । पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा रहेका थारू समुदायका मानिसहरु सिकलसेल रोगबाट प्रभावित छन् ।

सरकारले एक लाख रुपैयाँसम्म उपचार खर्च बेहोर्ने प्रजिअ थापाले बताउनुभयो । पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा रहेका थारू समुदायका मानिसहरु सिकलसेल रोगबाट प्रभावित छन् ।

परीक्षण नगराएकाकारण धेरैलाई यो रोगबारे अझैसम्म जानकारी नभएको निमित्त जनस्वास्थ्य प्रमुख सुनिल पाण्डेले बताउनुभयो । सिकलसेल एमोनियाका रोगीमा रगत कम हुने, कमलपित्त देखापर्ने, शरीर दुख्ने, जोर्नी दुख्ने, सुन्निने, दुब्लाउने, हल्का ज्वरो आउने लगायतका लक्षण देखिने गर्छ ।

यो रोग जिल्लाका पाँच नगरपालिकासहित सबै गाविसमा पाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य परीक्षण गराएका एक सयमध्ये पाँचदेखि १० जनामा रोग फेला परेको छ । रासस

तपाईको प्रतिक्रिया