सरकारबाटै रेडियो धादिङमा आक्रमण, एमाले र महासंघको विरोध


radio-dhading

काठमाडौं, असोज ७ गते । धादिङमा सञ्चालित रेडियो धादिङ एफएम १०६ मेघाहर्जको कार्यालयमा शुक्रबार राती सुरक्षाकर्मी परिचालन गरी सरकारी तवरबाट भएको आक्रमणको नेकपा (एमाले) र नेपाल पत्रकार महासंघ धादिङले विरोध जनाएको छ ।

“स्थानीय समुदाय र अमरावती सामुदायिक वन उपभोक्ता समूहको सहमतिमा निलकण्ठ नगरपालिका– ८ साँगुटारमा बनाइएको उक्त सामुदायिक रेडियोको कार्यालयमा मध्यरातमा आक्रमण गर्नुले सरकारी निकायको गैरजिम्मेवारी र जिल्लास्थित अधिकारीहरुको पूर्वाग्रह मात्र झल्किएको छैन, कानुनी राज्यको समेत खिल्ली उडाइएको छ” एमालेले भनेको छ ।

“रेडियोका सामग्रीहरु समेत बाहिर निकाल्न नदिएर त्यहाँ रहेका कर्मचारीलाई आतंकित पारेर प्रहरीबाट घेरा हालेर जुन हर्कत गरिएको छ, यसबाट स्वतन्त्र सञ्चारमाध्यम बन्दगर्ने कुत्सित मनसाय प्रस्ट भएको छ” एमालेले भनेको छ ।

सामुदायिक वन उपभोक्ता समूहको सहमतिमा देशभर विभिन्न सामाजिक संघ–संस्था, विद्यालय, क्याम्पस, अस्पत्तालका साथै सरकारी कार्यालयहरुसमेत बनेका अवस्थामा त्यसका बारेमा के गर्ने र कसरी व्यवस्थित गर्ने भन्ने कुनै नीति नबनाएरै सञ्चारमाध्यम माथि हमला गर्नु गलत भएको एमालेले विज्ञप्ती प्रकाशित गरी दलको ध्यानाकर्षण भएको बताएको छ ।

पार्टी सचिव योगेश भट्टराईले शुक्रबार विज्ञप्ती प्रकाशित गरी मध्यरातमा डोजर लगाएर भत्काइनुले थप प्रश्न उब्जाएको उहाँले चर्चा गर्नुभएको छ । “रेडियोका सामग्रीहरु समेत बाहिर निकाल्न नदिएर त्यहाँ रहेका कर्मचारीलाई आतंकित पारेर प्रहरीबाट घेरा हालेर जुन हर्कत गरिएको छ, यसबाट स्वतन्त्र सञ्चारमाध्यम बन्दगर्ने कुत्सित मनसाय प्रस्ट भएको छ” एमालेले भनेको छ ।

धादिङ एफएम १०६ मेघाहर्ज बन्दगर्ने उद्देश्यकासाथ गरिएको आक्रमणको घोर भत्सर्ना गर्दै यथाशीघ्र क्षतिपूर्तिसहित रेडियो सुचारु गर्ने व्यवस्था मिलाउन एमालेले माग गरेको छ । सञ्चारमाध्यमहरुलाई आतंकित पार्ने काममा संलग्न सरकारी अधिकारीहरुमाथि कडा कारबाहीको माग पनि एमालेले गरेको छ ।

fnj-press-bigyapti

तपाईको प्रतिक्रिया