प्रवासी थारु समाजले युएईमा माघि २०७४ को तयारी शुरुगर्यो


uae

सन्तकमार चौधरी
युएई असोज ८ गते। गतवर्ष जस्तै यो वर्ष पनि युएईमा रहेका थारूहरूले माघि पर्व भव्य मनाउने तयारी थालेका छन् । थारूहरूको छाता संगठन प्रवासी थारू समाज युएईको शुक्रबार बसेको बैठकले माघीपर्व भव्य मनाउने निर्णय गरेको छ ।

कार्यक्रम भव्य बनाउन आजैदेखि आवश्यक तयारी थालिने प्रवासी थारू समाजका अध्यक्ष किशोर चौधरीले जानकारी दिनुभयो । माघीपर्वका लागि हल व्यवस्थापन, अतिथि आमन्त्रणसंगै अन्य आवश्यक तयारी गरिने समाजका सचिव रूपेश (थनेत) चौधरीले जानकारी दिनुभयो । यो पटक नेपालवाट गायक, गायिकादेखि केही कलाकार समेत ल्याउने तयारी गरिएको छ ।

थारूहरूको ऐेतिहासिक भेषभुषा सँगै कला संस्कृति संरक्षणमा टेवा पुग्ने उद्देश्यले कार्यक्रम आयोजना गरिने समाजका सल्लाहकार रामभुवन चौधरीले वताउनुभयो । यो पटक विगतभन्दा भिन्न गरिनुपर्छ उहाँले भन्नुभयो ।

थारूहरूको ऐेतिहासिक भेषभुषा सँगै कला संस्कृति संरक्षणमा टेवा पुग्ने उद्देश्यले कार्यक्रम आयोजना गरिने समाजका सल्लाहकार रामभुवन चौधरीले वताउनुभयो । यो पटक विगतभन्दा भिन्न गरिनुपर्छ उहाँले भन्नुभयो । गतवर्षको माघिपर्वमा थारू कल्याणकारी सभाका राजकुमार लेखी र गाएक संजय चौधरीलाई आमन्त्रण गरिएको थियोे ।

यो पटक आदिवासी जनजाति महासंघसंँग आवद्ध अन्य ११ जातीय संस्थाको पनि सक्रिय सहभागीता हुने समाजका अध्यक्ष चौधरीले वताउनुभयो । पछिल्लोपटक युएईमा कार्यक्रम गर्न अनुमती लिनुपर्ने प्रावधानअनुसार नै वैधानिक तरिकाले कार्यक्रम आयोजना गरिने समाजले तयारी थालेको हो ।

तपाईको प्रतिक्रिया