टीकापुरको मुद्दा फिर्ता लिए राज्य असफलः एमाले उपाध्यक्ष गौतम


bam

काठमाडौं, असोज ८ गते । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व गृहमन्त्री बामदेव गौतमले गतसाल भाद्र ७ गते कैलालीको टीकापुरमा प्रहरी सुरक्षाकर्मी र नाबालकको हत्यामा संलग्नहरुको मुद्दा फिर्ता लिइए राज्य असफल बन्ने बताउनुभएको छ ।

सरकारले घटनामा संलग्नहरुको मुद्दा फिर्ता लिने तयारी गरिरहेकै बेला गौतमले मुद्दा फिर्ता लिने नाममा दण्डहीनता बढाउने र सुरक्षकर्मीको मनोबल गिराए राज्यलाई ध्वस्त बनाउने प्रयास गरिरहेको आरोप गौतमको छ ।

‘मधेस आन्दोलनका क्रममा प्रहरीले कतै मानवअधिकार विपरित गरेको छ वा हत्या गरेको छ भने सम्बन्धित व्यक्ति कारवाहीमा पर्छन् तर, निर्दोष बालक र सुरक्षाकर्मीलाई निशस्त्र बनाएर हत्या गर्नेको मुद्दा फिर्ता लिने कुराले राज्य असफल हुन्छ’ गौतमले भन्नुभयो ।

एमाले केन्द्रीय कमिटी बैठक अघि शनिबार पार्टी मुख्यालय धुम्बाराहीमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै पूर्व गृहमन्त्री समते रहेका गौतमले भन्नुभयो, ‘टीकापुर हत्याकाण्डका अभियुक्तको मुद्दा फिर्ता लिनु भनेको सेना, प्रहरी र शस्त्र प्रहरीको मनोबल गिराउने र कालान्तरमा राज्यलाई ध्वस्त पार्ने नियोजित षड्यन्त्र हो ।’

घटनामा संलग्न नभएका र निर्दोषहरुलाई झुटा मुद्दा लगाइएको भए अदालतले उनीहरुलाई सफाइ दिने गौतमले बताउनुभयो ।हत्यामा संलग्न अपराधीहरुलाई राजनीतिक मुद्दा बनाएर उन्मुक्ति दिन खोजिएको गौतमको आरोप छ ।

‘मधेस आन्दोलनका क्रममा प्रहरीले कतै मानवअधिकार विपरित गरेको छ वा हत्या गरेको छ भने सम्बन्धित व्यक्ति कारवाहीमा पर्छन् तर, निर्दोष बालक र सुरक्षाकर्मीलाई निशस्त्र बनाएर हत्या गर्नेको मुद्दा फिर्ता लिने कुराले राज्य असफल हुन्छ’ गौतमले भन्नुभयो ।

तपाईको प्रतिक्रिया