पच्चीस लाख बजेटमा बनेको थारु फिल्म भौराको च्यारेटी शो हुने


vaura

काठमाडौं, असोज १३ गते । थारु भाषाको पछिल्लो फिल्म भौँराको च्यारिटी सो असोज १४ गते शुक्रबार राजधानीको विश्वज्योति हलमा हुने फिल्म निर्माताले बताएका छन् ।

चम्पन साँस्कृतिक समूहको पहिलो प्रस्तुतिको रुपमा रहेको यो फिल्ममा थारु समुदायमा विद्यमान कूरीतितहरुबारे देखाउने प्रयास भएको निर्माताको भनाई छ। फिल्ममा थारु रीतिरिवाज र साँस्कृतिबारेको कथावस्तु पनि समेटिएको निर्माता नन्दुराज चौधरीले जानकारी दिनु भयो । फिल्ममा अधिकांश कलाकार नयाँ अनुहारका छन्। थारु फिल्म क्षेत्रमा नयाँ अनुहारलाई प्लेटफर्म दिने हिसाबले पनि फिल्मको निर्माण गरिएको निर्माता चौधरीले बताउनुभयो ।

दाङको अधिकांश ठाउँमा सुटिङ भएको फिल्मलाई कृष्ण चौधरीले निर्देशन गरेका छन्। श्रीनारायण चौधरीको पटकथा रहेको फिल्मलाई अनुभवी छाँयाकार हरिनारायण चौधरीले खिचेका छन्। फिल्मको नृत्य निर्देशकमा दीपक चौधरी, हरि वाग्ले र दीपक छन्। फिल्म दाङको थारु वस्ती र देउखरी वरिपरि खिचिएको बताइएको छ।

vaura2

फिल्ममा निर्माता नन्दुराज चौधरीसहित, कृष्ण चौधरी, श्रीनारायण चौधरी, सोनु थारु, अन्जु चौधरी, रीमा चौधरी, राज कुस्मी, हरि चौधरी, रोशन रत्गैँया, फिरु चौधरी, वीरबहादुर चौधरी, समीक्षा चौधरी, राम कठरियालगायतको सशख्त अभिनय रहेको छ।

निर्माताहरुले लगानीअनुसारको फिल्म स्तरीय बनाउने प्रयास गरिएको र दर्शकले मनपराउनेमा ढुक्का रहेको बताएका छन् ।

vaura1

तपाईको प्रतिक्रिया