किन चुलिदैछ भारत र पाकिस्तानबीचको युद्धः सेना मारेर खुशीयाली


india_pakistan

एजेन्सी, असोज १४ गते । भारतीय सेनाले पाकिस्तानको सीमारेखाभित्र प्रवेश गरेर कारबाही गर्दा दुई पाकिस्तानी सैनिक मारिएको बताइएको छ । यसअघि पाकिस्तानी सेनाको कारवाहीमा भारतीय नागरिकको हत्या भएको आरोप थियो । त्यहीकारण दुई देशबीचको तनाव चुलिएको छ ।

बिहीबार बिहानै सीमा क्षेत्रमा भारतीय सैनिकसँग भएको गोली हानाहानमा पाकिस्तानका दुई सैनिक मारिएको जानकारी भारतीय सेनाका लेफ्टिनेन्ट जनरल रणवीर सिंहले दिएका छन् ।

गत सातादेखि भारत र पाकिस्तानबीच विवाद चर्किंदै गएपछि दुई देशबीच तनावपूर्ण वातावरण बनेको हो । भारत प्रशासित कश्मीरको उरीस्थित सैन्य केन्द्रमा गतसाता आतंकवादी आक्रमण भएपछि दुई देश आरोपप्रत्यारोपमा उत्रिएका थिए । उक्त आक्रमणपछि भारतले पाकिस्तानको सीमा क्षेत्रमा आफ्ना सैनिक गतिविधि बढाउँदै लगेको छ ।

भारतीय सेनाका लेफ्टिनेन्ट जनरल सिंहले बिहीबार भने, ‘यो हमला बुधबार राति अबेर गरिएको थियो । सीमा नियन्त्रणरेखामा आतंकवादी जम्मा हुँदै गरेको विशेष सूचनाका आधारमा आक्रमण गरिएको हो ।

भारतीय सेनाका लेफ्टिनेन्ट जनरल सिंहले बिहीबार भने, ‘यो हमला बुधबार राति अबेर गरिएको थियो । सीमा नियन्त्रणरेखामा आतंकवादी जम्मा हुँदै गरेको विशेष सूचनाका आधारमा आक्रमण गरिएको हो । बिहीबार बिहान २ः३० देखि ८ बजेसम्म भारत–पाकिस्तान सीमामा दोहोरो गोली हानाहान भएको थियो ।

पाकिस्तानले बिनाकारण भारतीय सेनाले सीमारेखामा गोली हानेको उल्लेख गरेको छ । पाकिस्तानी टेलिभिजनमार्फत प्रधानमन्त्री नवाज सरिफले भारतले खुलारूपमा अत्याचार सुरु गरेको आरोप लगाए । उनले भने, ‘हामी भारतको खुला अत्याचारकोे निन्दा गर्छौं । पाकिस्तानी प्रधानमन्त्री सरिफले आफ्नो रक्षाका लागि सेना तयार रहेको समेत बताएका छन् । रेडियो पाकिस्तानका अनुसार प्रधानमन्त्री सरिफले आक्रमणको घोर भत्र्सना गर्दै भनेका छन्, ‘हाम्रो उद्देश्य शान्ति कायम गर्नु हो । त्यसलाई भारतले कमजोरी नठानोस् ।

भारत–पाकिस्तान नियन्त्रण रेखामा भारतीय सेनाले ‘सर्जिकल स्ट्राइक्स गरेको भनेर अफवाह फैलाएको पाकिस्तानी सेनाले बताएको छ ।
पाकिस्तानी सेनाले एसोसिएटेड प्रेस अफ पाकिस्तान (एपीपी) सँग भनेको छ, ‘सीमाक्षेत्रमा कुनै सर्जिकल स्ट्राइक्स भएको छैन । भारतीय सेनाले सीमापारिबाट नै फायरिङ गरेको हो । भारतीय सेनाले गरेको फायरिङको सशक्त जबाफ दिएको दाबी पाकिस्तानी सेनाले गरेको छ ।

भारतीय सेनाले आतंकवादी अड्डामा हमला नगरेको पाकिस्तानी सेनाले बताएको छ । ‘आतंकवादीको आ श्रयस्थलमा हमला गर्‍यौं भन्ने भारतीय दाबी बिल्कुल गलत हो, पाकिस्तानी सेनाले भनेको छ । दोहोरो फायरिङ भए पनि भारतले ‘सर्जिकल स्ट्राइक्सको गलत प्रचार गरिएको दाबी पाकिस्तानी सैन्य अधिकारीले गरेका हुन् ।

भारतीय सैनिकले ‘सर्जिकल स्ट्राइक्स गरेको भए पाकिस्तानी सेना पनि चुप लागेर बस्न नसक्ने पाकिस्तानी सैनिक अधिकारीको भनाइ    छ । पाकिस्तानी सेनाले भनेको छ, ‘बिहीबार बिहान साढे दुई बजेदेखि आठ बजेसम्म गोलाबारी भएको हो तर पाकिस्तानी क्षेत्रमा भारत प्रवेश गरेर सर्जिकल स्ट्राइक्स गरेको भए हामी चुप लागेर बस्न सक्दैनथ्यौं । यसको कडा जबाफ दिइसक्थ्यौं ।

यता पाकिस्तानी दुईसेना मारिएको भन्दै भारतीय नागरिकमा खुशी छाएको छ । पाकिस्तान मुदावाद भन्दै सडकमा खुशीयाली भारतीय पक्षले मनाएका छन् । भारतीय मिडियामा आएको समाचारअनुसार दुई पक्षबीच अझै तनाव बढ्नसक्ने देखिन्छ ।

आक्रमणको बंगलादेशद्वारा स्वागत
भारतीय सेनाले सीमा क्षेत्रमा गरेको आक्रमणको बंगलादेशले स्वागत गरेको छ । आफ्नो सम्प्रभुता र सीमाक्षेत्रमा गरेको आक्रमणको जबाफमा पाकिस्तानविरुद्ध भारतले आक्रमण गर्नु कानुनी र अन्तर्राष्ट्रियरूपले उचित भएको दाबी बंगलादेशले गरेको छ । युद्ध गर्नुको साटो दुवै देशले सुझबुझपूर्ण व्यवहार गर्नु सबैको हितमा रहेको भन्दै धैर्यवान् हुन पनि उसले आह्वान गरेको छ ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाका सल्लाहकार इकबाल चौधरीले भने, ‘कश्मीर द्विपक्षीय विवाद हो । अर्को पक्षबाट आक्रमण भएपछि भारतले प्रत्याक्रमण गरेको हो । लामो समयदेखि चल्दै आएको विवादमा एक पक्षले आक्रमण गरेपछि अर्कोले जबाफ दिएको उनको भनाइ  छ । अर्काको सम्प्रभुतामाथि आक्रमण गर्नु गलत भएको उनले बताए ।

तपाईको प्रतिक्रिया