थारु संग्रहालय संरक्षण गर्ने निर्णय भएको छैनः प्रवासी थारु समाज


uae

काठमाडौं, असोज १४ गते । प्रवासी थारु समाज यू.ए.इ.ले नवलपरासी १६, डण्डामा रहेको थारु संग्रहालयको संरक्षणका लागि समाजले कुनै आधिकारीक निर्णय नगरेको स्पष्ट पारेको छ । सञ्चारमाध्यममा आएको समाचारप्रति समाजले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

समाजको आधिकारीक निर्णयविना केही व्यक्तिको व्यक्तिगत निर्णयबाट सो निर्णय भएको समाजको बैठकले ठहर गरेको छ । समाजका पूर्व अध्यक्ष नेत्रनारायण थनेतले गैरजिम्मेवारीपूर्वक समाजको निर्णयविना हल्ला चलाएको समाजको आरोप छ । थनेतले समाजको साधारण सदस्यसमेत नरहनेगरी राजीनामा दिइसकेको समेत समाजले स्पष्ट पारेको छ ।

थारु संग्रहालय संरक्षण र अन्य सहयोगमा आगामी दिनमा समाजले नयाँ तरिकाले समन्वय र सहयोग गर्ने जानकारी गराएको छ । समाजका अध्यक्ष किशोर चौधरी र महासचिव मान महतोले संयुक्तरुपमा विज्ञप्ती जारीगर्दै सो विषयमा प्रष्ट पार्नुभएको छ ।
हेर्नुहोस् समाजको विज्ञप्ती

prawasi-tharu

तपाईको प्रतिक्रिया