थारु निजामति कर्मचारीहरुको धनगढीमा दशैमिलन कार्यक्रम


राम दहित
धनगढी, असोज १४ गते । कैलाली जिल्लाको सरकारी कार्यालयमा कार्यरत थारु निजामति कर्मचारीहरुको परिचायत्मक कार्यक्रम तथा दशै दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रम शुक्रबार धनगढीमा सम्पन्न भएको छ ।

आन्तरिक राजस्व कार्यालय धनगढीका नासु जगतराम चौधरीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरी रहनु भएको थियो ।

कार्यक्रमका अतिथीहरुमा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख शिवप्रसाद चौधरी, सुप क्षेत्रिय वन तालिम केन्द्रका सहायक प्रमुख कालीराम चौधरी, नेपाल राष्ट्र वैंक धनगढीका सहायक अधिकृत खड्कबहादुर चौधरी, शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका इन्जिनियर उमेशकुमार चौधरी, जिल्ला जनस्वास्थ्य कार्यालयका कैलाशकुमार चौधरी लयायतको उपस्थिति रहेको थियो ।

मालपोत कार्यालय कैलालीका नासु ठाकुरराम चौधरीद्वारा स्वागत गरेको कार्यक्रमको संचालन नापतौल कार्यालयका धर्मराज चौधरी गर्नुभएको थियो । कार्यक्रमको उद्देश्यबारे जिल्ला वन कार्यालयका रामऔतार चौधरीले प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा, आन्तरिक राजस्व कार्यालयका नासु जगतराम चौधरीको संयोजकत्वमा ११ सदस्यी समिति पनि गठन गरेको छ ।

कार्यक्रममा, आन्तरिक राजस्व कार्यालयका नासु जगतराम चौधरीको संयोजकत्वमा ११ सदस्यी समिति पनि गठन गरेको छ । जुन समितिमा स्वास्थ्य क्षेत्रबाट कैलाशकुमार चौधरी, वन क्षेत्रबाट रामऔतार चौधरी, स्थानीय निकायबाट रामदुलार चौधरी, भूमिसुधारका धर्मराज चौधरी रहेका छन ।

त्यस्तै हुलाकका भक्तिराम चौधरी, लेखाबाट खुशीराम चौधरी, वैकिङ क्षेत्रबाट खडक बहादुर चौधरी, प्रशासनका सर्वेस कठरिया, सिँचाईका पुरन चौधरी र महिला प्रतिनीधी अनिता चौधरी रहेका छन् ।

सोहीअनुसार सल्लाकारमा सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरी, कोष तथा लेखा नियन्त्रण कार्यलयका प्रमुख शिवप्रसाद चौधरी, सुप क्षेत्रिय वन तालिमका सहायक प्रमुख कालीराम चौधरी, स्वास्थ्यका श्रीप्रसाद चौधरी र शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका इन्जिनियर उमेशकुमार चौधरी रहेका छन् ।

तपाईको प्रतिक्रिया