छेदनीदेवी बखरिया (थारु) ले मलाई पुनरजीवन दिइन्ः मन्त्री श्रीपाइली


daljit

शेरबहादुर ऐर
लम्की (कैलाली) असोज २० गते । भुपडी घरमा युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाईली पुग्दा अर्कै किसिमको माहोल देखियो । भव्य स्वागतसहित फुलमालाले घरलाई सजाईएको थियो । सजिएको घरमा पुगेर मन्त्री श्रीपाईले त्यहाकी लगभग ७९ वर्षिय एक महिलालाई भेट्दै भने ‘तपाई मेरी आमा हो ।’

पहलमानपुर–८, वनवर्साकी झण्डै ७५ वर्षिय छेदनीदेवी बखरिया थारुलाई भेट्दै मन्त्री थापाले भने ‘मेरी जन्मदिने आमा रुकुममा छिन्, तपाई मेरी पुनरजिवन दिने आमा हो ।’

जनयुद्धको समयमा २०६० सालमा मन्त्री श्रीपाईलीलाई वनवर्सा नजिक वनमा प्रहरीले कुटपिट गरेर घाईते बनाएका थिए । प्रहरीको घेरा तोडेर भाग्न सफल मन्त्री श्रीपाईली उनको घरमा परालमा घाईते अवस्थामा भेटिएपछि आमा छेदनीदेवीले उनलाई प्रहरीबाट लुकाएर उपचार गरेर नया“ जिवन दिएको मन्त्री श्रीपाईलीले बताए । ‘आज म जे अवस्थामा छु, त्यो मेरी आमा छेदनीदेविको जिवनदानले छु“’ उनले भने ।

गाडिमा प्रहरी, कार्यकर्तासहित पुगेका मन्त्री श्रीपाईलीले आमा छेदनीदेवीसहित उनका परिवारहरुलाई भेटेर दशैको लागि नया“ कपडा उपहार पनि दिए । ‘मलाई भेटन आउ“दै गर्नु र साथमा बुहारी, नाती नातीनालाई ल्याएर आउनु उनीहरुलाई हेर्ने मन छ’ उपहार समात्दै आमा छेदनीदेवीले भनेपछि मन्त्री श्रीपाईलीले भने ‘म परिवारसहित तपाईलाई भेट्न छिट्टै आउने छु ।’

प्रहरीको घेरा तोडेर भाग्न सफल मन्त्री श्रीपाईली उनको घरमा परालमा घाईते अवस्थामा भेटिएपछि आमा छेदनीदेवीले उनलाई प्रहरीबाट लुकाएर उपचार गरेर नया“ जिवन दिएको मन्त्री श्रीपाईलीले बताए । ‘आज म जे अवस्थामा छु, त्यो मेरी आमा छेदनीदेविको जिवनदानले छु“’ उनले भने ।

मन्त्री श्रीपाईलीले मंगलबार लम्कीको कार्यक्रममै आमा छेदनीदेवीलाई भेट्न रहर भएकोले उनलाई बुधबार भेटेका हुन् । ‘म रुकुममा जन्मेको भएपनि राजनीतिक पृष्ठभुमी मेरो कैलाली जिल्ला नै हो’ मन्त्री श्रीपाईलीले भने ‘प्रहरीसंग लडेदेखि आज मन्त्री बन्न सम्मको सफलता मैले कैलालीबाटै पाएको हुं ।’

प्रहरीसंग लडेको घटना, घाईते भएको अवस्था, आफु जिउ“दो रहेपनि मरेको खबर सुन्नु परेको लगायतका घटनालाई स्मरण गर्दै भने ‘कैलाली जिल्ला मेरो राजनीतिक पृष्ठभुमी बोकेको जिल्ला हो, त्यसैले म यो जिल्लाको विकास गर्नका लागि कुनै कसर बांकी राख्दैन ।’

मंगलबार कैलालीको लम्कीमा आयोजना गरिएको पञ्चकोशी कप–२०७३ को उद्घाटन गर्न पुगेका मन्त्री श्रीपाईलीले दुई दिनसम्म आफुले जनयुद्धकाबेला लडेको, घाईते भएको, खानपिन गरेकालगायतका स्थानहरुको अवलोकन गरे । मन्त्री श्रीपाईली लम्की, टीकापुर, भजनी, पहलमानपुर हु“दै मसुरियामा मंगलबार बास बसेका थिए । बुधबार बिहान पहलमानपुरमा आमा छेदनीदेवी बखरियालाई भेटी धनगढीको खेलमैदानको अवलोकन गरेका थिए ।

तपाईको प्रतिक्रिया