काठमाडौं, असोज २० गते । फोरम लोकतान्त्रिकले सरकारमा जाने नजाने विषयलाई लिएर पार्टी फुटको संघारमा पुगेको प्रचारको खण्डन गर्दै आफ्नो पार्टी एकतावद्ध र एक ढिक्का रहेको बताएको छ ।
गएको मंगलबार र बुधबार दुईदिन बसेको लोकतान्त्रिकको संसदीयदलको बैठकले त्यस्तो बताउँदै तथ्यहिन र भ्रामक समाचारको खण्डन गर्दै पार्टी एक ढिक्का रहने प्रतिवद्धता समेत व्यक्त गरेको छ । बैठकपछि जारी तीनबुँदे प्रतिवद्धतापत्रमा सो दलका सबै १४ वटै सांसदले हस्ताक्षर गरेका छन् ।
हिजोका दिनमा पार्टीकै अगुवाईमा भएको १६ बुँदे सहमतिका कारण मुलुकको नयाँ संविधान जारी हुन सम्भव भएको बताउँदै सो दलले अबको दिनमा समेत पार्टीको तर्फबाट अध्यक्ष विजयकुमार गच्छदारलाई नेतृत्वदायी भूमिका निर्वाह गर्ने आव्हान सो दलले गरेको छ ।
बैठकले मधेसी, थारु, दलित, अल्पसंख्यक समुदायको अधिकार सम्बोधनमा पार्टीले नेतृत्वदायी भूमिका खेल्दै आएको र आगामी दिनमा पनि खेल्ने प्रतिवद्धता जनाएको छ ।
हेर्नुहोस् विज्ञप्तीको पूर्णपाठ