थारु कल्याणकारिणीसभाको केन्द्रीय प्रशिक्षण भेला सप्तरीमा हुने


tks

धनगढी, कात्तिक २ गते । थारु कल्याणकारिणीसभाले सप्तरीको जण्डौलमा तीनदिने केन्द्रीय थारु प्रशिक्षण भेला आयोजना गर्ने भएको छ । प्रशिक्षण भेलामा वरिष्ठ अधिकारकर्मीहरुले प्रशिक्षण दिने आयोजक संस्थाले जानकारी गराएको छ ।

सभाका केन्द्रीय उपाध्यक्ष प्रेमीलाल चौधरीकाअनुसार सप्तरीस्थित जण्डौलको एक धर्मशाला हलमा कात्तिक १८ गते विहान ८ बजेदेखि प्रशिक्षण भेला शुरु हुनेछ । सो भेला २० गते साँझ ५ बजेसम्म जारी रहने उहाँले बताउनुभयो । भेलामा देशभरका गरी करिब पाँचसय थारु अगुवाको सहभागिता रहने सभाले जानकारी गराएको छ ।

उपाध्यक्ष चौधरीकाअनुसार भेलामा समाजशास्त्री डा. कृष्ण भट्टचन, प्राध्यापक कृष्ण हाछेथु, पूर्व राजदूत विजयकान्त कर्ण, अधिवक्ता शंकर लिम्बु, अधिकारकर्मी ज्योति दनुवार, गोकुल भुजेल, फकला थारु, अन्जना विसंखे, देवराज चौधरी, तहल थामी, पत्रकार, गोपाल देवान, खिम घले, राजकुमार लेखी लगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

तीन दिनसम्म चल्ने प्रशिक्षणका क्रममा नयाँ संविधानमा भएको थारु अधिकारको व्यवस्था र छुटेको विषय, थारु आयोग र थारुसँग सम्बन्धित अन्य जनजागरणका विषय, थारु आन्दोलन र त्यसको सान्दर्भिकता लगायतका विषय उथान गर्ने तयारी भएको केन्द्रीय उपाध्यक्ष चौधरीले बताउनुभयो ।

तीन दिनसम्म चल्ने प्रशिक्षणका क्रममा नयाँ संविधानमा भएको थारु अधिकारको व्यवस्था र छुटेको विषय, थारु आयोग र थारुसँग सम्बन्धित अन्य जनजागरणका विषय, थारु आन्दोलन र त्यसको सान्दर्भिकता लगायतका विषय उथान गर्ने तयारी भएको केन्द्रीय उपाध्यक्ष चौधरीले बताउनुभयो ।

प्रशिक्षण भेलामा सहभागीताका लागि सभाका केन्द्रीय पदाधिकारी, सचिवालय सदस्यहरु, भातृ संगठका पदाधिकारी र सदस्यहरु, जिल्ला तथा नगरतहका पदाधिकारी र सदस्यहरुलाई अनिवार्य सर्कुलर गरिएको उपाध्यक्ष चौधरीको भनाई छ ।

nagarik1

भेला तयारीकालागि केन्द्र र जिल्लास्तरमा स्रोत संकलन र व्यवस्थापनको काम भइरहेको आयोजकले बताएको छ । सोही प्रशिक्षण कार्यक्रमलाई केन्द्रीत गरी आयोजकले मंगलबार सप्तरीमा पत्रकार सम्मेलनको समेत आयोजना गरेको आयोजकले जानकारी गराएको छ ।

तपाईको प्रतिक्रिया