कैलालीको धनगढीबाट शुरुभयो सिकलसेल रोगको परीक्षणको काम

परीक्षण गर्नमा थारु समुदायको घुइचो


sickle-cell-anemia-test

धनगढी, कात्तिक ३ गते । थारु समुदायमामात्र देखिएको वंशानुगत रोग सिकलसेलको परीक्षण कैलालीको धनगढीस्थित सेती अञ्चल अस्पतालले बुधबारबाट शुरुगरेको छ । पहिलो दिनमा करिब ३५ जना थारुले रोग परीक्षण गराएको अस्पतालले बताएको छ ।

थारु समुदायमा देखिएको वंशानुगत रोग परिक्षण गर्न चाहिने ५० लाखको उपकरणका लागि पश्चिम नेपालका थारु समुदायले धेरैसमय संघर्ष गर्नुपरेको थियो । लामो समयको मागपछि सरकारले अञ्चल अस्पताल धनगढीमा उपकरण जडान गरेपछि रोग परीक्षण सम्भव भएको हो । यसअघिसम्म उक्त रोगको परीक्षण काठमाडौंस्थित शिक्षण अस्पतालमा मात्र हुने गथ्र्यौ ।

आधा करोडको उपकरण ल्याउन १० बर्षभन्दा वढी समय लागेको सिकलसेल शिविर संचालन गर्दै आएका सुख्खडस्थित घोडाघोडी अस्पतालका अध्यक्ष बिष्णु सापकोटाले भन्नुभयो । सिकलसेल परिक्षण गर्ने उपकरणकालागि पटक पटक सरकारसँग मागगर्दा समेत सुनुवाइ नभएको गुनासो यहाँको समुदायले गर्दैआएका थिए । ‘ढीलो भएपनि सेती अंचल अस्पतालमा उपकरण जडान भयो, अब उपचारमा सहज हुन्छ सापकोटोले भन्नुभयो ।

सुदूरपश्चिममा पहिलो पटक सिकलसेल एनिमिया रोग परिक्षण गर्ने मशिन सेती अंचल अस्पतालमा जडान भएको हो । उपकरण जडान भएपछि बुधबारबाट रोगको परीक्षण सम्भव भयो । उपकरण जडानले पश्चिम नेपालका थारु समुदायले खुशी व्यक्त गरेका छन् । थारु समुदायमा बंश विनाश हुनेगरि फैलिएको सिकलसेल परिक्षण गर्न राजधानी धाउनुपर्ने वाध्यतावाट थारु समुदायलाई मुक्ति मिलेको छ

थारु कल्याणकारिणीसभा कैलालीका प्रवक्ता माधव थारुले थारु समुदायले लामो समयदेखि सो रोगबाट पीडित हुँदैआए पनि उपकरण जडानपछि परीक्षणमा सहज हुने विश्वास व्यक्त गर्नुभयो । रोगबारे लामो समयदेखि पहिचान हुन नसक्दा यहाँका हजारौ थारुले सो रोगबाट ज्यान गुमाइदै आएको प्रवक्ता थारुको भनाई छ ।

सुदूरपश्चिममा पहिलो पटक सिकलसेल एनिमिया रोग परिक्षण गर्ने मशिन सेती अंचल अस्पतालमा जडान भएको हो । उपकरण जडान भएपछि बुधबारबाट रोगको परीक्षण सम्भव भयो । उपकरण जडानले पश्चिम नेपालका थारु समुदायले खुशी व्यक्त गरेका छन् ।

अस्पतालमा सिकलसेल रोग परीक्षणको काम शुरुभएपछि बुधबारमात्र अस्पताल आउनेको संख्या ३५ जति पुगेको सेती अंचल अस्पताल सिकलसेल सम्पर्क ब्यक्ति यशोदा ढकालले बताउनुभयो । यसअघि रगतको नमूना संकलन गरी राजधानी पठाएपछि महिनौंपछि मात्र जानकारी   हुन्थ्यो ।

अस्पतालमा मशिन जडान भएपछि अहिलेसम्म गरिएको परिक्षणमा १६ जना सो रोगवाट पीडित भेटिएका छन् उनले भनिन् ‘दशैंअघि मशिन जडान भएपनि अझै धेरै प्रचारप्रसार हुन नसकेको र चाडवाडको समय परेकाले परिक्षण गर्नेको संख्या कम रहेको उहाँले भन्नुभयो ।

राजधानी वाहिर सिकलसेल परिक्षण हुनसक्ने सेती अंचल अस्पताल दोस्रो अस्पताल हो । सरकारले यसपछि पश्चिमाञ्चलको वुटवल र मध्यपश्चिमको नेपालगजमा उक्त मशिन जडान गर्ने तयारी गरेको छ । सिकलसेल संगै सेती अंचल अस्पतालमा हेमो–डायलसिस, एचआईभी भाइरल लोडपरिक्षणको मसिन समेत जडान गरिएको अस्पतालले बताएको छ ।

राजधानी वाहिर पहिलो पटक सेती अञ्चल अस्पतालमा एकैचोटी साढे तीन करोड रुपिया बराबरको उपकरण जडान भएको अस्पतालको भनाई छ । एक करोड मूल्य बराबरको दुईवटा डायलसिस मसिनले किड्नीको विरामीलाई उपचारमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

महंगो उपचार पद्धति रहेको सिकलसेल, किड्नी र एचआइभी पोजीटीभलाई औषधीले काम गरे नगरेको पत्ता लगाउने मशिन जडान भएपछि बिरामीलाइ निकै सहज हुनेभएको छ । राजधानी वाहिर यसरी पहिलो पटक सुदूरपश्चिममा स्वास्थ्य परिक्षण उपकरण जडान भएपछि दशैंअघि स्वास्थ्य मन्त्री गगन थापाले मेशिनको उद्धाटन गरेका थिए ।

तपाईको प्रतिक्रिया