धनगढी उपमहानगरपालिका ७, स्थित जखौर तालले यस क्षेत्रकोमात्र नभई सिंगो जिल्लाकै प्रतिष्ठा बढाएको छ । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा रहेको यस तालको उचित संरक्षण भने हुन सकेको छैन । धार्मिकस्थलको समेत पहिचान बनाएको यस तालको संरक्षणमा स्थानीय तथा राज्यले ध्यान दिनसके थप पर्यटकहरुको रोजाइको स्थल जखौर ताल हुनसक्छ ।
धनगढी बजारबाट करिब ४ किलोमिटर पूर्वमा पर्ने यस तालसम्म पुग्न कैलाली बहुमुखी क्याम्पसको बाटो र देवहरियाको बाटो प्रयोग गर्न सकिन्छ । प्राकृतिकरुपमै निर्मित लाग्ने तलाउको सुन्दरता भनेकै प्राकृतिक सम्पदा र त्यसमा खेल्ने चराचुरुङ्गी, फूल र निला पानी हो । त्यसले आगन्तुकको मनलाई सजिलै मोहित गर्नसक्ने क्षमता राख्छ । करिब एकसय ३२ हेक्टर क्षेत्रफलमा फैलिएको तलाउ १५ फिट जति गहिरो छ । यसअघिका पूर्खाहरुले सो तलाउ ४५ देखि ५० फिट गहिराई रहेको बताउने गरेपनि अहिले संरक्षणको अभावमा तलाउ पुरिदै गएको छ ।
जखौर ताल जैविक विविधताको हिसावले पनि महत्वपूर्ण मानिन्छ । यसअघिसम्म यस तालमा स्थानीय रानाथारु समुदायका महिलाले माछा मार्ने, घर लिपपोत गर्नका लागि माटा निकाल्ने, गाई गोरुलाई पानी पिलाउने बाहेक अन्यरुपमा प्रयोग गरिएको थिएन । अहिले तालको संरक्षणमा स्थानीय र राज्यको केही लगानी शुरुभएपछि ताल सफा र सुन्दर भएको छ । तथापि अझै तालमा लगानी कमजोर छ ।
त्यसको संरक्षण र सम्बद्र्धनमा राज्यको ध्यान पर्याप्त पुग्न सकेको छैन । उहिले पातलो वस्तीका कारण तलाउमा विभिन्न प्रकारका चराचुरुङ्गी, जीव जनावरहरु बस्ने गर्थे । विभिन्न प्रकारका जलचरहरुको बास तलाउमा थियो । अहिले तालको नजिकै घनावस्ती बसेपछि जलचरहरु विस्तारै बसाई सर्न थालेका छन् । प्राकृतिक जंगलले भरिएको र बीच भागमा खाली रहेको ठाउँमा ताल बनेकाले त्यसको सुन्दरतालाई थप उजागर गरेको छ । तालको अवलोकन गर्न आउने आगन्तुकलाई त्यसले थप शितलता प्रदान गर्नेगर्छ ।
त्यसको संरक्षण र सम्बद्र्धनमा राज्यको ध्यान पर्याप्त पुग्न सकेको छैन । उहिले पातलो वस्तीका कारण तलाउमा विभिन्न प्रकारका चराचुरुङ्गी, जीव जनावरहरु बस्ने गर्थे । विभिन्न प्रकारका जलचरहरुको बास तलाउमा थियो ।
जखौर तालमा कमलको पातको हरियाली छ । फूलहरु फुल्ने गर्छन् । फूलबाट कमलका गटा लाग्नेगर्छ र त्यो फलकोरुपमा प्रयोग हुन्छ । जंगलको बीचभागमा अवस्थित तालको पानी पनि चिसो रहने र बाह्रैमहिना तलाउमा पनि जम्ने हुनाले जंगली जनावर, बाघ, हरिण, बँदेल, जंगली भैसी लगायतका जनावरहरुको राम्रो विचरणस्थल पनि हो । रातीको समयमा जंगली जीव जनावर पानी खान आउने र दिनभरी सोही जंगलमा बासबस्ने प्रचलन उहिलेदेखिकै हो । तर वाक्लो मानवस्तीको विकासले गर्दा जंगली जनावरहरु तर्सने र तलाउ वरिपरि कम विचरणमा आउने समस्या बढ्दैगएको छ । तलाउलाई केही व्यक्तिको स्वार्थपूर्तिका लागि प्रयोग गरिने र कमाउधन्दा चलाउने स्थलकोरुपमा विकास हुँदैगएकाले तलाउको सुन्दरता पनि घट्दैगएको छ ।
तालको सुन्दरतालाई कायमै राख्न र यसको प्रचार प्रसारमा त्यति ध्यान दिन सकिएको छैन । सिमसार क्षेत्र रहेपनि राज्यको नजरमा अझै तलाउले महत्व पाउन सकेको छैन । कैलालीको घोडाघोडी तलाउले सिमसार क्षेत्रको दर्जा पाएपनि जखौर ताललाई समेत सो दर्जा दिई यसको संरक्षणमा राज्यले उचित ध्यान दिनुपर्छ । तालको उचित संरक्षणकानिम्ति तलाउ संरक्षण समिति गठन गरी त्यसको संरक्षणमा लाग्नुपर्ने आवश्यकता छ । त्यसकालागि स्थानीय प्रशासनले समेत चासो दिनुपर्ने हुन्छ । तर संरक्षणमा आजसम्म पहल लिइएको देखिएन । स्थानीयरुपमा तालको संरक्षण र प्रवद्र्धन गरी पर्यटकहरु भित्र्याउनसके यस क्षेत्रलाई पर्यटकीय गन्तव्यकोरुपमा विकास गर्न सकिन्छ । स्थानीयरुपमा धेरै युवाले रोजगार पाउन सक्छन् ।
वि.सं. २०६४ मा केन्द्रबाट आई पूरातत्व विभागले समेत अवलोकन अध्ययन गरेको थियो । सो अनुसार ताललाई कैलालीको राम्रो तलाउमध्येमा सुचीकृत गरिएको पनि छ । तर तालको संरक्षण र प्रवद्र्धनका निम्ति ठोस पहल हुन सकेको छैन ।
तालमा पानीहाँस खेलेको दृश्य मनमोहक लाग्छ । सारस, सीम कुखुरा, जलकुखुरा, नर्कट लगायतका चराहरु पाइन्छन् । कछुवा, विभिन्न एकसय प्रजातिका माछा पनि तलाउमा छन् । तालमा सबैभन्दा साना प्रजातिको पानीहाँस पनि छ । जसलाई स्थानीय भाषामा हरिहाँस भनिन्छ । दिनभरी तलाउमा पौडी खेली अहारा बटुल्ने र साँझतिर तालको वरिपरि उम्रेका घाँसमा बसेरा बस्ने सो चराको संरक्षणका लागि पनि जुट्नु आवश्यक छ । स्थानीय शिकारीहरुका कारण चराहरु डराउने र अन्यत्र डेरा सर्ने अवस्था कायमै छ । ताल परिसरलाई अहिले वनभोज स्थलकोरुपमा विकास गरिएको छ । चाडपर्व र अन्य समयमा पनि यहाँका स्थानीयहरु वनभोज खानजाने स्थलकोरुपमा ताल परिसरलाई विकास गरिएको छ । जंगलको बीचभागमा अवस्थित सो तलाउमा युवा युवतीले अश्लिल र घृणित कामहरु समेत गर्ने गरेकाले सो क्षेत्रको संरक्षण र धार्मिक विकास गर्न पनि आवश्यक छ ।
वि.सं. २०६४ मा केन्द्रबाट आई पूरातत्व विभागले समेत अवलोकन अध्ययन गरेको थियो । सो अनुसार ताललाई कैलालीको राम्रो तलाउमध्येमा सुचीकृत गरिएको पनि छ । तर तालको संरक्षण र प्रवद्र्धनका निम्ति ठोस पहल हुन सकेको छैन । कैलाली जिल्लामा यस्ता संयौ तालहरु छन् । जसमध्ये तेस्रो चौथो ठूलो तालमा जखौर पनि हो । यहाँका जैविक विविधता, प्राकृतिक सुन्दरताको संरक्षण र सम्बद्र्धन गर्नसके त्यसले हाम्रो पहिचान र क्षेत्रको सुन्दरतालाई थप चम्काउन भूमिका खेल्नेछन् ।
तालको ऐतिहासिकताः
यस भेगमा रानाथारु र डंगौरा थारुको बाक्लो बसोबास छ । तालको वरिपरि मुख्यतः रानाथारुको उहिल्यैदेखि बाक्लो बस्ती थियो । उहिले सानो पोखरी थियो, त्यसको पानीलाई गाई गोरु, भैसीलाई खुवाउने काममा प्रयोग गरिन्थ्यो । रानाथारु भाषामा गाई गोरुलाई पानी खुवाउनकालागि खनिएका पोखरीलाई अगौर भन्ने गरिन्छ । पहिले सानो पोखरीकोरुपमा खनिएको भएपनि अहिले तलाउकोरुप लिएको र अगौरबाट अपभ्रंस भई जखौर भएको केहीको भनाई छ ।
एकजना थारु महिलाको सुनको कुखुरा थियो रे । चर्नेक्रममा एकदिन कुखुराको खुट्टा भाँचियो । थारु महिलाले त्यसको घरेलु औषधि पिसेर त्यही तलाउको छेउछोउको जडिबुटीको सहाराले कुखुराको घाउ ठीक गरेकी थिइन् रे ।
यस भेगमा उहिले माटाका भाँडा बनाउने कुमाल समुदायका मानिसको पनि बसोबास थियो रे । भाँडा बनाउनेक्रममा खाल्डाबाट माटो निकाल्ने र सोहीक्रम लामो समयसम्म हुँदा खाल्डा विस्तारै तलाउकोरुप लिएको भनाई पनि पूर्खाहरुको छ । तालको वरिपरि अझै पनि विभिन्न किसिमका माटाका भाँडाहरु उत्खनन् गर्दा भेटिएकाले त्यो सम्भावालाई पुष्टि गर्नेगरेको स्थानीयको भनाई छ ।
उहिले ताल भएको ठाउँमा थारु परिवारको बसोबास थियो । एकजना थारु महिलाको सुनको कुखुरा थियो रे । चर्नेक्रममा एकदिन कुखुराको खुट्टा भाँचियो । थारु महिलाले त्यसको घरेलु औषधि पिसेर त्यही तलाउको छेउछोउको जडिबुटीको सहाराले कुखुराको घाउ ठीक गरेकी थिइन् रे । सिलौटामा पिसेर जडिबुटी लगाउने गरेको र सो सिलौटा धेरै पछिसम्म सोही ठाउँमा फेला परेको बयोबृद्धहरुको बुझाई छ ।
कोहीको भनाईमा अहिले तलाउ भएको ठाउँमा पहिले ठूलो थारुबस्ती थियो । पछि त्यो वस्ती तलाउमा डुव्यो । त्यस ठाउँबाट एक परिवारका जोखन र जोखनी नाम गरेका पती पत्निमात्र बाँच्न सफल भएको र उनीहरुको स्मरणमा पछि सो तलाउको नाम जखौर भएको पनि किंवदन्ती छ ।
(लेखकः स्थानीय बासिन्दा र वरिष्ठ साहित्यकार हुन्।)