मुक्त कमैया आन्दोलनका एक अगुवा दुखुवा थारुको निधन


dukhuwa-tharu

मानबहादुर चौधरी
वर्दिया, कात्तिक १८ गते । कमैया मुक्ति आन्दोलनका अगुवा तथा मानवअधिकार र सामाजिक न्यायका अभियन्ता दुखुवा थारूको निधन भएको छ । उहाँको ०७३ कातिक १२ गते राति निधन भएको हो । ६८ वर्षीय दुखुवाको ढोढरी गाविस–१ स्थित आफ्नै निवासमा निधन भएको थियो ।

गरिब किसान, मुक्तकमैया र सुकुम्वासीहरूको प्यारा अगुवाको रूपमा मध्यपश्चिममा मात्रै नभएर देशैभर उनी सूपरिचित थिए । उनले गरिब किसान, मुक्तकमैया र सुकुम्वासीहरुको मुक्ति र गास, बास, कपासको लागि आवाज उठाउनुको साथै आन्दोलनमा अगुवाइ गर्दै आएका थिए ।

२००५ सालमा जन्मिएका दुखुवा थारू गरिबीमै हुर्के र बढे । गास, बास र कपासका लागि सानै उमेरदेखि जमिन्दारको घरमा बर्दिवा, कमैया बस्न बाध्य भएका उनी शिक्षाबाट वञ्चित भए पनि मानिस, मानिस भएर जीउनको लागि राज्य र सामन्त जमिन्दारहरूविरुद्ध जुझारु तरिकाले निरन्तर आवाज उठाउन र लड्नु कहिल्यै पछि हटेनन् ।

२०४६ सालको जनआन्दोलनमा गरिब कमैया तथा सुकुम्बासी बस्ती पुगी आफू भोकै भएपनि मुक्तिको आन्दोलनमा सहभागी हुन चेतना फैलाउने काम गरे ।

२०३६ सालमा भएको निरदल र बहुदलवीचको चुनावमा बहुदलको पक्षमा लागि उनले कमैया जस्तो दास प्रथाबाट आफू र आफूजस्तै गरिब दुःखीलाई मुक्ति दिलाउन अवसरको रुपमा प्रयोग गरे । २०४६ सालको जनआन्दोलनमा गरिब कमैया तथा सुकुम्बासी बस्ती पुगी आफू भोकै भएपनि मुक्तिको आन्दोलनमा सहभागी हुन चेतना फैलाउने काम गरे ।

कमैया मुक्ति आन्दोलनका अगुवा दुखुवा थारूको ०७३ कात्तिक १३ गते थारु संस्कार अनुसार अन्त्येष्टी गरिएको छ ।

तपाईको प्रतिक्रिया