आठ प्रदेशको मोडलले मुलुकको समस्या समाधान दिन्छः गच्छदार


gachhadar

मोरङ, कात्तिक २० गते । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले आफनो दलले प्रस्तुत गरेको आठ प्रदेशको मोडलले मुलुकको समस्या समाधान हुने दावी गर्नुभएको छ ।

मधेसी मोर्चाले उठाएका मागका विषयमा ठोस प्रस्ताव आउन नसक्दा सहमतिको वातावरण अझै बन्न नसकेको उहाँको तर्क छ ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग शनिबार कुरा गर्दै अध्यक्ष गच्छदारले सीमाङ्कनदेखि मोर्चाले उठाएका विषयका बारेमा छलफल भएपनि ठोस प्रस्ताव आउन नसक्दा सहमतिको वातावरण बन्न नसकेको बताउनुभयो ।

एमाले, काँग्रेस र माओवादीबीचमा सहमतिको वातावरण बनेर अघि बढ्ने हो भने संविधान संशोधन र अन्य विषयले छिट्टै पूर्णता पाउने जिकिर उहाँले गर्नुभयो । नेता गच्छदारले १६ बुँदे सहमतिका जगबाट उठाइएको आठ प्रदेशका पक्षमा आफू रहेको उहाँको बताउनुभयो ।

तपाईको प्रतिक्रिया