कपाल काटेरै महिनाको २५ हजार रुपैया बढी कमाई गर्छन् चौधरी


hair-cutting

सन्तोष दहित
दाङ, (हेकुली) मंसिर १ गते । हेकुलीका शोभाकर चौधरी सवेरै उठछन् । घरमा रहेको गाई भैसीलाई घाँसपानी हाल्छन् र बाँकी काम घरकालाई जिम्मा लगाएर आफु साइकिल लिएर गाउँको दक्षिणतिर हेकुलीको डबरामा पुग्छन् । जहाँ सानो बजार छ । त्यहि बजारमा शोभाकरको पनि सानो कटेज छ । त्यहि घरमा ‘निशान हेयरकटिङ’ खोलेकाछन् ।

बजारको चोकको पश्चिम सायदमा रहेको एउटा पसलको आंगनमा रहेको उक्त हेयरकटिङमा शोभार पुग्न पाएका हुदैनन्, तर कपाल कटाउन आउने ग्राहकहहरुको भिड लागिसकेको हुन्छ । शोभाकरले सकिनसकि दिनमा ३०÷३५ जनाको दाँह्री, कपाल काट्छन । एक जनाको कपालकाटेको ४० रुपैया लिनेगरेकाछन् । दिनमा ८ सय देखि एक हजार दुईसयसम्म कमाउदै आएकाछन् ।

मासिक २५ हजारभन्दा बढि कमाईरहेका शोभाकर भन्छन्– ‘जाँगर र सीप भएपछि पैसा भन्ने चिज जहाँ पनि कमाउन सकिदो रहेछ ।, ‘मेहनत र परिश्रम गर्नुप¥यो, उनि भन्छन्, ‘अहिलेको समयमा सबैभन्दा ठुलोे कुरा भनेको सीप हो ।, सीप भएपछि जहाँ गएर पनि बाँच्न सकिदोरहेछ ।’ यो ब्यवसायी गर्नुभन्दा पहिला विदेश जाने सोच बनाएको थिए ।

फेरि विदेश जानुभन्दा यहि केहि गर्नुपर्छ भन्ने लाग्यो, त्यसपछि हेयरकटिङ खोल्ने सोच बनाए शोभारकले भने,–‘करिब १५ हजार लागनी गरेर यो ब्यवसायीको सुरुवाट गरे । सुरु–सुरुमा खासै नचले पनि अहिले भने भ्याइनभ्याई छ, उनले भने,–‘विदेश गएको भए सायद के हुन्थ्यो थाहै हुदैनथ्यो ।’

‘गाउँका प्राय युवाहरु विदेश जान थालेपछि घरकाले पनि विदेश जान कर गरिरहेका थिए । यद्यपि भित्रैदेखि भने आफ्नो विदेश जाने इच्छा भने थिएन, शोभाकरले भने ।’ ठ्याक्कै त्यहिबेला आफ्नै गोत्रका दाई विदेशबाट फर्केर आए । ३ महिनामा कामै नगरि फर्कि आए । विदेश जानलाई जग्गा बेचेर गएका गोत्र दाई न पैसा  ल्याए, भएको जग्गा पनि विदेशमा सकाएर आए कस्तो दुखको कुरा ।’

‘गाउँका प्राय युवाहरु विदेश जान थालेपछि घरकाले पनि विदेश जान कर गरिरहेका थिए । यद्यपि भित्रैदेखि भने आफ्नो विदेश जाने इच्छा भने थिएन, शोभाकरले भने ।’ ठ्याक्कै त्यहिबेला आफ्नै गोत्रका दाई विदेशबाट फर्केर आए । ३ महिनामा कामै नगरि फर्कि आए । विदेश जानलाई जग्गा बेचेर गएका गोत्र दाई न पैसा  ल्याए, भएको जग्गा पनि विदेशमा सकाएर आए कस्तो दुखको कुरा ।’

उनले सम्झिदै भने– ‘सायद म यो व्यवासाय नखोलेर विदेश गएको भए मेरो हालत पनि यस्तै हुन पनि सक्थ्यो नि । समयमा बुद्धि पु¥याए, गाउँघरमा सेवा दिइरहेको छु,, घरपरिवार पनि खुशी छन ।’ उनि भन्छ्न–‘अरुको ठाउँमा सवैले राम्रो पैसा कमाउँछन् भन्ने के ग्यारन्टी छ र ?, बरु विदेश जाने पैसाले स्वदेशमा कुनै न कुनै राम्रो सीप सिकेर आफ्नो ठाँउमा व्यवसाय गरेपछि त्यहि राम्रो भनेर विदेश गइरहेका युवाहरुलाई शोभाकरले सुझाव दिन्छन् ।’

‘आफ्नो ठाँउ भनेको आफ्नो ठाँउ हो, सुख–दुःख परेको बेला एक अर्कालाई सहयोग गर्ने त छदैछ । घरका परिवासंग बसेर आफनो व्यवसाय पनि चलिरहेको छ, घरको काम पनि भइरहेको छ, उनले भने ।’

सात जनाको परिवारलाई यहि पेशाले पाल्दै आएका शोभाकरले फुर्सदको समयमा घर परिवारलाई पनि सघाउदै आएका छन् । घरमा काम गर्दागर्दै पसलबाट कसैले फोन ग¥योकि साइकील डुगुराउँदै पसल पुग्छन । यसरी शोभाकर आफ्नो व्यवसायी संगसंगै घरको सम्पुर्ण काममा पनि सहयोग गर्दै आइरहेकाछन् ।

सरल स्वभाव र इमान्दार, मिलनसार, हसिलो सवैसंग मिल्ने कारणले पनि शोभाकरको ‘हेयरकटिङ’ मा सरकारी÷गैरसकरी, विद्यालयको कर्मचारी, विद्यार्थी, व्यापारीदेखि छिमेकी गाविसका सर्वसाधरणहरु समेत उनिसंग कपाल, दाँह्री कटाउन आउने गर्दछन् । ‘सानैदेखि कपाल काट्न मन पराउने शोभाकर भन्छन्– गाँउका दाईहरुलाई कपाल काट्न देखेर सानो कैचि किनेकोथिए, त्यहि कैचिले गाउँका केटाकेटिहरुको कपाल कट्दै आए, यसरी सिक्दै आएपछि गाउँका दाई, अंकलहरुको कपाल काटदै आएपछि सिके ।’

यो विषयमा औपचारिक तालिम नलिए पनि केहि थप कुरा सिक्नलाई पैसा तिरेर आफु बजारमा कपाल, दाह्री कटाउने जान्थे, त्यहिबाट पनि धेरै कुरा सीके, शोभाकरले भने,–‘मान्छेमा कुनै सीप सिक्ने इच्छा भए भित्रैबाट आउनुपर्छ, नयाँ कुरा सिक्नलाई समय लाग्दैन ।’

तपाईको प्रतिक्रिया