दाङलाई प्रदेश नं. ५ को राजधानी बनाउनुपर्छः अध्यक्ष गच्छदार


gachhadar

सन्तोष दहित
दाङ, मंसिर १ गते । मधेशी जनअधिकार फोरक (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले पाँच नम्बर प्रदेशको राजधानी दाङमा बनाउनुपर्ने बताउनुभएको छ । बुधबार दाङको घोराहीमा आयोजना गरिएको पार्टीका अगुवा, कार्यकर्ता तथा पार्टी प्रवेश कार्यक्रमकलाई सम्बोधन गर्दै गच्छदारले त्यस्तो बताउनुभयो ।

दाङ जिल्ला साँस्कृतिकको धरोहरमात्र नभएर हरेक दृष्टिले उपयुक्त जिल्ला हो । आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक र सुरक्षाको हिसावले अन्य जिल्लाभन्दा दाङ नै उपयुक्त छ” गच्द्धदारले भन्नुभयो । आफ्नो पार्टीले पाँच नम्वर प्रदेशको राजधानीका लागि दाङलाई बनाउने निर्णय गरिसकेको उहाँले तर्क गर्नुभयो ।

त्यसको निमित्त दङ्गाली जनताहरु जाग्नुपर्ने गच्छदारले बताउनुभयो । कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका गच्छदारले नेपाली जनताले बलिदान गरेर ल्याएको गणतन्त्र र संविधानलाई सस्थागत गर्नका लागि सवै राजनीतिक शक्तिहरु एकजुट हुनपर्ने बताउनुभयो ।
राजनीतिक शक्तिहरु छिन्नभिन्न भएकाकारणले देश संकटमा परेको उहाँको भनाई छ । संविधान कार्यान्वयमा आउन सकिरहेको छैन । यी सबै कुरालाई सस्थागत गर्नको र देशलाई निकास दिनको लागि प्रमुख तीन राजनीतिक पार्टी र आफ्नो पार्टीले गरेको १६ वुँदेलाई टेकेर जान आवश्यक रहेको पनि उहाँले चर्चा गर्नुभयो ।

अहिले देशमा भइरहेको राजनीतिक संकटलाई हटाउन एकमात्र सुत्र १६ वुँदे सहमतिको कार्यान्वयन हो भन्दै गच्छदारले सहमतिप्रति इमान्दार हुन प्रमुख नेताहरुलाई आग्रह गर्नुभयो । प्रमुख शक्तिहरु संविधान संशोधनका निम्ति एकठाउँमा आउनैपर्ने उहाँले जिकिर गर्नुभयो ।

dang

आदिवसाी जनजाति, मधेशी, थारु, दालित लगायत पछाडी पारिएका वर्गहरुको कुरालाई समेटेर संविधानलाई संसोधन गर्दा उचित हुने उहाँले सुझाव दिनुभयो । संविधन संसोधनका लागि दुईतिहाई आवश्यक रहेकोले पनि सवै शक्तिहरु सहमतिमा आउन जरुरी रहेको बताउदै गच्छादारले त्यसको भुमिका आफ्नो पार्टीले खेलिरहेकोसमते दाबी गर्नुभयो ।

त्यसैगरी कार्यक्रमा गच्छदारले आफ्नो पार्टीलाई आदीवासी, जानजाति, मधेशी, थारु, दलितको मुद्दाबाट भागिरहेको आरोपमात्र भएको बताउनुभयो । आफुले सधै आदीवासी, जानजाति, मधेशी, थारुको मुद्दालाई उठाउदै आएको बताउदै बरु मोर्चाले संविधान संसोधनको नाममा पन्छिरहको आरोप लगाउनुभयो ।

मधेशी जनअधिकार फोरक (लोकतान्त्रिक) पार्टी दाङका अध्यक्ष विन्तीराम यादवको अध्यक्षतामा भएको कार्यक्रममा सांसद योगेन्द्र चौधरी लगायतले बोल्नुभएकोथियो । प्रशिक्षण तीनदिनसम्म चल्ने पार्टीका सचिव कुलबहादुर घर्तिले जानकारीदिनुभयो ।

तपाईको प्रतिक्रिया