गठबन्धनका नेताले भने, ‘संविधान संशोधन प्रस्ताव तत्काल दर्ताहोस्’


congres-morcha-meeting

काठमाडौं, मंसिर २ गते । सत्तारुढदल नेपाली कांग्रेस र संघीय गठबन्धनबीच सविधान संशोधनको विषयमा छलफल भएको छ । छलफलमा गठबन्धनले संशोधनका लागि एमालेलाई नपर्खन सुझाव दिएको छ ।

छलफलपछि संघीय गठबन्धनका संयोजक एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सविधान संशोधनको प्रकृया चाँडै अगाडि बढाउन कांग्रेसलाई आग्रह गरेको बताएका छन् । संशोधनको भाका सार्ने काम अति नै भएको भन्दै संयोजक यादवले कुनै पनि बहानामा संशोधन प्रक्रियामा भएको ढिलाई आफूहरुलाई स्वीकार्य नभएको बताए ।

यसैगरी, गठवन्धनले प्रमुख विपक्षी एमालेसँग सहमति गर्ने नाममा संविधान संशोधन विधेयक नरोक्न समेत कांग्रेसलाई आग्रह गरेको छलफलमा सहभागी गृहमन्त्री विमलेन्द्र विधिले बताएका छन् । तीनबुँदे सहमतिअनुसार संविधान संशोधन विधेयक दर्ता नभएकोप्रति असन्तुष्टि जाहेर गर्दै गठबन्धनले संशोधन दर्ताकालागि एमालेलाई नपर्खिन सुझाव दिएको निधिले बताए ।

एमालेसँग सहमति खोज्ने नाममा सरकारले संशोधनमा आलटाल गरेको गठबन्धनको आरोप छ । संचारकर्मीहरुलाई प्रतिक्रिया दिँदै फोरम नेपालका वरिष्ठ नेता अशोक राईले भने, ‘संशोधन प्रस्ताव संसद्मा दर्ताको लागि एमालेलाई पर्खिनु आवश्यक छैन, संशोधन विधेयक दर्ता गरेपछि सहमति खोज्न सकिन्छ ।’ संविधान संसोधनका सम्बन्धमा कांग्रेस सभापतिले सबै समस्या समाधान गर्ने गरी पहल गर्ने आश्वासन कांग्रेसले दिएको राईले बताए ।

तमसपाका अध्यक्ष महेन्द्रराय यादवले एमाले मधेस विरोधी पार्टी भएको भन्दै काठमाडौंमा संविधान संशोधन हुन्न भन्ने तर जनकपुर पुगेर संशोधनको पक्षमा छौं भनेकोले एमालेले दोहोरो चरित्र देखाएको आरोप लगाए ।

कांग्रेस सभापति देउवाले संविधान संशोधन नभएसम्म कार्यान्वयनमा जान नसक्नेमा कांग्रेस प्रष्ट रहेको बताए । देउवाले तीनबुँदे सहमति अनुसार चाडै नै संविधान संशोधन विधेयक दर्ताहुने आश्वासन दिएका छन् ।

गठवन्धनका नेताहरुले संविधान संशोधन नहुँदासम्म स्थानीय चुनाव हुननसक्ने बारे समेत कांग्रेसलाई अवगत गराएका छन् । स्थानीय निकाय पुनर्संरचनाका नाममा सरकार र प्रमुख दलहरुले द्वन्द्व बढाउने काममात्र गरेको भन्दै दलीय सहमति नजुट्दासम्म यसलाई रोक्न कांग्रेसलाई सचेत गराएका छन् ।

छलफलपछि पत्रकारहरुसँग कुरागर्दै कांग्रेस सभापति देउवाले संविधान संशोधन नभएसम्म कार्यान्वयनमा जान नसक्नेमा कांग्रेस प्रष्ट रहेको बताए । देउवाले तीनबुँदे सहमति अनुसार चाडै नै संविधान संशोधन विधेयक दर्ताहुने आश्वासन दिएका छन् । कांग्रेस सभापति देउवाले गठबन्धनले दिएको १५ दिने समय सीमाभित्रै संविधान संशोधन विधेयक संसदमा दर्तागर्ने आश्वासन दिए ।

नेपाली काँग्रेसको संसदीयदलको कार्यालय सिंहदरबारमा भएको छलफलमा कांग्रेसकोतर्फबाट सभापति शेरबहादुर देउवा, गृहमन्त्री विमलेन्द्र निधि, शान्ति मन्त्री सीतादेवी लगायतको उपस्थिति थियो ।

त्यस्तै, गठबन्धनबाट संयोजक उपेन्द्र यादव, तमलोपा अध्यक्ष महन्थ ठाकुर, तमसपा अध्यक्ष महेन्द्रराय यादव, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, लिम्बूवान पार्टीका कुमार लिङ्देन मिराक, थरुहट तराई पार्टीका अध्यक्ष भानुराम थारु लगायत दर्जन बढी नेताहरुको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया