थारु पत्रकार संघ, दाङ शाखाले हमार दाङ प्रकाशन गर्दै


tja-nepal

दाङ, मंसिर २ गते । थारु पत्रकार संघ, नेपाल दाङ शाखाले आफ्नो आठौं वार्षिकोत्सवको असवर पारेर बार्षिक मुखपत्र ‘हमार दाङ’ प्रकाशन गर्ने भएको छ ।

संघ दाङका अध्यक्ष सन्तोष दहितले प्रेस विज्ञप्ती जारी गर्दै संघद्वारा प्रकाशन गर्न लागिएको बार्षिक मुखपत्र ‘हमार दाङ’ का लागि लेखरचना पठाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।

अध्यक्ष दहितले थारु समुदायको आर्थिक, समाजिक, साँस्कृतिक तथा राजनीतिक बिषयलाई उठान गरेर मंसिर २० गते भित्र लेख रचना पठाई सहयोग गर्न सम्वन्धित निकायहरुलाई अनुरोध गर्नुभएको विज्ञप्तीमा उल्ल्ेख छ ।

संघले हरेकवर्ष आफ्नो वार्षिक उत्सवम पुस २७ गते भव्यरुपमा मनाउदै आइरहेको छ । संघले गतवर्ष आफ्नो वार्षिक उत्सवको अवसर पारेर माघी मिनि महोत्सवको आयोजना गरेको थियो । यसवर्ष वार्षिक मुखपत्र संगै विभिन्न कार्यक्रम गर्ने तयारी समेत गरिरहेको अध्यक्ष दहितले विज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया