विदेशीलाई नेपाली नागरिकता दिने माग हाम्रो होइनः अध्यक्ष यादव


upendra-yadav

काठमाडौं, मंसिर ४ गते । संघीय गठबन्धनका संयोजक एवम् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले हल्ला भएजस्तोगरी संविधान संशोधनको प्रस्ताव संसदमा आए त्यसलाई अस्वीकार गर्ने चेतावनी दिएका छन् ।

राजधानीमा शनिबार भएको साक्षात्कारमा गठबन्धनका संयोजक यादवले त्यस्तो भन्दै अहिले सरकारले चारबुँदे संशोधनको प्रस्ताव तयार गरेको छ भन्ने हल्ला बाहिर आएको बताउनुभयो । यदि यो कुरा साँचो हो भने हामी त्यसलाई कुनै हालतमा मान्दैनौं, यसले समस्याको समाधान दिदैन यादवले भने ।

आफूहरुले संशोधनको नाममा संशोधन मात्रै नखोजेको उल्लेख गर्दै संविधानमा भएका विभेदकारी प्रावधानहरुको अन्त्य हुनेगरि संशोधन चाहेको स्पष्ट पारे । यादवले वर्तमान सरकारले संविधान संशोधनबारे आन्दोलन पक्षसँग अहिलेसम्म कुनै सहमति नै नगरेको बताउनुभयो । ‘हामीसँग सहमति नगरीकन एकलौटी ढंगले संशोधन प्रस्ताव दर्ता भयो भने त्यसको कुनै अर्थ हुँदैन, त्यसले समस्याको निकास दिँदैन्’ यादवले भने ।

अध्यक्ष यादवले अहिले संविधानमा उल्लेख भएबमोजिमको ७ प्रदेशले मुलुकको समस्या समाधान हुनै नसक्ने ठोकुवा गर्दै त्यसको ठाउँमा १० पदेशको अवधारणा चाहिने बताउनुभयो । आयोगको प्रतिवेदन, मधेशी मोर्चासँग भएको सम्झौता र अन्तरिम संविधानमा उल्लेख भएबमोजिम तराई–मधेश–थरुहट यसमै रहनेगरि पूर्नसंरचना हुनुपर्नेमा उनले जोड दिए ।

अध्यक्ष यादवले पहाडमा पहिचान र सामथ्र्यका आधारमा पूर्नसरंचना गर्नुपर्ने बताए । त्यस्तै, आदिवासी, जनजातिहरुको समस्याहरु पनि एउटै प्याकेजमै हल गर्नुपर्ने जिकिर यादवले गरे । किस्ताबन्दीमा समस्याको हल हुनै सक्दैन, त्यो हामीलाई कुनै हालतमा मान्य छैन’ यादवले बताए ।

वर्तमान पुष्पकमल दाहाल नेतृत्वको सरकारले अघिसारेको ४ बुँदे संशोधन प्रस्तावले मधेशी र जनजाति फुटाउने षड्यन्त्र गरेको समेत उनले आरोप लगाए । पाँचवटा विवादित जिल्लाहरुको समस्या हल गर्न आयोगलाई जिम्मा लगाउने काम पनि मान्य नहुने यादवले चेतावनी    दिए ।

वर्तमान पुष्पकमल दाहाल नेतृत्वको सरकारले अघिसारेको ४ बुँदे संशोधन प्रस्तावले मधेशी र जनजाति फुटाउने षड्यन्त्र गरेको समेत उनले आरोप लगाए । पाँचवटा विवादित जिल्लाहरुको समस्या हल गर्न आयोगलाई जिम्मा लगाउने काम पनि मान्य नहुने यादवले चेतावनी    दिए । आयोगलाई जिम्मा लगाउने चाल पूरानै चाल हो, यसले समस्याको समाधान दिंदैन यादवले भने “विवादित जिल्लाहरुलाई माथिल्लो भागलाई माथि नै र तल्लो भागलाई तल नै राखेर मिलाउनुपर्छ ।”

यादवले जातीय समूहगत आधारमा पूर्ण समानुपातिक–समावेशी बनाउनुपर्नेमा जोड दिए । नेपालजस्तो मुलुकमा एकल जातीय हुनै नसक्ने ठोकुवा गर्दै उनले दलित, अल्पसंख्यक लगायतलाई विशेष आरक्षणको व्यवस्था गर्नुपर्ने आफूहरुको माग रहेको जनाए ।

नेपालमा बहुभाषिक समूदाय भएकोेले सोही बमोजिम बुहभाषीक नीति बनाउनुपर्नेमा जोड दिंदै अध्यक्ष यादवले भने ‘केन्द्रदेखि प्रदेशसम्म सबै निकायमा भाषासूचि बनाउनुपर्छ ।’ प्रदेशको निर्वाचन क्षेत्रको निर्धारण पनि जनसंख्याको आधारमा गर्नुपर्ने उनले जोड दिए ।

विदेशीहरुलाई नागरिकता दिने कुरा आफूहरुको पनि माग नभएको दाबी यादवले गरे । उनले थपे, ‘यो माग हाम्रो होईन, हाम्रोजस्तो मुलुकमा नागरिकताको सवालमा अंगीकृत प्रावधान नराख्दा नै बेश हुन्छ ।’ यद्यपि उनले बिहे गरेर ल्याएपछि बुहारी विदेशी नहुने बताए ।

संविधान संशोधन मार्फत कार्यान्वयन नगरिए मुलुक दुर्घट्नामा जाने समेत यादवले खतरा औंल्याए । संविधान संशोधनको प्रस्तावको खेल खेलेर ठूला दलहरुले जालझेल, प्रपञ्च र षडयन्त्र गरेर मुलुकलाई दुर्घटनामा धकेल्ने काम गरेको उनले बताए ।

तपाईको प्रतिक्रिया