सचिवहरुले काम नगरेको प्रचण्डको गुनासो, निर्देशनमाथि थप निर्देशन


prachand

लक्की चौधरी
काठमाडौं, मंसिर ६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री भइसकेपछि विगतमा दिइएको निर्देशनको तत्काल परिणाम दिन मन्त्रालयका सचिवहरुलाई पुनः निर्देश गर्नुभएको छ । आफूले सोचेकोअनुसार कामकाज जनताकोतहबाट नभएको गुनासो आएपछि प्रधानमन्त्री प्रचण्डले पुनः त्यस्तो निर्देश गर्नुभएको हो ।

सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयको सभाकक्षमा मन्त्रालयका सचिवहरुलाई सोमबार बोलाएर प्रधानमन्त्री प्रचण्डले त्यस्तो निर्देशन दिनुहुँदै भन्नुभयो, “कुराभन्दा कामको परिणाम चाहियो, किन भइराखेको छैन, बजेटको कमी हो भने मलाई भन्नुप¥यो” भन्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रालयले गरेको कामकाजबारेमा तिव्र असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले जतिसक्दो छिटो काम हुन नसकेको कारणसहित रिपोर्ट दिन सचिवहरुलाई निर्देश गर्नुभयो ।

“मैले पदवहाली गर्नेक्रममा ४५ दिनभित्र भुकम्पपीडित परिवारलाई आवास पुनरनिर्माणका लागि पहिलो किस्ता रकम उपलब्ध गराउन भनेको थिएँ” स्मरण गराउनुहुँदै प्रधानमन्त्री प्रचण्डले “गरिबका लागि सरकार नामक विशेष अभियान सञ्चालन गर्न भनेको थिएँ, के कति प्रगति भयो ?

“मैले पदवहाली गर्नेक्रममा ४५ दिनभित्र भुकम्पपीडित परिवारलाई आवास पुनरनिर्माणका लागि पहिलो किस्ता रकम उपलब्ध गराउन भनेको थिएँ” स्मरण गराउनुहुँदै प्रधानमन्त्री प्रचण्डले “गरिबका लागि सरकार नामक विशेष अभियान सञ्चालन गर्न भनेको थिएँ, के कति प्रगति भयो ? नतिजासहित अद्यावधिक विवरण मलाई चाहियो” सचिवहरुसँग भन्नुभयो ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले गत साउन २३ गते आफूले दिएको २८ बुँदे निर्देशनको कार्यान्वयनको अवस्था के छ, प्रगति के कति भयो परिणाम समेत देखिनेगरी उपलब्ध गराउन आग्रह गर्नुभयो । संविधानको प्रभावकारी कार्यान्वयन, शान्ति सम्झौताको बाँकी काम सम्पन्न गर्न समेत उहाँले सम्बन्धित मन्त्रालयका सचिवलाई निर्देशन गर्नुभयो ।

गत भदौ २३ गते आफूले व्यवस्थापिका संसदबाट जनताको नाममा विशेष सम्बोधन गर्दाताका गरिएको प्रतिवद्धतासमेत पूराहुन नसकेकोमा दुःख व्यक्तगर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “मुलुकमा सुशासन र सामाजिक न्याय कायम गर्ने, रोजगारी सिर्जना र जनताको आयस्तरमा बृद्धि गर्नेगरी कामकाज गर्न भनेको थिएँ त्यसको अवस्था कहाँ पुग्यो ?” सिधा कुरा प्रधानमन्त्रीसँग कार्यक्रममा आएका जनताका गुनासो समेत सम्बोधन नभएको प्रधानमन्त्रीको गुनासो छ ।

गरिबकालागि सरकार विशेष अभियान कार्यक्रमलाई प्राथमिकतामा राखी बजेटमा समावेश भएपनि त्यसको कार्यान्वयन नदेखिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “बजेटमा समावेश हुन नसकेका कार्यक्रमहरुको हकमा सम्बन्धित मन्त्रालयहरुले राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयसँग समन्वय गरी कार्यक्रम अगाडि बढाउनुहोस् ।”

“विकास आयोजनाहरुको प्रगति सन्तोषजनक हुन नसकेको हुँदा तपाइँहरुले कार्यक्रम कार्यान्वयन र अनुगमनमा तीव्रता ल्याउनेगरी किन काम हुन सकेन ?” जिज्ञासा गर्नुभयो ।

यस आर्थिक वर्षको बजेट आ.व. शुरु हुनुभन्दा अगावै पारित गरी कार्यान्वयनमा ल्याउँदा समेत प्रथम चौमासिकको अवधिमा पूँजीगत खर्च ५ प्रतिशतभन्दा न्यून रहनु र कूल खर्च १५ प्रतिशतको हाराहारीमा रहनु चिन्ताजनक अवस्था हो भन्दै प्रधानमन्त्री प्रचण्डले “विकास आयोजनाहरुको प्रगति सन्तोषजनक हुन नसकेको हुँदा तपाइँहरुले कार्यक्रम कार्यान्वयन र अनुगमनमा तीव्रता ल्याउनेगरी किन काम हुन सकेन ?” जिज्ञासा गर्नुभयो ।

“यो वर्षको पनि जाडो मौसम शुरु भइसकेको छ, लाखौं मानिस अझै अस्थायी टहरामा बस्नुपर्ने बाध्यता छ, यसलाई मलाई संवेदनशील बनाएको छ” भन्दै प्रधानमन्त्री प्रचण्डले समस्यालाई छिटोभन्दा छिटो सल्टाउन सम्बन्धित मन्त्रालयका सचिवहरुको ध्यानाकर्षण गराउनुभयो । उहाँले शिघ्र परिणामको पर्खाइमा आफू रहेको बताउनुभयो ।

“जिल्ला तथा विकास आयोजनाहरुको स्थलगत निरीक्षण तथा अनुगमन गर्नेक्रममा कतिपय निकायका आयोजनास्थलमा, जिल्लास्थित कार्यालयहरुमा कार्यालय प्रमुखहरु अनुपस्थित रहेको, लामो विदामा बसेको, गोष्ठी तथा सेमिनारको बहानामा पटक पटक केन्द्रमा नै बस्नेगरेको भन्ने जानकारी पाएको छुँ” भन्दै प्रधानमन्त्री प्रचण्डले कर्मचारीहरुलाई जिल्लामा र आयोजनास्थलमा खटाउने र बस्ने व्यवस्था मिलाउन सचिवहरुलाई निर्देश गर्नुभयो ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरवका आयोजनाको निरीक्षणकाक्रममा आफूले दिएको निर्देशन कार्यान्वयन गरी निर्धारित समयमा आयोजना सम्पन्न गर्न गराउन भन्दै उहाँले समयअगावै आयोजनाका काम सम्पन्न गर्ने निर्माण व्यवसायी र कर्मचारीलाई पुरस्कृत गर्ने व्यवस्था मिलाउन पनि सचिवहरुलाई निर्देश गर्नुभयो ।

“बिराटनगर जुटमिलको निरीक्षण पश्चात् त्यसको सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन गरेको छु” स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले हेटौडा कपडा उद्योग, नेपाल औषधि लिमिटेड लगायतका उत्पादनशील तथा रोजगारमुलक उद्योगहरु सञ्चालनमा ल्याउन आवश्यक कार्ययोजना बनाएर अगाडि बढ्न निर्देश गर्नुभयो ।

“काठमाडौं उपत्यकाको सडक, ढल, खानेपानी, विद्युत, टलिफोन लगायतका भौतिक पूर्वाधारको व्यवस्थापन एवं मर्मत सुधारमा म स्वयम् र मेरो कार्यालय संलग्न हुनुपर्ने अवस्था आउनु निकै सोचनीय विषय हो” दुःख व्यक्तगर्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रचण्डले भन्नुभयो, “यस्तो अवस्थाले हाम्रा मन्त्रालय र मातहतका निकायहरुको जिम्मेवारी र जवाफदेहिताकोस्तर स्पष्ट झल्कन्छ ।”

“तपाईहरु सरकारको जिम्मेवार र जवाफदेहीता बोकेका उच्चपदस्थ कर्मचारी हुनुहुन्छ, मैले भनेर मात्र कामगर्ने नभई स्वचालितरुपमा जिम्मेवारीसाथ काम गर्नुहोस् ।” आफूले पटक पटक निर्देशन दिंदासमेत नतिजा नआउनु दुःखद् भएको भन्दै उहाँले भन्नुभयो, “अब मलाई जनअपेक्षित नतिजा चाहियो ।”

हालसम्मको विकास खर्च अत्यन्त न्यून रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले बेरुजु फछ्र्यौटको अवस्था पनि लाजमर्दो रहेको चर्चा गर्नुभयो । त्यसमा तिव्रता दिन उहाँले आदेश गर्नुभयो । उहाँले हरेक कर्मचारीलाई १० देखि ५ बजेसम्म अनिवार्यरुपमा कार्यालयमा रही कामकाज गर्ने व्यवस्था गर्न सचिवहरुलाई सुझाउनुभयो ।

कर्मचारीहरुलाई स्पष्ट र मापनयोग्य सूचकसहितको कार्यविवरण दिने व्यवस्था मिलाउन पनि प्रधानमन्त्रीले भन्नुभएको छ । भवन डिभिजन, सडक डिभिजन, खानेपानीजस्ता विकास निर्माणसँग सम्बन्धित कार्यालयहरुमा प्राविधिक दक्षजनशक्तिको दरवन्दी अत्यन्त न्यून भएकाकारण कामकारवाही प्रभावकारी हुन नसेकेको गुनासो आएको उहाँले स्मरण गराउनुभयो ।

नेपालको अहिलेको अर्थतन्त्रमा विप्रेषणले कूल ग्राहस्थ उत्पादनमा महत्वपूर्ण योगदान पु¥याएको अवस्था रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “तपाईहरु सरकारको जिम्मेवार र जवाफदेहीता बोकेका उच्चपदस्थ कर्मचारी हुनुहुन्छ, मैले भनेर मात्र कामगर्ने नभई स्वचालितरुपमा जिम्मेवारीसाथ काम गर्नुहोस् ।” आफूले पटक पटक निर्देशन दिंदासमेत नतिजा नआउनु दुःखद् भएको भन्दै उहाँले भन्नुभयो, “अब मलाई जनअपेक्षित नतिजा चाहियो ।”

तपाईको प्रतिक्रिया