सत्ताघटक र मधेशी गठबन्धनको संयुक्त संशोधन प्रस्ताव दर्ता होला ?


_dsc8939

काठमाडौं, मंसीर ८ गते । संविधान संशोधनबारे छलफल गर्न सत्ताघटक दल र मधेशी मोर्चा सम्मिलित गठबन्धन दलबीचको संयुक्त बैठक बालुवाटारमा सुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आब्हानमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र मधेशी मोर्चा एवं संघीय गठबन्धनमा आवद्धदलका शीर्ष नेताहरु सहभागी रहेको प्रधानमन्त्रीका स्वकीय मनहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

नयाँ संविधानका केही प्रावधानमा मधेसी मोर्चा सम्बद्ध दलका नेताले असन्तुष्टि जनाएपछि त्यसमा संशोधनको अन्तिम प्रयास सरकार र सत्ताघटक दलका नेताहरुले थालेका हुन् । प्रमुख प्रतिपक्षीदल नेकपा (एमाले) ले संविधान संशोधनका लागि सरकारले औचित्य पुष्टि गर्नुपर्ने अडानबाट तसकोमस नभएपछि कांग्रेस र माओवादी केन्द्रले मधेसी मोर्चाको समर्थनमा संविधान संशोधन प्रस्ताव संसदमा लग्ने तयारी गरेको छ ।

संसदमा प्रस्ताव लैजानु ठूलो कुरा होइन, त्यसलाई पारित गर्नु प्रमुख विषय भएकाले सरकारले आफू माथि पर्नकालागि पनि संशोधन प्रस्ताव संसदमा दर्ता गराउने नै छ ।

यता एमालेले भने सरकारले ल्याउने प्रस्तावलाई पर्ख र हेरको रणनीति बनाएको छ । मुलुक र जनताको पक्षमा हुने संशोधनमा साथ दिने तर केही व्यक्ति र बाह्य शक्तिलाई सन्तुष्ट गर्नेगरी प्रस्ताव आए त्यसलाई बहिष्कार गर्ने योजना एमालेको छ । एमालेको समर्थन विना दुई तिहाई बहुमत संसदमा नपुग्ने भएपछि संविधान संशोधनमा एमालेको समर्थन अनिवार्य रहेको छ ।

एमालेलाई मनाउन सत्ताघटकदल नेपाली कांग्रेस र माओवादी केन्द्रले छुट्टाछुट्टै र संयुक्त बैठक बसेर प्रयास गरे पनि एमाले अझै पुरानै अडानमा रहेको छ । आज बस्ने बैठकले कस्तो निर्णय गर्छ एमालेलाई त्यसको पनि प्रतिक्षा रहेको छ । मधेसी मोर्चाले समर्थन जनाइहाले सरकारले बुधबार नै संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता गर्ने तयारी गरेको प्रधानमन्त्रीको स्वकीय सचिवालयको भनाई छ ।

एमालेले साथ नदिए अब सत्ताघटक दलले मोर्चासँगको सहकार्यमा संविधान संशोधनको प्रस्ताव संसदमा लैजाने हिम्मत गर्छन् कि गर्दैनन् त्यो भने प्रतिक्षाको विषय बनेको छ । संसदमा प्रस्ताव लैजानु ठूलो कुरा होइन, त्यसलाई पारित गर्नु प्रमुख विषय भएकाले सरकारले आफू माथि पर्नकालागि पनि संशोधन प्रस्ताव संसदमा दर्ता गराउने नै छ ।

तपाईको प्रतिक्रिया