देशभर संशोधन प्रस्तावको चर्चा, कैलालीमा लवाङ्गी पूजाको रौनक


lawangi1

कैलाली, मंसिर १८ गते । सरकारले ल्याएको पछिल्लो संविधान संशोधन प्रस्तावको बारेमा देशभर चर्चा परिचर्चा चलेका बेला कैलालीका थारु समुदाय लवाङ्गी पूजाको रौनकमा जुटेको छ । सुख्खडस्थित घोडाघोडी ताल परिसरमा हरेक वर्ष मनाइने यस पूजाको भव्य शुरुवात भएको छ । पूजा आइतबारसम्म चल्ने बताइएको छ ।

कार्यक्रममा थारुको भाषा, संस्कृति, रीतिरिवाज, परम्पराका साथै थारु अधिकारका विषयमा समेत आवाज उठाइने भएको छ । साहित्य र संस्कृतिमार्फत कार्यक्रममा उजागर गर्ने आयोजकले बताएको छ ।

घोरीघोरा तथा संस्कृति संरक्षण समाज तथा लवाङ्गी पुजाका मुल समिति संयोजक जगनारायण चौधरीको सभापतीत्वमा भएको कार्यक्रमका प्रमुख अतिथि आदिवासी मामिला स्थायि मंच सयुक्त राष्ट्रसंघ आर्थिक तथा सामाजिक परिषद सदस्य फुलमान चौधरी रहनु भएको थियो । कार्यक्रममा विशिष्ट अतिथि ईलाका प्रशासन कार्यालय सुखडका प्रमुख शितल सिह उखेडा ,विश्व हिन्दु महासंघ केन्द्रिय सदस्य एवम साना तथा मझौला कृर्षक बृद्धि आयोजना ईकाई कमिटिका अनुगमन विशेषज्ञ रामबहादुर चौधरी,घोडाघोडी उद्योग बाणिज्य संघका अध्यक्ष पदम चौलागाई लगाएतका रहनु भएको थियो ।

lawangi

कुल देउताको रुपमा प्राचिन काल देखि नै मनाउदै आइरहको लवाङ्गी पुजाले सामाजिक सदभावका साथै पुर्खाहरुले विगतका समयमा पुजा गर्ने विधि विधान र घोरीघोरा देउथनुवाको धार्मिक मान्यतालाई बैधानिकता दिनका लागि प्रत्येक वर्ष मनाउदै आइरहेको परमपरागत रीति रिवाज र संस्कृति संरक्षणवाट आफ्नो पहिचानका साथै सामाजिक परिचयको महत्ववारे एकतावद्ध गर्नका लागि यस वर्ष पनि आज देखि मंसिर १९ गते सम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रमको उद्घाटनसत्रमा थारु अगुवा प्रतिनिधि, बडघर, भलमन्सा, राष्ट्रिय थारु कलाकारहरुको सहभागीता रहेको थियो । थारु परम्पराअनुसार वर्षभरी गरिएको खेती र जिवन रक्षाको लागि सामुहिक रुपमा आफ्नो कुल देउतालाई उत्पादन भएको अन्न र जिवन रक्षाको लागि थारु रितिअनुसार सामुहिरुपमा बलि चढाएर मात्र नयाँ अन्न खाने प्रचलन थारु समुदायमा अहिले सम्म चलि आएको परमपरा रहेको संयोजक चौधरीले बताउनु भयो ।

कार्यक्रममा विशेषगरि थारु समुदायको पुरानो गुरुवाहरुद्धारा नाचिने बडका नाच, महिलाहरुद्धारा सामुहिक नाचिने सखिया नाच, लाठी नाच, झुम्रा नाच, दिन नचुवा नाच धमार, मांगरका साथै थारु समुदायको स्थानिय प्रतिभाहरुको संरक्षण संम्वद्र्धनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा आफ्नो समुदायको पहिचानलाई चिनाउनका लागि थारु प्रथावारे जानकारी दिन भल्मनसाको संयुक्तमा आयोजना हुने गरेको छ ।

lawangi-3

घोरीघोरा मन्दिर विशेष गरि थारुहरुको कुल देउताको रुपमा मानिने भएकोले यसको धार्मीक मान्यता र महत्व अहिले झन झन दिन प्रति दिन बढदै गैरहेको र यसले सामाजिक पहिचानलाई पनि चिनाउने भएको कारणले अवको दिनमा नयाँ पुस्तालाई घोरीघोराको कुल देउताको महत्वको साथै थारु रिति रिवाज पुजा गर्ने विधि परमपरालाई आजको युवा पिढीलाई यस वारे जानकारी दिन सहज हुने मुल समितिका सचिव काली राम चौधरीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया