प्रवासी थारु सेवा समाजले एक वर्षकालागि छात्रबृत्ति प्रदान गर्ने


prawasi

काठमाडौ । प्रवासी थारु सेवा समाजले टीकापुर घटनापछि आरोपमा पक्राउ परेका २५ जनाका परिवारका एक एक जना छोराछोरीलाई एक वर्षका लागि छात्रबृत्ति प्रदान गर्ने निर्णय गरेको छ ।

समाजको मलेसियामा सोमबार नयाँ कार्य समिति गठन गर्दै समाजले सो निर्णय गरेको हो । समाजका अध्यक्ष आर.एन. चौधरीले त्यस्तो निर्णय भएको जानकारी गराउनुभयो । बैठकले आर.एन. चौधरी (बारा) को अध्यक्षतामा नयाँ कार्य समिति समेत गठन गरेको छ ।

समितिका उपाध्यक्ष, महासचिव, सचिव, सहसचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष क्रमशः तिलक थारु (नवलपरासी), दिपेश चौधरी (दाङ), मनिराम थारु (कपिलवस्तु), प्रजेश चौधरी (कपिलवस्तु), हरिश्याम थारु (बारा) र चन्द्रनारायण थारु (कञ्चनपुर) रहेका छन् ।

समाजको मलेसियामा सोमबार नयाँ कार्य समिति गठन गर्दै समाजले सो निर्णय गरेको हो । समाजका अध्यक्ष आर.एन. चौधरीले त्यस्तो निर्णय भएको जानकारी गराउनुभयो ।

त्यस्तै समाजका अन्य सदस्यहरुमा सञ्चारसचिवमा भागवत चौधरी (सप्तरी), राजकुमार चौधरी (रुपन्देही) र अजय चौधरी –बारा) चयन भएका छन् । सदस्य सचिवमासुरेन्द्र चौधरी (सप्तरी) चयन भएका छन् । त्यस्तै, सल्लाहकारमा रामप्रसाद विश्वास (मोरङ), धनबहादुर चौधरी (रुपन्देही) राजेश कुमार चौधरी (सुनसरी) र जनक चौधरी (धनुषा) चयन भएका छन् ।

सदस्यमा क्रमशः चन्द्रबहादुर थारु (वर्दिया), अनिल चौधरी (नवलपरासी), भेषराज चौधरी (रुपन्देही), सुरेशराज चौधरी (वर्दिया), सुभाष चौधरी (बारा), श्यामनारायण चौधरी (दाङ), रामचन्द्र चौधरी (कैलाली), मनोज चौधरी (बारा), उजरनारायाण चौधरी (नवलपरासी), प्रमोद चौधरी (दाङ) र अर्जुन चौधरी (रौतहट) रहेका छन् ।

तपाईको प्रतिक्रिया