कैलाली, पुस ५ गते । कैलालीमा सिकलसेल भयावह बन्दै गएको छ । रोग पत्ता लगाउने मेशिन धनगढीमा जडान भएपछि सिकलसेलका बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको स्वास्थ्यकर्मीको अनुभव छ ।
टीकापुर अस्पतालका डा. रामकुमार दासले उपचारका लागि आउने करिब २ सय बिरामीमध्ये ५०, ६० प्रतिशत सिकलसेलका हुने गरेको बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीको पहिलो चौमासिकमा उपचारका लागि सिफारिस गरिएका १ सय ३४ बिरामीमध्ये ३५ जना सिकलसेलका रहेका जिल्ला जनस्वास्थ्य कार्यालयका कर्मचारी कैलाश चौधरीको भनाइ छ ।
बिरामीले सिकलसेल जाँच गराउन थालेपछि संख्या झन् बढेको उनले बताए । ‘कतिपयको जाँच नै नगराईकन मृत्यु भइसकेको हुन सक्छ,’ चौधरीले भने । कतिपय बिरामी उपचारका लागि भारतका विभिन्न ठाउँ पनि जाने गरेका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीको पहिलो चौमासिकमा उपचारका लागि सिफारिस गरिएका १ सय ३४ बिरामीमध्ये ३५ जना सिकलसेलका रहेका जिल्ला जनस्वास्थ्य कार्यालयका कर्मचारी कैलाश चौधरीको भनाइ छ ।
राम्रो उपचार हुने आस गरेका उनीहरू त्यहाँका अस्पतालबाट झन् लुटिएर फर्कने गर्छन् । कैलाली, साडेपानी गाविसको बकलैयाका सुरेश कठरियाले सिकलसेल उपचारका क्रममा भारतको लखनउमा करिब ८० हजार रुपैयाँ खर्च गरेको सुनाए । उनले भने, ‘पूरै जीउ दुख्थ्यो । टीकापुरमा उपचार गरेर ठीक नभएपछि भारतको लखनउ गएँ । त्यहाँ पनि ठीक नभएपछि नेपालगन्ज गएँ । त्यहाँ बल्ल सिकलसेल भएको थाहा भयो ।’
सुरुमै रोग पहिचान गर्न सके उपचार सहज हुने डा. दासले बताए । उनले भने, ‘यो रोग लागेकाको रक्तसञ्चारमा समस्या हुन्छ, उनीहरूलाई रगत खुकुलो बनाउने फ्लुड दिइन्छ ।’ रगत चढाउँदा आइरन ओभरलोड भएर पनि बिरामीको मृत्यु हुनसक्ने भएकाले रक्त परीक्षणको सम्पूर्ण व्यवस्था मिलाउन आवश्यक रहेको उनको भनाइ छ । ‘सरकारले सिकलसेल उपचारका लागि एक लाख रुपियाँ दिने त भनेको छ तर बिरामीसित ल्याब टेस्ट गर्ने नै पैसा नभएको स्थिति छ’ उनले भने, ‘पहिले यो रोगको पहिचान त हुनुपर्यो, रोग पहिचान नै नभई बिरामीले कसरी उपचार सेवा लिन सक्छन् ?
(कान्तिपुरबाट)