दाउराको भरमा दैनिक गुजरा गर्दैछन् कञ्चनपुरका मुक्त हलिया परिवार


तस्विरः लक्की चौधरी

कञ्चनपुर, पुस ९ गते । कञ्चनपुरको बेदकोट नगरपालिका–८ मा चार वर्षअघि पुनःस्थापन गरिएका मुक्तहलिया परिवार दाउरा बेचेर साँझ बिहानको छाक टार्दै आएका छन् । जिल्ला सदरमुकामभन्दा झन्डै १० किलोमिटर टाढा पुनःस्थापन गरिएका मुक्त हलिया परिवारले रोजगारी नपाउँदा दाउरा बेचेर जीविका धान्न बाध्य भएका हुन् ।

मुक्तहलिया परिवारका महिला बिहानको झिसमिसेमै टाढाको सामुदायिक वनमा पाँच घन्टाको दूरी तयगरी पिठ्यूँमा दाउराको भारी बोकी दिउँसो मात्रै फर्कने गर्दछन् । एक दिनअघि ल्याएको दाउराको भारी तीन घन्टाको दूरी तयगरी अर्को दिन बजारमा लगेर बेच्ने गरेका छन् ।

टाढाको वनबाट ल्याइएको दाउराको भारी २०० देखि ३०० रुपियाँमा बिक्री हुनेगरेको ६२ वर्षीय लालमती दमार्इंले बताउनुभयो । “दाउराबाट आउने पैसाले परिवारको साँझ बिहानको खानाको गुजारा चलेको छ” – उहाँले भन्नुभयो ।

सामुदायिक वनका पदाधिकारीको आँखा छिचोल्दै ल्याइएको दाउराको भारी बिक्री नहुँदा र दाउरा ल्याउन नपाएको दिन पूरै परिवार भोकभोकै बस्नुपर्ने अवस्थासमेत आउने गरेको उहाँले बताउनुभयो ।

“विद्युतीय रिक्सा आएपछि चलाउँदै आएको रिक्सा बन्द भएपछि परिवारको खर्च चलाउन निकै गाह्रो परेको छ” – उहाँले भन्नुभयो । रिक्सा बन्द भएपछि मजदुरी गर्नकालागि बजारमा जाँदा नपाइँदा समस्यामा परेको उहाँले दुखेसो पोख्नुभयो ।

पुनःस्थापन गराइएको ठाउँ नजिक रोजगारी पाइँदैन परम्परागत सीपले जीविका धान्न गाह्रो छ मोहन दमार्इंले भन्नुभयो – “के लगाउने के खाने भन्ने समस्या खडा भएको छ ।”

मालिकको घरबाट मुक्त भएपछि घरजग्गा उपलब्ध गराइएपछि सहज जीवनयापन गर्न सकिन्छ भन्ने ठानेका वीरे ओडलाई समेत पाँचजनाको परिवारको खर्च चलाउन सकस परेको छ । रिक्सा चलाएर गुजारा चलाउँदै आएका उहाँको रोजगारसमेत विद्युतीय रिक्साले खोसिदिएको छ ।

“विद्युतीय रिक्सा आएपछि चलाउँदै आएको रिक्सा बन्द भएपछि परिवारको खर्च चलाउन निकै गाह्रो परेको छ” – उहाँले भन्नुभयो । रिक्सा बन्द भएपछि मजदुरी गर्नकालागि बजारमा जाँदा नपाइँदा समस्यामा परेको उहाँले दुखेसो पोख्नुभयो । मजदुरी नपाउँदा जीविका धान्न गाह्रो हुन थालेपछि पुनःस्थापन गराइएका मुक्तहलिया परिवार यस क्षेत्रबाट पलायनसमेत हुनथालेका छन् ।

“पुनःस्थापनपछि सीप सिकाइ जीवन धान्नका लागि रोजगारी दिनुपर्ने भए पनि त्यो नहुँदा समस्यामा परेका छौँ” – उहाँले भन्नुभयो । रोजगारी नपाइँदा धेरै मुक्तहलिया परिवारका सदस्यले विद्यालय पढ्दै आएका बालबालिका श्रीमतीसहित भारतमा मजदुरी गर्नका लागि हिँडेका छन् ।

आव २०७०, ७१ मा १९ परिवार मुक्त हलियालाई आठ धुर जग्गा र घर निर्माणका लागि दुई लाख रुपियाँ रकम उपलब्ध गराई भूमिसुधार कार्यालयले पुनःस्थापन गराइएको भएपनि अधिकांश परिवार रोजगारीको अभावमा बस्ती छाड्दै आएका छन् । जग्गा र घर निर्माणको रकम पाएका केहीले त घर नै पूरै निर्माणसमेत गरेका छैनन् ।

बिरामी पर्दासमेत घरभित्रै आर्थिक अभावले बस्नुपर्ने अवस्था रहेको सोवीलाल दमाईंले बताउनुभयो । “पुनःस्थापनपछि सीप सिकाइ जीवन धान्नका लागि रोजगारी दिनुपर्ने भए पनि त्यो नहुँदा समस्यामा परेका छौँ” – उहाँले भन्नुभयो । रोजगारी नपाइँदा धेरै मुक्तहलिया परिवारका सदस्यले विद्यालय पढ्दै आएका बालबालिका श्रीमतीसहित भारतमा मजदुरी गर्नका लागि हिँडेका छन् ।

पुनःस्थापन गराइएको बस्तीमा बाह्रै महिना पिउने पानीको समेत समस्या छ । छ महिनासम्म हातेपम्पमा पानी आउने र बाँकी छ महिना पानी सुक्ने भएकाले टाढाबाट बोकेर ल्याउनुपर्ने बाध्यता ती समुदायका सदस्यलाई छ । रासस

तपाईको प्रतिक्रिया