
चीनको करिव तीन दशकको विश्वलाई चकित पार्ने आर्थिक विकासले विश्व व्यवस्थामा नयाँ आयाम ल्याउन सुरु गरिसकेको छ । चीनको जर्वजस्त विस्तारवाट आत्तिएको अमेरिकी प्रसासनले आफ्नो सवैभन्दा ठूलो चुनौती चीनको उत्कट विस्तार रहेको प्रस्ट पार्दै त्यसलाई रोक्न गुप्त प्रयाससमेत गरिरहेको छ । उता चीनचाहिँ आफ्नो उदय कसैको प्रतिस्पर्धामा नभई विश्वमा सहअस्तित्व, शान्ति र स्थिरता कायम गर्दै सवैको लाभमा आधारित विश्व संरचना निर्माणमा समर्पित हुनेमा जोड दिदँैआएको छ ।
यतिखेर चीनले अगाडी बढाएको बेल्ट एण्ड रोड इनिसियटिभ (बिएन्डआर) महत्वाकाक्षीं योजनाप्रति सारा विश्वको ध्यान केन्द्रीत छ । यस अन्तर्गतका दुई परियोजनाहरु रेशमी मार्ग आर्थिक करिडोर र २१ औं शताव्दीको सामुद्रिक रेशमी मार्गले विश्वको आर्थिक, सामाजिक एवं सास्कृतिक धारलाई नयाँ दिशामा अगाडी बढाउने निश्चित देखिएको छ । चीनले त्यो नयाँ दिशा खुला, समावेशी, सन्तुलित र लाभमा आधारित हुने स्पष्ट पारेको छ । बिएन्डआरले विश्वका महत्वपूर्ण सभ्यताहरुलाई आपसमा जोड्न पुलको कामगर्ने चीनको दावी छ । तर चीनको यो योजनावाट त्रसित अमेरिकी विज्ञहरुचाहिँ बेईजिङ्गको मार्सल प्लान भनि आलोचना गर्दैआएका छन् ।
रेशमी मार्गको इतिहास
विश्वकै पुरानो सभ्यतामध्येको एक चीन, १९ सौं शताव्दीको मध्यसमय अगाडीसम्म विश्वकै ठूलो अर्थतन्त्र थियो । भनिन्छ कुनैबेला चीनको अर्थतन्त्र विश्वको कुल ग्राहस्थ उत्पादनको ३३ प्रतिशत थियो । चीन शिक्षा, व्यापार, प्रशासनिक ईकाई निर्माण, अनुसन्धान लगायतमा १८ औं शताव्दीसम्म अगाडी थियो । आजभन्दा दुईहजार बर्ष अगाडी छीन राजवंशका पहिलो शासक चु ले पुस्तक अध्यनकालागि साझाभाषा र व्यापारकालागि साझामार्ग भन्ने अवधारणा अगाडी बढाएका थिए । भनिन्छ त्यसपछिका चिनिया शासकले त्यसलाई रणनीतिकरुपमा अगाडी बढाएका थिए ।
आजभन्दा दुईहजार बर्ष अगाडी छीन राजवंशका पहिलो शासक चु ले पुस्तक अध्यनकालागि साझाभाषा र व्यापारकालागि साझामार्ग भन्ने अवधारणा अगाडी बढाएका थिए ।
त्यस्तैगरी हान राजवशंका शक्तिशाली सम्राट बु ले इसापूर्व १३९ मा त्यतिखेरका चिनिया चर्चित कूटनीतिज्ञ एवं अन्वेषक झाङ्ग छियनलाई सयौं सहयोगीहरुसहित युरेसिया भ्रमणमा पठाएका थिए । झाङ्गकै लामो मेहनत र अध्यनपश्चात त्यतिखेर चीनले एसिया र युरोपका देशहरुसँग सम्वन्धमात्र विस्तार गरेन व्यापारकालागि नयाँ मार्गसमेत पहिल्लाउन सक्यो । चीनलाई एसियाका देशहरुहुँदै युरोप जोड्ने मार्ग नै रेशमी मार्गकोरुपमा प्रसिद्ध भयो । त्यतिखेर चीनवाट बढी निर्यात हुने पाँच बस्तुहरुमा रेशमी सामानहरु तेस्रोमा पर्दथ्यो भनिन्छ । हान राजवशंले सुरुगरेको रेशमी मार्गको अभ्यासलाई पछिका ताङ्ग, सोङ्ग, युआन र मिङ्ग राजवंशलेसमेत महत्वकासाथ अगाडी बढाए । जसले गर्दा व्यापारमात्र नभई सास्कृतिक आदानप्रदानलाई समेत टेवा पु¥यायो । चीनले अहिले कार्यान्वयन गरिरहेको परिस्कृत रेशमी मार्गको योजना पुरानो योजनालाई नयाँ विश्व सन्दर्भअनुसार परिमार्जित गरी अगाडी बढाईएको प्रसिद्ध चिनिया लेखक वाङ्ग यिवेई बताउँछन् ।
रेशमीमार्ग आर्थिक करिडोर
विएन्डआर योजनाका दुई महत्वपूर्ण आधारहरुमध्ये एक हो रेशमीमार्ग आर्थिक करिडोर । विएन्डआरका तीन महत्वपूर्ण उद्देस्यहरु विश्वआर्थिक समृद्धि हासिल गर्ने, विश्वमा पूनरसन्तुलन कायम गर्ने र २१ औं शताव्दीमा क्षेत्रिय साझेदारीको नयाँ मोडल विकास गर्ने लक्ष्य हासिल गर्नकालागि रेशमीमार्ग आर्थिक करिडोर महत्वपूर्ण योजना भएको उल्लेख गरिएको छ । रेशमीमार्ग आर्थिक करिडोरअनुसार एसिया तथा युरोपका विभिन्न भूभागलाई धरातलीय आधारमा जोडिनेछ, जसको केन्द्र युरेसिया क्षेत्र रहनेछ । यस अन्र्तगत चीन–मङ्गोलिया–रुस आर्थिक करिडोर, न्यु युरेसियन ल्यान्डव्रिज, चीन–मध्य एसिया आर्थिक करिडोर, बङ्गालादेश–चीन–भारत–म्यान्मार आर्थिक करिडोर र सामुद्रिक आर्थिक करिडोर गरी छ ओटा आर्थिक करिडोरहरु रहेका छन् । यी उल्लेखित क्षेत्रहरुमा फाईभ इन वान योजना अनुसार आर्थिक, राजनीतिक, सास्कृतिक, सामाजिक र वातावरणीय पक्षहरुलाई महत्व र आवश्यकताको आधारमा अगाडी बढाईने बताइएको छ ।
बिएन्डआर अन्तर्गत विश्वका ६५ मुलुकहरु समेटिने छन् भने यस अन्तर्गत विश्वका साढे चार अर्व जनसंख्या अर्थात ६३ प्रतिशत मानिसहरु प्रत्यक्ष लाभ हासिल गर्ने चिनिया योजनाकारहरुको दावी छ । एक मार्ग र एक क्षेत्रअनुसार अगाडी बढाईएका सवै परियोजनाहरु घनिभूत छलफल, सवैको योगदान र लाभ साझेदारी गर्ने किसिमवाट अगाडी बढ्ने छन् । रेशमीमार्गका तीन महत्वपूर्ण गन्तव्यहरु पहिलोमा उत्तरी गन्तव्य बेईजिङ्गहुँदै रुस, जर्मनी र उत्तरी युरोप । दोस्रोमा बेईजिङ्ग हुदैं सियान, उरुम्की, अफगानिस्तान, कजाकस्तान, हङ्गेरीहुँदैं पेरिससम्म । यस्तैगरी तेस्रो गन्तव्य बेईजिङ्ग, दक्षिण सियानजियाङ्ग, पाकिस्तान, इरान, इराक, टर्की, इटाली र स्पेन रहेको छ । यी गन्तव्यहरुलाई यातायात, तेल पाइपलाईन, उर्जा, सञ्चार लगायतमा आधारित विकास गरिने बताईएको छ ।
चिनियाहरु पश्चिमा विज्ञहरुले भनेजस्तो संसार एक गाऊँ भइसकेको स्विकार गर्दैनन् । संसारमा सुगम र दूर्गम, विकासित र अविकासितबीचको दूरी चर्कोरहेको र त्यसलाई हटाउनकालागि बिएन्डआर अगाडी बढाइएको उनीहरुको दावी छ ।
चीनले अगाडी बढाएको एक क्षेत्र एक मार्गको अवधारणा कसरी सुरुभयो भन्नेमा पनि रोचक कहानी रहेको छ । चिनिया विज्ञहरुकाअनुसार प्रसिद्ध ताव सम्रदायको ग्रन्थ ताव थे छिङ्गमा तावले संसार चलाउनका लागि सुरुमा एकजना पैदागरेको त्यसपछि दुई, तीन गर्दै दशौं हजार भएको भन्ने उल्लेख छ । जसलाई हालको बीएन्डआर योजनामा परिस्कृत गर्दा एकक्षेत्र एकमार्ग गर्दै त्यसलाई अनेकले जोड्दैं विश्वलाई नै एक गतिलो संरचनाभित्र केन्द्रीत गरिने भन्ने हुन्छ । चिनियाहरु पश्चिमा विज्ञहरुले भनेजस्तो संसार एक गाऊँ भइसकेको स्विकार गर्दैनन् । संसारमा सुगम र दूर्गम, विकासित र अविकासितबीचको दूरी चर्कोरहेको र त्यसलाई हटाउनकालागि बिएन्डआर अगाडी बढाइएको उनीहरुको दावी छ । पश्चिमा मुलुकहरु केन्द्रीत विकासले विश्व एक गाँऊ हुन नसक्ने चिनियाहरुको बुझाई छ ।
२१ औं शताव्दीको सामुद्रिक रेशमीमार्ग
चीनको विशाल बिएन्डआर योजना अन्तर्गतको अर्को महत्वाकाक्षीं आधार हो २१ औं शताव्दीको सामुद्रिक रेशमी मार्ग । जसअनुसार चीनको क्वान्चाऊ लगायतको सामुद्रिक किनाराहरु सुरुवातीविन्दु हुनेछन्, जसवाट प्रशान्त र भारतीय महाद्धिपका क्षेत्रहरु जोडिने छन् । चिनिया सामुद्रिक क्षेत्र हुँदैं यस योजनाले दक्षिणी चिनिया सागर, मलाक्का स्ट्रिट, बङ्गालको खाडी, अरेवियन सागर, एदेनको खाडी र पर्सियन खाडीलाई सीधा जोड्ने छ । यस योजना अन्तर्गत आसियन, दक्षिण एसिया, पश्चिम एसिया र उत्तरी अमेरिकाका मुलुकहरु प्रत्यक्ष जोडिने र लाभ हासिल गर्ने चिनिया योजनाकारहरुले उल्लेख गरेका छन् ।
२१ औं शताव्दीको सामुद्रिक मार्गले यस अन्तर्गतका क्षेत्रहरुमा आर्थिक, सामाजिक, सास्कृतिक, व्यापारिक लगायतका आदानप्रदानमा योगदान पुरयाउने बताइएको छ । अमेरिकी नेतृत्वमा अगाडी बढाइएका सामुद्रिक क्षेत्र विकासले विश्वमा तनाव, अस्वस्थ प्रतिस्पर्धा र क्षेत्रिय द्वन्द्व बढाएको निष्कर्ष निकाल्दै चिनिया योजनाकाहरुले आफुहरुको योजनामा सम्वन्धित सवै मुलुकहरुको प्रत्यक्ष संलग्नता र योगदान रहनेहुँदा यसले प्रतिपर्धा नभई एकआपसमा साझेदारी, विस्वास र एकता कायम गर्न मद्दत पुरयाउने बताएका छन् । साझा चासो र साझा सपनालाई यो योजनाले प्रत्यक्ष सम्वोधन गर्ने उनीहरुको दावी छ ।
चिनिया कथन
सन् २०१३ सेप्टेम्वरमा चिनिया राष्ट्रपति सी जिनपिङ्गले आफ्नो कजाकस्थान भ्रमणताका नजारवायेभ विश्वविद्यालयमा दिएको प्रवचनमा रेशमी मार्ग आर्थिक करिडोरको प्रस्ताव प्रस्तुत गर्दै यसलाई अगाडी बढाउन सके एसिया, युरोप, अफ्रिकालगायत विश्वले नै लाभ हासिल गर्नसक्ने उल्लेख गरेका थिए । त्यसपछि चिनिया राष्ट्रपति सी ले एपेक बैठकताका २१ औं शताव्दीको सामुद्रिक रेशमी मार्गको आवश्यकता र महत्ववारे प्रस्ताव पेशगर्दै एपेक नेताहरुलाई अवगत गराएका थिए । त्यसयता चीनले बिएन्डआर योजनालाई तीव्रताकासाथ अगाडी बढाएको छ । चीनको वाणिज्य मन्त्रालयले यस सम्वन्धित भिजन एन्ड एक्सन् तथा जोईन्ट कन्सट्रक्सन वारेका दुई दस्तावेज सार्वजनिक गरिसकेको छ ।
चिनिया नेतृत्वले बिएन्डआर योजनावारे विश्वसमुदायलाई आश्वास्त पार्न कम्ती मेहनत गरेको छैन् । एकातिर यस अन्तर्गतका कामहरु योजनागत किसिमले तीव्रताकासाथ गरिरहेको छ भने अर्कोतर्फ यस सम्वन्धि केही गुनासो र चासोहरुलाई चिनिया नेतृत्वले विभिन्न माध्यमवाट सम्वोधन गरिरहेको छ । सील्करोड फन्ड, न्यु डेभलभमेन्ट बैंक, एसियन इन्फ्राष्ट्रचर इन्भेष्टमेन्ट बैंक, एससीओ फन्ड लगायतका आर्थिक संस्थाहरु स्थापना गर्दै चिनिया नेतृत्वले विश्वको साझा सपना पूरागर्न साझा योगदान र साझा प्रयास हुनुपर्नेमा जोड दिएको छ । हालसम्म पश्चिमामुलुक केन्द्रीत आर्थिक सामाजिक विकासको मोडलले समाधानभन्दा समस्या बढ्ता सिर्जना गरेको निष्कर्ष चिनिया नेतृत्वले वाह्य विश्वलाई बुझाउने प्रयास गरिरहेका छन् । सवैको लाभमा आधारित संरचना निर्माण गर्दै यसमा सवैले अपनत्व महसुस गर्ने साथै सवै सभ्यताको फैलावट र विकासमा मद्दत पूगी विश्वमा दीगो शान्ति र सहकार्यको अवस्था सिर्जना हुने चिनिया योजनाकारहरु बताउँछन् ।
निष्कर्ष
चीनले अत्यन्त महत्वाकाँक्षापूर्वक अगाडी बढाएको बिएन्डआर योजनालाई सन् २०२१ र सन् २०४९ गरी दुई भागमा विभाजित गरिएको छ । सन् २०२१ सम्म पहिलो चरणको योजना पूराहुने र २०४९ सम्म अन्तिम लक्ष्यमा पुग्ने चिनिया योजना छ । सन् २०४९ सम्म चीनलाई पूर्ण विकसित मुलुकको दर्जामा पुरयाउने चिनिया नीतिपनि नयाँ होईन् । त्यसकारणले पनि २०४९ लाई आन्तरिक र वाह्य दुवै किसिमका उद्देस्यहरु हासिल गर्न चिनिया नेतृत्व कडा मेहनतकासाथ लागिपरिरहेको छ । तर, त्यति सहजचाहिँ नभएको चिनियाहरु बताउँछन् । चिनियाविज्ञ वाङ्ग विभिन्न समस्यामा जकेडिदै गएको विश्वमा यो योजना पूरागर्न मुख्यगरी राजनीतिक, सुरक्षा, आर्थिक, कानुनी र विश्वासजस्ता विषयहरुको चुुनौती रहेको उल्लेख गर्दछन् । त्यसैलेपनि चीनले बढ्दा गम्भिरताकासाथ यसलाई अगाडी बढाएको उनको भनाई छ । कतिपयले यसलाई यातायातको आयामवाट बढी बुझने गरेपनि यो योजना त्यतिमै सीमित छैन् । यसले सञ्चार, विभिन्न सुविधाहरु, व्यापार, मौद्रिकप्रवाह र जनसम्वन्ध बढाउने विषयलाई पाँच महत्वपूर्ण कार्यक्रम भनेको छ ।
सन् २०१४ को सुरुयता हालसम्म दर्जनौ मुलुकहरुसँग चीनको सम्झौता एवं समझदारी भई पहिलो चरणका कार्यहरु धमाधम भईरहेको छ । चीनको भित्री रणनीति जे भएपनि वाह्यरुपमा उसले भन्नेगरेको विश्वशान्ति, समझदारी, सहअस्तित्व र सवैको लाभमा आधारित बिएन्डआरवाट कायम हुनसकोस् भन्ने चाहना विश्व समूदायले गरेको छ ।
चिनिया नेतृत्वले एक्साईऔं शताव्दीको मध्यसम्मको समयलाई बहुआयामिक चिनिया विकासको अत्यन्त महत्वपूर्ण समय भनेको छ । चिनिया विज्ञहरुकाअनुसार आफ्नो पाँच हजार बर्ष पुरानो सभ्यता विस्तार गर्न, पाँचसय बर्ष पुरानो आधुनिक विकासको कालमा हुन नसकेका समृद्धी हासिल गर्न र पछिल्लो ५० बर्षमा पुराहुन नसकेका सपना साकार गर्न २१ औं शताव्दीको मध्येसम्मको अवधी चीनकोलागि अत्यन्त महत्वपूर्ण रहेको छ । यो समयमा एक सेकेन्ड पनि उपयोग गर्ने किसिमले चीन लागेको उनीहरु बताउँछन् ।
एक सपना र एक विश्वको परिकल्पना गरिरहेको चीनले अगाडी बढाएको महत्वाकाक्षीं बिएन्डआर योजनाको व्यावहारिक कार्यान्वयन हुनेमा कुनै शंका छैन् । सन् २०१४ को सुरुयता हालसम्म दर्जनौ मुलुकहरुसँग चीनको सम्झौता एवं समझदारी भई पहिलो चरणका कार्यहरु धमाधम भईरहेको छ । चीनको भित्री रणनीति जे भएपनि वाह्यरुपमा उसले भन्नेगरेको विश्वशान्ति, समझदारी, सहअस्तित्व र सवैको लाभमा आधारित बिएन्डआरवाट कायम हुनसकोस् भन्ने चाहना विश्व समूदायले गरेको छ । आज एसिया, युरोप, अफ्रिका तथा ल्याटिन अमेरिकाका मुलुकहरु एकपछि अर्को गर्दै चीनसँग आर्थिक एवं सास्कृतिक सम्वन्ध विस्तारमा लागिपरेका छन् ।
अमेरिकी राष्ट्रपतीय चुनावमा विजयी डोनाल्ड ट्रम्पले प्रतिवद्धता गरेअनुसार अवको अमेरिका आन्तरिक मुद्दामा बढ्ता केन्द्रीत हुने अवस्था सिर्जना भयो भने विश्व समूदायमाझ चीनको उपस्थिती र प्रभावको खाँचो बढ्ता पर्ने निश्चित छ । त्यो अवस्थामा विश्वशक्ति सन्तुलनदेखि विश्वसंरचना, व्यवस्था र पद्धतीमा देखिएका जटिलता सम्वोधन गर्न र विश्वलाई आश्वस्त पार्न चिनिया नेतृत्व कसरी र कुनरुपमा प्रस्तुत हुनेछ, भविष्यमै देखिएला । तर पनि एक सपना एक विश्वको चिनिया परिकल्पना विश्वकै साझा भविष्यसँग जोडिएकोले चीनको इमान्दार प्रयासमा धेरैको समर्थन र साझेदारी रहनेमा शकां छैन् ।
(लेखक शर्मा नेपाल चीनको रणनीतिक सम्बन्धमा कम्युनिकेशन विश्वविद्यालय चीनबाट विद्याबारिधी गर्दै हुनुहुन्छ ।)



