बढैया ताल वर्दियाको पर्यटकीय स्थल, संरक्षणको आवश्यकता


मिना चौधरी
नेपालगन्ज, पुस २१ गते । बर्दिया जिल्लाको ठूलो तालकोरुपमा परिचित बढैया तालको आफ्नै रौनक छ । बर्दिया मैनापोखर गाविस वडा न ३ मा पर्ने बढैया ताल बर्दियाकै ठूलो ताल हो । बढैया ताललाई हेर्न देश विदेशका पर्यटकहरुको घुँइचो समेत लाग्ने गरेको छ ।

बर्दियालाई चिनाउन बढैया तालको महत्व पनि फरक रहेको छ । बढैया तालको विशेषता नै बढैया तालको अवलोकन र त्यहाँको माछा रहेका छन् । माछाका स्वाद लिन बर्दिया, दाङ, सुर्खेत, कर्णाली क्षेत्र लगायतका विभिन्न जिल्लामा बढैया तालका माछा विक्री वितरण गरिने गरिन्छ ।

विहानीपख नै कर्णाली तथा दाङबाटसमेत माछा किन्न बढैया तालमा आउने गरेको बढैया गाउँका अगुवा सुरेश चौधरीले बताए । माछाका स्वाद लिन तथा पिक्निक खान समेत पर्यटकहरुको भीड लाग्ने गर्दछ । यस तालका कारण धेरैले रोजगारी पाएका छन् ।

बढैया तालमा विभिन्न प्रजातिका माछा पाइन्छन् । बढैया तालमा माछा, कछुवा, चराचुरुङगी तथा वातावरणीय मनमोहक दृष्य भएको बढैया ताल पर्यटकको लागि महत्वपूर्ण स्थलकोरुपमा परिचित छ ।

बढैया तालमा विभिन्न प्रजातिका माछा पाइन्छन् । बढैया तालमा माछा, कछुवा, चराचुरुङगी तथा वातावरणीय मनमोहक दृष्य भएको बढैया ताल पर्यटकको लागि महत्वपूर्ण स्थलकोरुपमा परिचित छ । पर्यटकीयरुपमा विकास गर्न सकिने यस तालको उचित संरक्षणमा सरकारले ध्यान दिन भने सकेको छैन ।

यस बढैया ताल परिसर स्थानीयको वनभोज स्थलकोरुपमा पनि परिचित छ । यस क्षेत्रसम्म आउने जाने राम्रो बाटो तथा ताल परिसरको उचित व्यवस्थापन गर्नसके यहाँ आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न सक्छ । त्यसो भएमा स्थानीयले थप रोजगारी पाउने सम्भावना देखिन्छ ।

तपाईको प्रतिक्रिया