पहिचान र राष्ट्रियताको आगमनसँगै आज हाम्रो नेपाल अनि नेपाली समाज ठूलो संक्रमणको भुमरिमा फस्दै गइरहेको छ । प्रष्ट सैद्धान्तिक आधारको अभावमा एकले अर्कालाई दोष लगाउने, एकले अर्काको पहिचानलाई शँकाको दृष्टिकोणले हेर्नेजस्ता सामाजिक तथा साँस्कृतिक विचलनहरु छरप्रष्टरुपमा अभिव्यक्त भेैरहेका छन् । नेपालको संविधान २०७२ कार्यान्वयनभएदेखि नेपाल एउटा धर्म निरपेक्षता भएको देशकोरुपमा स्थापित भएको छ । अर्कोतर्फ एउटा यस्तो प्रदुर्भाव हुनपुगेको छ, जसले धर्मनिरपेक्ष र संघियता अराष्ट्रिय तत्व हो । यसले सामाजिक विखण्डन ल्याउँछ र अन्ततः नेपालकै अस्तित्व धरापमा पर्छ भन्ने तर्क गरिदैछ ।
ईश्वीसम्वतको नयाँवर्ष २०१७ पश्चिमाहरुको पात्रोमा आधारित नयाँवर्ष भनेर नकारेजस्तै केहीवर्ष पश्चात विक्रम सम्वत पनि भारतका विक्रमाद्धित्यले संचालन गरेकोले त्यसअनुसारको नयाँवर्ष वैशाख १ गतेलाई पनि बहिस्कार गर्ने दिन नआउला भन्न सकिदैन ।
यसै राष्ट्रियताको सवालमा भर्खरैमात्र गएको क्रिश्चियन धर्मालम्वीहरुकोे क्रिशमस र इस्वीसंवतको नयाँ वर्षलाई आफ्नो पहिचान र सँस्कृति विपरितको सामाजिक क्रियाकलाप भनि बहिस्कार गरियो र नयाँवर्ष २०१७ को सट्ठा जनवरी १ तारिखलाई राष्ट्रिय टोपी दिवशको रुपमा मनाइयो । ईश्वीसम्वतको नयाँवर्ष २०१७ पश्चिमाहरुको पात्रोमा आधारित नयाँवर्ष भनेर नकारेजस्तै केहीवर्ष पश्चात विक्रम सम्वत पनि भारतका विक्रमाद्धित्यले संचालन गरेकोले त्यसअनुसारको नयाँवर्ष वैशाख १ गतेलाई पनि बहिस्कार गर्ने दिन नआउला भन्न सकिदैन ।
मानव विकास सँगसँगै २० औँ र २१ औँ शताब्दि विश्व व्यापिकरणकोरुपमा विकसित भयो । एकले अर्काको रहनसहन, भेषभुषा, चलन र सँस्कृति आदि कुरा बुझ्न उत्साहित भएभने आज आएर मानिस आफ्नै शैली आफ्नै चालचलन आफ्नै सभ्यतालाई संरक्षण र सम्बद्र्धन गर्ने लहर चल्दैजाने आभास गतसाल सन २०१६ मा भएको बेरेक्जिटको जनमतसंग्रह र अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्प र हिलारी क्लिन्टनको चुनावले देखाइसकेको छ । यदि यही प्र्रक्रिया चलिरहेमा भोलिगएर हामी नेपालीले आफ्नो जन्मभूमि नेपालको माटोसँग सुहाउने कला सँस्कृति, रहनसहन र भेषभूषाको संरक्षण गर्नतिर अग्रसर हुनुकासाथै आफ्नै सभ्यता र इतिहासको परिसूचक संखधर साख्वाले संचालन गरेको नेपालसम्वत या त विश्वका शान्तिदूत भगवान गौतमबुद्धको जन्म परिधिलाई आधार मानेर तयार गरेको थारु सम्वत नै नेपालको राष्ट्रियसम्वत बन्न सक्छ । त्यसैले आज यहाँ नेपालसम्वत तथा थारुसम्वत सम्बन्धि तथ्यहरु चर्चा गरिएको छ ।
मानवसभ्यता तथा विकासक्रममा समयको निकै ठूलो महत्व रहेको हुन्छ । जसलाई इतिहासले हरेक कुराको समयसापेक्ष विश्लेषण गर्दछ । इतिहासले हरेक समय, घटनालाई लेखाजोखा गरी मानव सभ्यताको निमार्णमा, त्यसले पारेको असर एवं प्रभावबारे विश्लेषण एवंम मूल्याङ्कन गर्दछ । इतिहास निर्माणकोक्रममा समयको गणनासम्बन्धि अभिलखिकरणलाई उचितरुपमा निर्धारण गर्नुपनि एउटा महत्वपूर्ण पाटो हुनआउँछ । उदाहरणकालागि कुनैपनि घटनाक्रमलाई जानकारी गराउनकालागि कति पुरानो या कति नयाँ भन्ने कुरा आउँदछ । यसलाई ब्यवहारमा लागुगर्ने क्रममा आज विश्वमा विभिन्न किसिमका समयसूचक परिपाटीहरु चलनचल्तीमा आइरहेका छन ।
आजभन्दा २०१६ वर्ष पहिले जन्मेका जिससक्राइष्टको जन्मलाई उद्गमविन्दु मानेर यस अंगे्रजी पात्रोको सुरुवात गरिएको हो । यस अनुसार जिससक्राइष्ट जन्मनुभन्दा पहिलेको समयलाई विफोर क्राइष्ट अर्थात भगवान जिसस जन्मनुभन्दा पहिलेको समय भनिन्छ ।
ईशापूर्व ४०—४६ तिर रोमन सम्राट जुलियस सिजरले आफ्नै नामको जुलियन क्यालन्डरको सुरुवात गरे । जुलियन क्यालण्डरअनुसार सूर्यमा आधारित दिन, महिना, वर्षको गणना चलनमा आयो । पछि १५५२ तिर रोमन पोपले यसलाई सच्याएर आफ्नै ग्रीगरी नामबाट ग्रीगरीयन क्यालेन्डर चलनचल्तीमा ल्याए, जसको केन्द्रविन्दु क्रिश्चियनका भगवान जिससक्राइष्टको जन्म परिधिलाई माने । आज विश्वका सबै क्रिश्चियन लगायत अमेरिका, यूरोप, अष्ट्रेलिया, जापान, नेपालमा पनि यही अंग्रेजी पात्रोलाई कामकाजको लागि प्रयोगमा ल्याइन्छ । आजभन्दा २०१६ वर्ष पहिले जन्मेका जिससक्राइष्टको जन्मलाई उद्गमविन्दु मानेर यस अंगे्रजी पात्रोको सुरुवात गरिएको हो । यस अनुसार जिससक्राइष्ट जन्मनुभन्दा पहिलेको समयलाई विफोर क्राइष्ट अर्थात भगवान जिसस जन्मनुभन्दा पहिलेको समय भनिन्छ । जिसस जन्मेपछिको समयलाई अन्नो डोमिनी भनिन्छ । आज विश्वमा यसलाई इश्वीसम्वतको रुपमा चिनिन्छ र हरेक वर्षको जनवरी १ लाई नयाँवर्षको रुपमा मनाउने गरन्छि ।
त्यस्तै भारतका राजा विक्रमाद्धित्यले संचालनमा ल्याएको विक्रमसम्वत नेपालमा करिब १८२३ देखि चलनचल्तीमा आएको हो । नेपालका राणा शासकहरुले १९५८ देखि कार्यालय प्रयोजनको लागि सरकारी मान्यता प्रदान गरे । हामीले विक्रमसम्वतलाई हिन्दुसम्वतको रुपमा पनि चिन्दछौँ । त्यसैगरी नेपालमा प्राचिनकालदेखि चलनचल्तीमा रहेका अन्य सम्वतहरु मध्य लिच्छवी सम्वत, किराँत सम्वत, थारु सम्वत र नेपालसम्वत रहेका छन् । यी विभिन्न सम्वतहरुमध्ये यहाँ नेपाल सम्वत र थारुसम्वतको बारेमा केही जानकारी गराइन्छ ।
नेपाल सम्वत
प्राचिन नेपालमा आवश्यकताअनुसार शक सम्वत प्रचलनमा रहेको पाइन्छ । यस सम्वतलाई सबैभन्दा पुरानो सम्वत पनि मानिन्छ । यो सम्वत वर्तमान काठमान्डौ उपत्यका तत्कालिन बाइसे, चौविसे राज्यहरु लगायत अन्य राज्यहरुमा पनि प्रचलनमा रहेको पाइन्छ । काठमान्डौ उपत्यकामा शक सम्वत तत्कालिन नेवारीराजा राघबदेवको पालामा समाजसेवी शंखधर शाख्वाको अनुरोधमा ईश्वीसम्वत ८८० तिरबाट संचालनमा आएको थियो । काठमान्डौ उपत्यकामा विक्रमसम्वत ९३६ तिर वा ईश्वीसम्वत ८७९ तिर शक सम्वत ८०१ आइपुग्यो । त्यसबेलामा नेवारी परम्पराअनुसार ८ लाई अशुभ अंक मानिन्थ्यो । त्यसैले त्यसबेलामा उपत्यकाका शासकवर्ग र जनतालाई ९८ वर्ष (८०१, ८०८, ८८०, ८८८, ८९८) सम्म जुन वर्षमा ८ आउँथ्यो ती वर्ष ८ अंकले सताउनु स्वभाविकै थियो । फलस्वरुप तत्कालिन राजा राघबदेवले उपलब्ध विधानको सुझावअनुसार ८ को अशुभ अंकबाट छुट्कारा पाउन शक सम्वतको ८०१ वा ८०२ बाट अगाडिको ८० कट्ठीगरी कार्तिकशुक्ल प्रतिपदाको दिनदेखि “नेपाल सम्वत १” प्रारम्भ गराएको देखिन्छ ।
विक्रमसम्वत २०६४ साल कार्तिक २४ गते प्रतिपदाको दिनभन्दा पहिले नेपाल सम्वतलाई सरकारले मान्यता दिएको थिएन । खाली नेवार समुदायले मात्र आफ्नो साँस्कृतिक नयाँ वर्षकोरुपमा मनाउने गर्दथे । आफ्नो साँस्कृतिक पात्रोहरुमामात्र प्रयोग गर्दथे तर विभिन्न पत्र पत्रिकाहरुमा प्रकाशन तथा नेवार समुदायको सक्रिय अनुरोधका बाबजुत नेपाल सरकारले नेपालसम्वतलाई सरकारी मान्यता प्रदान गरयो । जसअनुसार इश्वीसम्वत २००७ साल नोभेम्वर १० तारिखका दिन नेपाल सम्वत ११२७ समाप्त भएर ११२८ प्रारम्भ भयो र हाल २०७३ साल अर्थात ईश्वीसम्वत २०१७ भन्नु र नेपालसम्वत ११३७ भन्नु एउटै हो ।
यहाँ नेपालसम्वत ११३७ र शकसम्वत १९३८ भन्नुमा कुरा उस्तै हो । शकसम्वत ८०१ मा ७९ जोड्दा ईश्वीसम्वत ८८० हुन्छ । नेपाल सम्वत यसरी नै यति समयमा प्रारम्भ भयो भन्ने कुराको यकिन नभए तापनि किलहर्नकाअनुसार नेपाल सम्वतको प्रारम्भ सन् ८७९ या ८८० को अक्टोवर २० तारिखदेखि प्रारम्भ भएको अनुमान छ । त्यसबेला काठमान्डौ, ललितपुर राज्यअन्तर्गत शोसित भएकोबेला शंखधर शाख्वाको अनुरोधमा चलाएको सम्वत भएकोले नेपाल सम्वतलाई शंखधरकृत नेपालसम्वत पनि भनेर चिनिन्छ ।
यो माघी (नयाँ वर्ष) हाम्रो कतिऔँ हो ? थारु नयाँवर्ष अर्थात थारुसम्वत हो त ? तर त्यसबेला हामीमा अध्ययन अनुसन्धान गर्ने दक्षताको अभावकाकारण समयलाई त कुर्नै परयो ।
थारु सम्वत
जसरी नेपालसम्वतको सुरुवात भएको हो, त्यसरी नै थारुसम्वतको पनि सुरुवात भइसकेको छ । तर नेपाल सरकारबाट मान्यता पाउन अझैँ बाँकी छ । थारुसम्वतको बारेमा त धेरै पहिले नैै सोचआएको हो, जुनबेला हामी बाल्यकालमा साँस्कृतिकरुपमा नयाँवर्षको रुपमा माघी पर्वलाई मान्ने गर्दथ्यौँ । तर जब हामी नयाँवर्षको अर्थ बुझ्न सक्ने भायौँ त्यसबेला मनमा एउटा कुरा खट्किन थाल्यो । कि यो माघी (नयाँ वर्ष) हाम्रो कतिऔँ हो ? थारु नयाँवर्ष अर्थात थारुसम्वत हो त ? तर त्यसबेला हामीमा अध्ययन अनुसन्धान गर्ने दक्षताको अभावकाकारण समयलाई त कुर्नै परयो । समयको गतिसँगै हामी यस कुराको अध्ययनमा तल्लिन रह्यौँ । जब हामी उच्चशिक्षा प्राप्त गर्न सफल भयौँ र लामो समयको अध्ययनअनुसन्धान पश्चात हाम्रा बुज्रुकहरुसँगको सल्लाहअनुसार तीन, चार गाउँका साथीभाइहरु ( नारायणपु –८ बुधौरा, नारायणपुर –९ बुटनियाँ र जलौरा) मिलेर यस कुरामा अझैँ गहन अध्ययन र अनुसन्धान गर्ने निर्णय गरियो । त्यसबखत हामीले अर्को एउटा कामको थालनी गरयौँ, जो विना दर्ता “लौव पैला” नामक थारुभाषाको पत्रिका प्रकाशन गर्न थालियो । केही वर्षसम्म विनादर्ता नैे “लौव पैला” नामक मासिक पत्रिका प्रकाशनमा आयो । केही वर्षपश्चात विक्रमसम्वत २०६० साल ११ महिना १ गतेका दिन यो पत्रिकालाई काठमान्डौँ जिल्ला प्रशासन कार्यालय बबरमहल काठमान्डौँले दर्ता गरयो । त्यस पश्चात तीनवर्षको समय अबधिमा नै अथक अध्ययन र अनुसन्धानपछि सदियौँदेखि नयाँ वर्षकोरुपमा मनाउँदै आएको माघी पर्वलाई सर्वप्रथम २६३० भनेर स्थापित गरियो ।
धेरै वर्षको अथक मेहनत र प्रयासपछि वि.सं. २०६४ भाद्र २२ तदअनुसार सन २००७ सेप्टेम्वर ८ तारखिमा दाङ घोराहीमा पत्रकार सम्मेलन गरी थारुसम्वतको घोषणा गरियो । साथै यसबारेमा विभिन्न पत्रपत्रिकाहरुमा पनि जानकारी गराई प्रकाशनकालागि आह्वान गरियो । जसमा थारुसम्वत निर्माणको प्रमुख आधारकोरुपमा शान्तिका अग्रदूत थारुहरुका नश्ल भगवान बुद्धको जन्ममितिलाई मानियो भने यसको पृष्ठभूमिकारुपमा विक्रमसम्वत, ईश्वीसम्वत, नेपालसम्वतजस्ता समय रेखाङ्कहरुलाई पनि सन्दर्भ तथ्याङ्ककारुपमा लिइएका छन् ।
थारुसम्वत घोषणाको निर्णयअनुसार थारुसम्वत र विक्रमसम्वतमा मात्र वर्ष र महिनाको अंकगणितिय भिन्नता छ । तर गते, दिन र बार उही भए तापनि भाषिक भिन्नता थारुसम्वतको थप विशेषता अर्थात पहिचान हुनजान्छ ।
यहाँ एउटा प्रश्न आउँछ कि २६३०, २६३१, एवंरुपले हाल २६४१ कसरी हुन्छ त ? यहाँ भगवानबुद्धको जन्म मिति ६२३ वि.सि. मे महिनाको १२ या १३ तारिख अर्थात वैशाख पूर्णिमाको दिन पर्नजान्छ । त्यस हिसाबले भगवान बुद्धको जन्ममिति देखि अहिलेसम्मको जम्मा वर्ष २३६० भदौ १२ अर्थात सन् २००७ मे १२ मा थारुसम्वत २६३० हुनगयो । तर थारुहरुको नयाँवर्ष त माघ महिनाको १ गते हुने गर्दछ त्यसैले यसलाई थारुसम्वतमा मिलाउनुपर्दा बढिभएको समय माघ १ देखि वैशाख २९ सम्म करिब तीन महिना २७ दिन घटाउनुपर्ने हुन्छ । अतः २६३० वैशाख १५ अर्थात् थारुसम्वत २६३० साल सन् २००७ को १५ तारिख भयो । संयोगबश यसैदिन थारुहरुको विशेष चाड एवं नयाँवर्ष माघीपर्व पर्न जान्छ । यस हिसाबले सन् २००७ साल जनवरी १५ तारिखका दिन वास्तविक थारुसम्वत २६३० माघ १ गते पर्न जान्छ । तसर्थ जनवरी १५ भन्नु र माघ १ भन्नुमा कुनै अन्तर छैन । त्यसैले यसहिसाब बाट सन २००७ जनवरी १५ का दिन विक्रमसम्वत २०६३ माघ १ गते र थारुसम्वत २६३० माघ १ गते भन्नु गणनाको हिसाबले खासै अन्तर छैन । तर पनि थारुसम्वत हाम्रो थारु सँस्कृतिअनुसार निकै महत्व बोकेको हुन्छ । यसले सम्पूर्ण थारु जातिको पहिचान उजागर गराउँछ । थारुहरुबीच एकताको भावना जगाउँछ । हामीलाई आत्मसम्मानको अनुभूति दिलाउँछ । त्यसैले थारुसम्वत हाम्रोलागि निकै ठूलो उपलब्धी हो ।
थारुसम्वत घोषणाको निर्णयअनुसार थारुसम्वत र विक्रमसम्वतमा मात्र वर्ष र महिनाको अंकगणितिय भिन्नता छ । तर गते, दिन र बार उही भए तापनि भाषिक भिन्नता थारुसम्वतको थप विशेषता अर्थात पहिचान हुनजान्छ । उदाहरणका लागि विक्रमसम्वत २०६५ असोज ३० गते शुक्रबारको दिन थारुसम्वत २६३१ कुवाँर ३० शुक्रबार नै रहन्छ भने २०६५ माघ १ गते थारुसम्वत २६३२ सुरु हुनजान्छ । एवं प्रकारले २०७३ पौष ३० गते सम्म थारु सम्वत २६४० हुन्छ । २०७३ माघ १ गते थारुसम्वत २६४१ सुरु हुनजान्छ । अर्थात विक्रम सम्वत २०७३ सालमै थारुसम्वत २६४० र २६४१ दुवै पर्नजान्छ । किनकि थारुहरुको नयाँवर्ष माघ १ मा सुरु भए तापनि विक्रमसम्वत अनुसार नयाँ वर्ष वैशाखमा मात्र सुरु हुन्छ । त्यसकारण अब आउने २०७३ सालको माघ १ गते थारुहरुको महान चाड माघी पर्वका साथै थारु सम्वतअनुसार नयाँ वर्षको पनि सुरुवात हुन जान्छ ।
( लेखकः जोशाई इन्टरनेश्नल यूनभरसिटी टोकियोमा विद्यावारिधि गर्दै छन् ।)