लक्की चौधरी
धनगढी, माघ २ गते । धनगढी उपमहानगरपालिका –५, जाइँगाउँका थारुहरु एकाविहानै भलमन्साको घरमा जम्मा भए । भलमन्साको घरमा मानिसको भिड देखेर छरछिमेकका गैरथारु समुदायले केही घटना घट्यो कि भनेर अड्कल काटे । तर त्यहाँ कुनै नराम्रो घटना थिएन । बडघर (भलमन्सा) छान्न आइतबार विहान ८ बजे नै गाउँघरका सदस्यहरु जम्मा भएका थिए । दुई घण्टाको छलफलको परिणाम कुलवीर चौधरी गाउँको भलमन्सा छानिए ।
थारु समुदायको गाउँ सञ्चालन गर्ने परम्परागत प्रथा बडघर (भलमन्सा) छान्ने काम थारुगाउँमा माघी पर्वसँगै शुरुभएको छ । माघेसंक्रान्तिको भोलिपल्ट बाट शुरुहुने ‘माघी डेवानी’मा नै गाउँको नेतृत्व गर्ने बडघर, गाउँको हुलाकीको कामगर्ने चिरकिया (चौकीदार) र घरमुली (गरढुरिया) को छनौट गर्ने परम्परा थारुगाउँमा छ ।
यसको अलावा धेरैगाउँ सञ्चालन गर्ने देशबन्ध्या गुरुवा, एक गाउँ सञ्चालन गर्ने केसौका गुरुवा, घरकोमात्र देवता हेर्ने घरगुरुवा, घरको कपडा सिउने सूचीकार, खेती किसानीको कामका लागि प्रयोगमा आउने फलामको सामान बनाउने फलामे (लुहार), बाख्रा चराउने बाख्रे, गाई, गोरु हेर्ने गोठालाको समेत एक वर्षकालागि चयन गर्ने थारु गाउँमा परम्परा छ । पाएको जिम्मेवारीअनुसार आफ्नो काम गर्ने उहिल्यैदेखिको परम्परालाई थारु समुदायले निरन्तरता दिंदैआएका छन् ।
माघेसंक्रान्तिको भोलिपल्ट बाट शुरुहुने ‘माघी डेवानी’मा नै गाउँको नेतृत्व गर्ने बडघर, गाउँको हुलाकीको कामगर्ने चिरकिया (चौकीदार) र घरमुली (गरढुरिया) को छनौट गर्ने परम्परा थारुगाउँमा छ ।
भलमन्सा कुलवीर चौधरी सर्वसम्मतरुपमा चयन गरिए । यसअघि उहाँको बाजे २०१६ सालदेखि गाउँको बडघर बन्दै करिब १० वर्ष जिम्मेवारी निभाए । त्यसपछि चौधरीको बुवाले पनि करिब एक दशक भलमन्साको जिम्मेवारी निभाए । गएको आठवर्ष यता कुलवीर चौधरी बरघरको जिम्मेवारीमा छन् । गाउँको काम सम्पन्न गर्न आफूले नेतृत्वदायी भूमिका खेलेको र सबैको भावनाको सम्मान गरेकाले पुनः भलमन्साको जिम्मेवारीमा चुनिएको चौधरीले बताउनुभयो ।
त्यस्तै, श्रीपुर ९ जोनापुरकी सीता थारु (२८) ले पोहारसाल भलमन्साको जिम्मेवारी पाउनुभयो । पहिलो पटक महिला भलमन्सा बनेर कामगर्ने अवसर पाउँदा नेतृत्व विकास भएको उहाँले बताउनुभयो । यस वर्ष माघ ४ गते भलमन्सा चयन गर्ने समय तोकिएको उहाँले बताउनुभयो । गत एक वर्षमा गाउँमा राम्रो काम गरेको, कुलोपानी, सडक बत्ति निर्माण, गाउँको विद्यालयमा संघ संस्थासँगको समन्वयमा विद्यालय भवन, शौचालय निर्माणको काम गरेकाले यस वर्ष पुनः गाउँलेले भलमन्सा दिने तयारीमा रहेको उहाँको बुझाई छ ।
महिलाहरु कि त नेतृत्वका लागि तयारै नहुने, नेतृत्व पाएपछि राम्रोसँग जिम्मेवारी निर्वाह गर्ने भएकाले आफूलाई पुनः गाउँलेहरुले भलमन्सामा दोहो¥याउने तयारी गरेको उहाँको अनुभव छ । एकवर्षे कार्यकालमा सबैभन्दा चुनौति गाउँघरको आपसी झैझगडा मिलाउनमा परेको र सबैभन्दा खुशी गाउँको विद्यालयमा भवन निर्माण गराउँदा भएको बुझाई भलमन्सा चौधरीको छ ।
पबेरा १, गोवरैला (कैलाली) का भलमन्सा राजेन्द्र थारु (३०) पनि २०६५ बाट लागातार सो गाउँका बडघर (भलमन्सा) रहँदैआउनु भएको छ । आठ कार्यकाल भलमन्साको जिम्मेवारीमा रहनुभएका थारु २५ वर्षमै गाउँको नेतृत्व गर्ने जिम्मेवारी पाउनुभएको थियो । गाउँघरको विकास निर्माण, आपसी झैझगडा मिलाउने, कुलापानीको व्यवस्था गर्ने, सडक, बाटो निर्माण गर्ने, गाउँलाई अनुशासनमा राख्न सोहीअनुसारको नीति नियम बनाउने कामको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको उहाँको अनुभव छ ।
धनगढी ५, हसनपुर गाउँका थारुले आइतबार भेला भएर पनि भलमन्सा छनौट गर्न सकेनन् । पुरानो भलमन्सा वेदनप्रसाद चौधरीले नेतृत्व हस्तान्तरण गर्न खोज्दा गाउँका अन्य सदस्य तयार नहुँदा भलमन्सा छनौट गर्न नसकिएको गाउँका सदस्य सैतुप्रसाद चौधरीले बताउनु भयो ।
गाउँको काम निस्वार्थीपूर्वक सबैकालागि गर्ने परिपाटीकैकारण सबैले जिम्मेवारीमा आफूलाई नै रोज्नेगरेको उहाँको बुझाई छ । यस वर्ष माघ ४ गते भलमन्सा छनौट गर्ने मिति तयभएको बताउँदै थारुले भन्नुभयो, “लगातार आठवर्ष भलमन्साको जिम्मेवारी निभाएँ, पुनः गाउँका सदस्यले जिम्मेवारी लिइदिनुप¥यो भन्ने आग्रह गरिरहनु भएको छ, हेरौं के हुन्छ” थारुले अनुभव सुनाउनुभयो । सकेसम्म कोही तयार हुन्छ भने नेतृत्व हस्तान्तरण गर्ने तर गाउँले सबैले जिम्मेवारी लिने आग्रह गरेमा पुनः भलमन्साका लागि तयार हुने उहाँको बुझाई छ ।
धनगढी ५, हसनपुर गाउँका थारुले आइतबार भेला भएर पनि भलमन्सा छनौट गर्न सकेनन् । पुरानो भलमन्सा वेदनप्रसाद चौधरीले नेतृत्व हस्तान्तरण गर्न खोज्दा गाउँका अन्य सदस्य तयार नहुँदा भलमन्सा छनौट गर्न नसकिएको गाउँका सदस्य सैतुप्रसाद चौधरीले बताउनु भयो । “गाउँका सबै सदस्यले पुनः जिम्मेवारी लिइदिन दवाव दिएका छौं, तर भलमन्सा चौधरीले अब नेतृत्वकालागि अरु कोही तयार हुनुपर्छ भनेर अडान लिनुभएको छ” चौधरीले जानकारी दिनुभयो ।
नेतृत्व चयनकालागि पुनः सोमबार गाउँमा विहान बैठक राखिएको र त्यसबाट उचित नेतृत्वको बारेमा निर्णय हुने विश्वास चौधरीको छ । भलमन्सा चौधरीले आफूले भनेको अह्राएको कतिपय युवाले नटेरेको गुनासो बैठकमा राख्नुभएको थियो । भलमन्साले भनेको, अह्राएको मान्नुपर्ने नियम बनाएर भएपनि पुनः जिम्मेवारी दिने तयारीमा हामी छौं गाउँले सैतु चौधरीले भन्नुभयो ।
थारु समुदायले माघी पर्वमा गाउँ सञ्चालन गर्न नयाँ नीति नियम बनाउने, नेतृत्व छनौट गर्ने, वर्षभरिको कामको समिक्षा गर्ने र नयाँ योजनाअनुसार अगाडि बढ्ने, वर्षभरिको हिसाव किताव गर्ने र चुक्ता गर्ने, नयाँ खाता सञ्चालन गर्ने काम हुनेहुँदा यस पर्वलाई नयाँ वर्षकोरुपमा थारुहरुले मनाउने गर्छन् ।
भलमन्साको जिम्मेवारी निर्वाह गरेबापत कुनै गाउँमा नगद पारिश्रमिक तोकिएको हुन्छ भने कुनै गाउँमा गाउँका सबै घरबाट सबै बालीहरु उठाएर पारिश्रमिक दिने प्रचलन छ । जाइँगाउँका भलमन्सा कुलवीर चौधरीले भलमन्साको जिम्मेवारीबापत वार्षिक २६ हजार रुपियाँ पाउने गरेको बताउनुभयो ।