भगतराम थारु
नेपालगन्ज, माघ २० गते । बाँकेको खजुरामा जारी महोत्सवमा दर्शकहरुका लागि थारुगाउँको झलक मुख्य आकर्षण बनेको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुती रहेपनि थारुगाउँमा दर्शकहरुको आकर्षण बढेको प्रत्यक्षदर्शीहरु बताउँछन् ।
माघ १० गतेदेखि जारी प्रथम खजुरा महोत्सवमा थारुगाउँमा रहेको थारु परिकारको स्वाद लिन दर्शक भरिभराउ छन् । महोत्सवको मुख्य कार्यक्रमस्थलको उत्तरतिर रहेको थारुगाउँमा ७ वटा थारु गाउँका स्टल राखिएका छन् ।
सातवटा स्टलमै थारु परिकारका स्वाद लिन ग्रहाकको भरिभराउ रहने गर्छ । महोत्सवमा थारु गाउँ समेत रहेको सुनेपछि बर्दियादेखि महोत्सव हेर्न बाँकेको खजुरा आएको बर्दिया बबई नगरपालिका ७ मिचैयाका हरिप्रसाद थारुले बताउनुभयो ।
थारु परिकारको स्वाद लिन वेग्लै मजा हुने भएकाकारण बर्दियादेखि आएको उहाँको भनाई छ । थारु परिकारका स्वाद लिन चाडपर्व कुर्नुपर्ने हुन्छ । चाडपर्व पनि सकियो र महोत्सवमा थारुगाउँ सुनेपछि थारु परिकारको स्वाद लिन यहाँसम्म आएको थारुले बताउनुभयो ।
थारुसंग तीनजना साथी समेत रहेका छन् । एक्लै जानुभन्दा साथीहरुसंग रमाइलो समेत गर्ने हिसावले महोत्सव आएको उनिहरुको भनाई छ । महोत्सवमा थारु परिकारको स्वाद लिन बर्दिया, बाँके, सुर्खेत, दाङ, कैलालीसम्मको ग्राहक आउने गरेको जिवन युना रिसोर्ट एण्ड कटेजका संचालक रिमा चौधरीले बताउनुभयो ।
पसलको अगाडी उभिने वित्तिकै रिसोर्ट भित्र पस्न मन लाग्नेखाले थारु परिकार राखिएको छ एक प्रत्यक्षदर्शीले बताउनुभयो । मुखै रसाउने गरी राखिएको परिकार भित्र पसेर खानापाए कस्तो होला भन्ने समेत भन्दै हिडने गरेको कटेजका संचालकले बताए ।
परिकार चाखाउन भ्याइ नभ्याई भएको संचालक चौधरीले बताउनुभयो । पाँचजना स्टाप रहेको रिसोर्टमा ५ जनाकै हात खाली हुन्न उहाँले भन्नुभयो । दैनिक १० हजार सम्मको विक्री हुने गरेको छ । महोत्सवकै आकर्षणको रुपमा रहेको थारुगाउँमा बंगुरको मासु, धोघी, माछा, लोकल कुखुराको मासु, परेवा, गंगटा, झिंगा माछा, विभिन्न प्रकारका छ्याङ लगायतका परिकारको स्वाद लिन दर्शकहरुको घुइचो लाग्नेगरेको अर्का सपना होटलका संचालक विक्की चौधरीले बताउनुभयो ।
्बोल्ने समेत फुर्सद हुदैन सवैलाई खान हटार हुन्छ उहाँले भन्नुभयो, “कति जनाको त हिसाव समेत गर्न पाउदैनौ यस्तो भिड हुन्छ उहाँले भन्नुभयो । कति मेहनतका साथ थारु परिकारको जोहो गरेर परिकार बनाएका हुन्छौ त्यसमा पनि भिडले को कति के खायो भन्ने थाहै हुदैन चौधरीले भन्नुभयो ।
हरेक थारु परिकारको स्वाद लिन हाप प्लेटको ८० रुपैयामा विक्रि गरिरहेका छौं संचालक र्चौधरीले बताउनुभयो । ढिक्री पीसको ५ रुपैया लिएका छौ । पसल अगाडी आउने वित्तिकै दर्शकको परिकार देखेर मुखै रसाउने गर्छ । थारु समुदायको परिकार समेत लोप हुदैगएको भन्दै कैलालीबाट महोत्सवमा थारु परिकारको स्वाद दिलाउन प्रेमकुमारी चौधरी खजुरा आएको बताउनुभयो ।
बर्दियाको गुलरियामा थारु महोत्सव लगाएर खजुरा आएको र अव बाँकेकै कोहलपुरमा पुग्ने उहाँकेो भनाई छ । खजुरा महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहने गरेको छ । महोत्सवमा बोटिङग, पिङ, मौतका कुवा लगायत विभिन्न मनोरञ्जनका साधनसमेत रहेका छन् ।