नेपाली सेनाभित्र थारु मधेसीको अलग्गै पल्टन छः सैनिक हेडक्वाटर


काठमाडौं, माघ २३ गते । राष्ट्रिय सुरक्षाको प्रमुख अंग सेनाले मधेसी, थारु र ठूला आदिवासी जनजातिको अलग्गै पल्टन नै खडा गरेको बताएको छ । ०६२, ०६३ पछि समावेशीतालाई स्थापित गर्न सेनाले त्यस्तो गरेको बताएको हो ।

राज्यका सबै निकायभित्र नेपाली सेना सबैभन्दा समावेशी रहेको दावी सैनिक हेडक्वार्टरको छ । ९१ हजार जनशक्ति भएको नेपाली सेनाभित्र १ सय २६ जाति र समुदायका नेपालीहरु अटाएका छन् । मधेसी र जनजातिहरुको त छुट्टै ब्यारेक नै स्थापना भएको सेनाको भनाई छ ।

नेपाली सेनाभित्र एउटा छुटै गण छ, जहाँ मधेसी समुदायका सैनिकहरु मात्रै बस्छन् । नेपाली सेनाले ६२,६३ को जनआन्दोलनपछि आफनो संगठनलाई पनि समावेशी बनाउने रणनीतिअनुसार मधेसी समुदायको मात्रै ‘नयाँ सबुज गण’ स्थापना गरेको जानकारी गराएको छ ।

सैनिक प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीकाअनुसार नयाँ सबुज गण समावेशी र मधेसी समुदायप्रति हाम्रो सम्मानको एउटा प्रतीक हो । त्यसमा मधेसी समुदायका मात्रै सेनाहरुलाई राखिएको   छ ।

‘नयाँ सबुज गण’मा मधेसी समुदायका सेनाहरुको मात्रै बाहुल्य रहेको छ । सैनिक प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीकाअनुसार नयाँ सबुज गण समावेशी र मधेसी समुदायप्रति हाम्रो सम्मानको एउटा प्रतीक हो । त्यसमा मधेसी समुदायका मात्रै सेनाहरुलाई राखिएको छ ।

हेटौंडामा रहेको यस गणमा ८० प्रतिशत थारु समुदायका सैनिक छन् । थारु बाहेक मधेसी समुदायका युवा सैनिक भर्तिमै कम आउने गरेका कारण सबुज गणमा थारुको बाहुल्य देखिएको हो । यही गणको एउटा टोली अहिले शान्ति मिसनका लागि साउथ सुडानमा खटिएको छ ।

६३ साल जेठ २८ गते स्थापना भएको ‘नयाँ सबुज गण’ मा बेलाबेलामा थारु समुदायको परम्परा झल्कने सांस्कृतिक कार्यक्रमहरु पनि हुने गर्छन् । ‘उनीहरुले सैनिक मर्यादामा रहेर आफनो परम्परागत कला र कौशलहरु पनि देखाउँछन त्यो उनीहरुको संस्कार पनि हो’ सहायक रथी कार्कीले भने ।

स्थापनाको बेला विभिन्न युनिटहरुमा रहेका मधेसी समुदायका सेनालाई ल्याएर नयाँ सबुज गण स्थापना भएको थियो । तर, अहिले हरेक नयाँ भर्नामा आउने थारु तथा मधेसी समुदायका सेनालाई नयाँ सबुज गणमै स्थानान्तरण गरिन्छ ।

सेनाको तथ्यांकअनुसार नेपाली सेनामा ६ हजार सात सय १३ जना मधेसी र थारु समुदायका सेनाहरु छन् । यो सकल दर्जाको सात प्रतिशत हुन आउँछ ।

तपाईको प्रतिक्रिया