लक्की चौधरी
काठमाडौं, फागुन २८ गते । नेपाल पत्रकार महासंघ गोरखापत्र प्रतिष्ठान शाखामा बासुदेव पोखरेलको संयोजकत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
शाखाको शुक्रबार यहाँ आयोजित आठौं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले १० जना केन्द्रीय पार्सद र ११ जना प्रदेश पार्सद पनि सर्वसम्मत चयन गरेको छ ।
समितिको उपाध्यक्ष (खुला), उपाध्यक्ष (महिला), सचिव, सहसचिव (खुला), सहसचिव (समावेशी) र कोषाध्यक्षमा क्रमशः शेखर चौलागाई, सीता शर्मा, नगेन्द्र सापकोटा, चोलाकान्त खनाल, शिवा तामाङ र लक्ष्मी खतिवडा निर्वाचित हुनुभएको छ ।
त्यस्तै, समिति सदस्यमा नारायण केसी, विश्वास रेग्मी, विनु श्रेष्ठ र पुरुषोत्तम खत्री निर्वाचित हुनुभयो । त्यस्तै, केन्द्रीय पार्सदमा क्रमशः केपी गौतम, धातृप्रसाद सुवेदी, अजय शर्मा, हरिकला अधिकारी, वसन्त उपाध्याय, नारद गौतम, केदार भट्टराई, भक्तबहादुर थापा, देवबहादुर कुँवर र सरोज ढुंगेल सर्वसम्मत चयन हुनुभयो ।
मरवाडी सेवा समाज समितिको कार्यकक्षमा भएको उद्घाटनसत्रमा बोल्दै सञ्चारमन्त्रालयका सचिव महेन्द्रमान गुरुङले गोरखापत्र संस्थानको अस्तित्वको संरक्षण र सम्बद्र्धन सरकारको दायित्व भएको बताउनुभयो ।
सोहीअनुसार प्रदेश पार्सदमा परमेश्वर देवकोटा, सविता शर्मा, लिलाधर उपाध्याय, अर्पणा अधिकारी, जुनारबाबु बस्नेत, हरिप्रसाद भट्टराई, शरद सुवेदी, त्रिभुवनचन्द्र वाग्ले, शेषकान्त पण्डित, उपेश महर्जन र मन्जिमा ढकाल निर्वाचित हुनुभयो ।
मरवाडी सेवा समाज समितिको कार्यकक्षमा भएको उद्घाटनसत्रमा बोल्दै सञ्चारमन्त्रालयका सचिव महेन्द्रमान गुरुङले गोरखापत्र संस्थानको अस्तित्वको संरक्षण र सम्बद्र्धन सरकारको दायित्व भएको बताउनुभयो । संस्थानलाई समयानुकुल प्रतिस्पर्धी बनाउन आवश्यक रहेको तर सरकारको लगानी रहेकाले सरकारले त्यसको सुरक्षा खोज्नु अन्यथा नरहेको चर्चा गर्नुभयो ।
प्रेस काउन्सिलको प्रतिवेदनअनुसार सबैभन्दा बढी आचारसंहिता पालना गर्ने सञ्चारगृहमा गोरखापत्र रहेको चर्चागर्दै सचिव गुरुङले नयाँ संविधान आएसँगै गोरखापत्रको २०१९ को ऐन पनि संशोधन हुने बताउनुभयो । गोरखापत्रलाई प्रादेशिक संरचनाअनुसार लग्न आवश्यक रहेको बताउँदै सचिव गुरुङले गोरखापत्रलाई प्रतिस्पर्धी बनाउन सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
संस्थानका महाप्रबन्धक सुशील कोइरालाले गोरखापत्रलाई प्रतिस्पर्धी बनाउन ऐन संशोधनको आवश्यकता रहेको र आफ्नै कार्यकालमा त्यसको परिमार्जन गर्ने प्रतिवद्धता जनाउनुभयो ।
संस्थानका अध्यक्ष गोविन्द पोखरेलले कर्मचारीहरुको एकताले नै संस्थान बलियो हुने बताउँदै त्यसकालागि सबैलाई लाग्न आग्रह गर्नुभयो । संस्थानका महाप्रबन्धक सुशील कोइरालाले गोरखापत्रलाई प्रतिस्पर्धी बनाउन ऐन संशोधनको आवश्यकता रहेको र आफ्नै कार्यकालमा त्यसको परिमार्जन गर्ने प्रतिवद्धता जनाउनुभयो ।
सरकार परिवर्तनसँगै गोरखापत्रको सम्पादक परिवर्तन गर्ने संस्कृतिको विकास गोरखापत्र आफैले गरेको बताउँदै उहाँले निमित्त प्रधान सम्पादकको वर्तमान र भविष्यमा समेत हैसियत नहुने हुनाले प्रधान सम्पादक राख्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले गोरखापत्रको विरासत बचाउन सँगसँगै समयानुकुल प्रतिस्पर्धी बनाउन सुझाव दिनु भयो । सरकारको नियन्त्रणमा गोरखापत्र रहेपनि सम्पादकीय स्वतन्त्रतामा कुनै सम्झौता गर्न नहुने बताउनुभयो ।
कार्यक्रममा न्यूनतम पारिश्रमिक समितिका अध्यक्ष पोषण केसी, निमित्त प्रधान सम्पादक निर्मलकुमार आचार्य, पूर्व निमित्त प्रधान सम्पादक शिवप्रसाद भट्टराई, महासंघका कोषाध्यक्ष सूर्यमणि गौतम, सञ्चालक समितिका सदस्य मुकुन्द चिमोरिया, आधिकारिक ट्रेड युनियनका अध्यक्ष विष्णु खनाल, शेखर चौलागाई, नारद गौतम लगायतले धारणा राख्नुभएको थियो ।