लक्की चौधरी
काठमाडौं, फागुन ३० गते । असत्यमाथिको विजयको रुपमा मनाइने रङ्गको पर्व होली तुलनात्मकरुपमा सतही र मनोरञ्जनमा मात्र सीमित हुन पुगेकोप्रति संस्कृतिविदहरुले चिन्ता व्यक्त गर्नुभएको छ । होली पर्व मनाउने निश्चित् विधि प्रक्रिया र परम्परा रहेपनि युवापुस्ताले त्यसलाई चटक्कै भुलेको उहाँहरुको तर्क छ ।
होली पर्व मनाउनुमा विभिन्न महत्व र आधारहरु रहने गरेपनि युवापुस्ताले मनोरञ्जन र रमाइलोको साधनमात्र बनाएको आरोप विज्ञहरुको छ । फागु पूर्णिमादेखि नै जाडोयामको अन्त्य र वसन्त ऋतुको आगमन भएको मानिन्छ । रुख विरुवाहरुको पालुवा टुसाउने र नयाँ पातहरुको आगमनहुने होलीको सम्बन्ध प्रकृतिसँग पनि गाँसिएको बुझाई उहाँहरुको छ ।
धार्मिक हिसावले विभिन्न तर्क गरिए पनि खासमा हिरण्यकश्यपु र होलिकाको असत्यमाथि प्रल्हादको विजयको सम्झना गरी होली पर्वलाई विजयोत्सवकोरुपमा एकापसमा रङ्ग दलेर, छ्यापाछ्याप गरेर आत्मीयता दर्शाउने पर्वकोरुपमा मनाइन्छ । तर चीर दहनदेखि चीर ढाल्नेसम्मको अवधिमा विभिन्न सांस्कतिक कार्यक्रम र फागु तथा घाटु गीतको महिमाले पनि लोकसंस्कृतिको पक्षलाई बलियो बनाएको तर्क संस्कृतिविदहरुको छ ।
तर अहिलेका युवाहरुले पुरानो परम्परा र महत्वलाई त्यागी केटाले केटी र केटीले केटासाथीलाई रङ्ग, अविर दल्ने र रमाइलो गर्नेसँग मात्र होली पर्वलाई सीमित राखेको बुझाई उहाँहरुको छ । होली पर्वमा जाँडरक्सी खाएर उच्छृङ्खल गतिविधि गर्ने, बाटो हिडेकाहरुलाई जवर्जस्ती रङ्ग अविर दल्ने र लोला हान्नेजस्ता विकृतिले होली पर्व विकृत हुँदैगएको विज्ञहरुको बुझाई छ ।
“परिवार, आफन्त, चिनजानका साथीहरुसँगको आपसी सहमतिमा रमाइलो गर्नु, भातृत्वभाव साटासाट गर्नु पर्वको बलियो पक्ष हो” भन्दै संस्कृतिविद जोशीले अहिलेका युवावर्गमा जवर्जस्ती गर्ने, कामकालागि बाटो हिडेकालाई रङ्ग, अविर, पानी छ्याप्ने, मदिरापान गर्नेजस्ता गलत प्रबृति बढ्दैगएको बताउनुभयो ।
संस्कृतिविद सत्यमोहन जोशीले विजयोत्सवकोरुपमा मनाइने होली पर्वको आफ्नै विधि, प्रक्रिया र परम्परा भएपनि अहिलेका युवाले त्यसलाई त्यागेको बताउनुभयो । “अहिलेको होली युवायुवतीको रमाइलो गर्ने माध्यममात्र बन्यो, विधि प्रक्रिया सबै हरायो” उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
“परिवार, आफन्त, चिनजानका साथीहरुसँगको आपसी सहमतिमा रमाइलो गर्नु, भातृत्वभाव साटासाट गर्नु पर्वको बलियो पक्ष हो” भन्दै संस्कृतिविद जोशीले अहिलेका युवावर्गमा जवर्जस्ती गर्ने, कामकालागि बाटो हिडेकालाई रङ्ग, अविर, पानी छ्याप्ने, मदिरापान गर्नेजस्ता गलत प्रबृति बढ्दैगएको बताउनुभयो । फागु पर्वको धार्मिक, सामाजिक तथा सांस्कृतिक महत्वलाई कायम गर्न चुनौति थपिदैगएको उहाँले तर्क गर्नुभयो ।
वरिष्ठ साहित्यकार तथा संस्कृतिका विज्ञ मोदनाथ प्रश्रितले फागु पर्वलाई वसन्तउत्सवकोरुपमा मनाउनुपर्ने भएपनि यसलाई युवापुस्ताले विकृत बनाउँदै गएको बताउनुभयो । “अहिलेको होली बुढापाकाका लागि रहेन, युवायुवतीका लागि मात्र सीमित हुन पुग्यो” भन्दै साहित्यकार प्रश्रितले होली पर्वको विधि, प्रक्रिया र सांस्कृतिक पक्षलाई विर्सन नहुने तर्क गर्नुभयो ।
“पहिलेका मानिस प्रकृतिप्रेमी थिए । प्राकृतिकरुपमै होलीपर्व मनाउँथे । अहिलेका युवापुस्ता तडकभडकमा विश्वास गर्छन्, होली पर्व सतहीरुपमा मनाउँछन्” भन्दै संस्कृतिका विज्ञ प्रश्रितले युवापुस्ताको होली नेपाली राजनीतिजस्तो विकृत भएको तर्क गर्नुभयो । होलीको सांस्कृतिक पक्ष हराउँदै गएको छ, हल्काफुल्कारुपमा मनाउने परम्परा शुरुभएको छ भन्दै उहाँले पर्वको महत्वलाई बुझ्न युवापुस्तामा आग्रह गर्नुुभयो ।
राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष डा. गौरीशंकर लालदास (९३) ले तराई र पहाडको होली मनाउने विधि र प्रक्रिया फरक रहेको तर्क गर्नुभयो । “हाम्रो पालामा शान्त, शालिन र उमंगमय होली हुन्थ्यो, अहिले विकृतिले भरिएको होली छ” उहाँले भन्नुभयो ।
राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष डा. गौरीशंकर लालदास (९३) ले तराई र पहाडको होली मनाउने विधि र प्रक्रिया फरक रहेको तर्क गर्नुभयो । “हाम्रो पालामा शान्त, शालिन र उमंगमय होली हुन्थ्यो, अहिले विकृतिले भरिएको होली छ” उहाँले भन्नुभयो । होलीको प्रमुख सन्देश नै राष्ट्रिय एकता, भातृ्त्वप्रेम र सौहाद्रता हुनुपर्नेमा युवायुवतीको रमाइलोमै सीमित भएको उहाँको भनाई छ ।
आफू तराईको बासिन्दा भएपनि लामो समयदेखि काठमाडौं उपत्यकाको होली पर्वलाई नजिकबाट अवलोकन गरिरहेको बताउँदै डा. दासले लोला हान्ने र जवर्जस्ती गर्ने परम्परा नेपालीको नभएको बताउनुभयो । “पहिले महिलाहरु होली खेल्न सडक गल्ली र बजारमा निस्कदैन थिए, घरभित्रै आफन्तसँग खेल्थे तर अहिलेका युवतीहरु अश्लील पोशाकमै खुलेयाम बजार गल्ली र सडकमा निस्कन्छन्” उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
वसन्त ऋतुको आगमनसँगै मनाइने होली पर्वको पहिलो दिन उपत्यकासहित पहाडी भेगमा हर्षोल्लासपूर्वक मनाइएको छ । त्यस्तै, सोमबार तराईका जिल्लामा धुमधामकासाथ होली मनाइएको छ । सरकारले उपत्यकासहित पहाडी क्षेत्रकालागि आइतबार सार्वजनिक विदा दिएको थियो भने तराईका लागि सोमबार विदाको व्यवस्था गरेको छ ।