लक्ष्मी चौधरी
कञ्चनपुर, चैत १४ गते । कञ्चनपुरको महाकाली नगरपालिका कुतियाकवरकी उमादेबी सुनारलाई नदीपारिको खेतबाट अन्न घर ल्याउन, खेती लगाउन, गोडमेल गर्न र बस्तुभाउलाई दैनिक घाँसकाटेर खुवाउन किस्तिमा नदी तरेर पारी जानुपर्छ ।
दैनिक किस्तिको सहारामा नदी वारपार गर्ने उमा एक्लि होईनन् । साविक दोधारा–चाँदनी नगरपालिका– ११ कुतियाकवरका उमाजस्तै ४० घरपरिवारलाई जोगबुडा तरेर घर–खेत गर्न दैनिक किस्तिकै भर पर्नुपर्छ । कुतियाकवरका बासिन्दालाई दैनिक जिवनयापन गर्नमात्र होईन, नेपालसंग जोडिनसमेत किस्तीको साहारा लिनुपर्ने बाध्यता छ ।
महाकाली र जोगवुडा नदीको संगमस्थल पारिपट्टि रहेको कुतियाकवर गाउँमा पुल नभएकाकारण त्यहाँका बासिन्दा अन्नबालि, घाँस दाउरादेखि दैनीक उपभोग्य सामानका लागि किस्तिकै भरपर्ने गरेका छन् ।
दैनिक जीवनयापनका लागि पैसा तिरेर पनि जोखिमपुर्ण यात्रा गर्नुपर्दा स्थानियले निकै सास्ति ब्यहोर्नु परिरहेको छ । किस्तिमा ओहोरदोहोर गर्नुपर्दा स्कुल पढ्ने बालबालिकाहरुलाई झनै बढि समस्या हुनेगरेको छ ।
बर्षायाममा नदीको सतह बढेको बेला त त्यहाँका बालबालिकाहरु शिक्षासँगै स्वास्थ्यबाट समेत बन्चित हुने गर्दछन् । स्थानिय मन्जु कुमारी टमटा बालबच्चालाई स्कुल पठाउँदा सँधै चिन्ता लाग्ने गरेको दुखेसो गर्छिन । ‘नदीमा पानी बढ्यो कि के हुने हो भन्ने चिन्ता लाग्छ’ मन्जु भन्छिन्– ‘बर्षायाममा त बच्चालाई स्कुल पनि पठाउन सकिंदैन ।’
महाकाली पारी भारतीय सिमाक्षेत्रसंग जोडिएको यो गाउँमा बसोबास गर्ने करिब ४० घरपरिवार मध्ये धेरैजसो दलित छन् भने प्राय सबै निम्मआय भएका परिवारहरु नै छन् । राज्यले ग्रामिण क्षेत्र तथा पिछडिएका बर्गहरुको नाममा बर्षेनी लाखौं रुपैंया बजेट बिनियोजन गर्ने गर्दछ । तर कुतियाकवरका जनता भने राज्यबाट पाउने हरेक सेवा सुबिधाबाट बन्चित छन् ।
गाउंमा स्कुल, अस्पताल लगायत कुनै पनि सरकारी कार्यालय छैन । सामान्य बिरामी पर्दा समेत या भारत जानुपर्याे या त जोखिम मोलेरै किस्तिमा जोगबुडा तरेर यता आउनुपर्याे । गाउँमा स्कुल नभएकै कारण बालबालिकाहरु नदीमा बाढि आएकोबेला स्कुल जान पाउँदैनन् ।
भारतीय क्षेत्रसँग सिमा जोडिएको त्यो सानो गाउँमा कहिलेकाहिं उताबाट आएकाहरुले दादागिरि मच्चाउँछन् । त्यस्तो बेलामा गाउंमा सुरक्षाको अनुभुति गर्न जोगबुडा बासिले पाउंदैनन् ।
गाउँलेहरुसंग भएको सानोतिनो जमिनको टुक्रा पनि प्रत्येक बर्ष महाकाली र जोगबुडामा आउने बाढिले कटान गर्दै र बगरमा परिणत गर्दै लगेको छ ।
गाउँलेहरुसंग भएको सानोतिनो जमिनको टुक्रा पनि प्रत्येक बर्ष महाकाली र जोगबुडामा आउने बाढिले कटान गर्दै र बगरमा परिणत गर्दै लगेको छ ।
जोगबुडा नदीमा पुलको ब्यवस्था भैदिए आफुहरुलाई दैनीक आवत–जावात गर्न सहज हुने उमादेबी बताउँछिन् । राज्यले पुल बनाईदिने भनेर बर्षाैंदेखी आस्वासन दिएपनि अहिलेसम्म बन्न नसकेको उमाको गुनासो छ । जोगबुडामा पुल नहुँदा दैनिक जीवनयापन गर्न नै गाह्रो भैरहेको जोगबुडा बासिका लागि यस्तै कष्टसाध्य अबस्था कहिलेसम्म भोग्नुपर्ने हो, अनिश्चित जस्तै छ ।
पुल नभकै कारणले बालबालिकाहरु स्कुल जानबाट बन्चित हुनुकासाथै बेलाबेलामा दुर्घटना पनि हुनेगरेको जोगबुडा नदीमा किस्ति चलाउंदै आएका लालु सुनार बताउंछन् ।
बिकासकालागि भनेर धमाधम नगरपालिका घोषणा पनि भैरहेका छन् । साविक दोधारा गाबिस यतिबेला दोधारा चाँदनी नगरपालिका हुँदै महाकाली नगरपालिकामा परिणत भएको छ ।
स्थानियलाई .किस्तिको भरमा वारपार गराउंदा समस्या र जोखिम भोग्नु परिहेको सुनारको अनुभव छ । बच्चैदेखि जोगबुडामा किस्ति चलाउने सुनार नदीमा बाढि आएका बेला किस्ति चल्न नसक्ने हुँदा आवतजावत ठप्प हुने बताउंछन् ।
सरकारले गाउंकोे बिकास गर्ने भनेर बर्षेनी करोडौं रुपैंया खर्च गर्नेगरेको छ । बिकासकालागि भनेर धमाधम नगरपालिका घोषणा पनि भैरहेका छन् । साविक दोधारा गाबिस यतिबेला दोधारा चाँदनी नगरपालिका हुँदै महाकाली नगरपालिकामा परिणत भएको छ ।
हुनत कुतियाकवरका स्थानिय पनि नगरबासि नै हुन् । तर नगरपालिकामै रहेको कुतियाकवर भने बिकास निर्माणबाट धेरै टाढा रहेको छ । राजनीतिक दलहरुले अहिले देशलाई संघीय संरचनाअनुसार प्रदेश पनि बिभाजन पनि गरेका छन् । त्यहाँका जनताहरु राज्यलाई बुझाउने राजस्व त बुझाउ छन् तर राज्य बाट पाउने सुबिधा भने पाएका छैनन् । अहिले पनि त्यहाँका जनता दोस्रो दर्जाको नगरिकका रुपमा बाँच्न बाध्य छन् ।