बस्ती स्थानान्तरणको प्रक्रियाप्रति बाँदरझुलाबासीहरुको आपत्ति


सन्तकुमार चौधरी
रतनपुर (चित्तवन), ३१ चैत । बस्ती स्थानान्तरणको नाममा चितवनको बाँदरझुलाबासीलाई झुक्याउन लागेको भन्दै स्थानीय अगुवाहरुले आपत्ती जनाएका छन् ।

बस्ती स्थानान्तरण हुनेकुरा जायज भएपनि प्रक्रिया व्यवहारीक नभएको भन्दै आपत्ती जनाएको बताएका छन् । चार सदस्यसहित भरतपुर पुगेको टोलीले विहिबार विहान भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी बस्ती स्थानान्तरण प्रकृया नसच्याए आफुहरु बाँदरझुला बस्ती छाड्न नसक्ने स्पष्ट पारेका छन् ।

प्राप्त जग्गाको भोगचलनकालागि मात्रै उपयोग गर्नपाउने व्यवस्था गर्नेगरि स्थानान्तरण गर्न थालेको भन्दै उनीहरुले असन्तुष्टी जनाएका छन् ।

सरकारले बाँदरझुलाका स्थानीयलाई माडीको कल्याणपुर, शुक्रनगर, पिप्ले र खैरहनीमा गरी अलग अलग कित्तामा स्थानान्तरण गर्ने तयारी थालेको छ । बाँदरझुृलाका स्थानीय भने सरकारले बस्ती स्थानान्तरणपछि दिने भनिएको जग्गा र त्यसको लालपुर्जा वितरणको प्रकृया व्यवहारीक नभएको गुनासो गरेका छन् ।

बस्ती स्थानान्तरणपछि उपयोग पूर्जादिने सरकारको निर्णयप्रति उनीहरुले आपत्ती जनाएका हुन् । उपयोग पुर्जा प्राप्तभएमा जमिनको स्वामित्व नेपाल सरकारमा नै रहने छ । प्राप्त जग्गाको भोगचलनकालागि मात्रै उपयोग गर्नपाउने व्यवस्था गर्नेगरि स्थानान्तरण गर्न थालेको भन्दै उनीहरुले असन्तुष्टी जनाएका छन् ।

्उपयोग पूर्जा प्राप्त जग्गाको अंशवण्डा तथा दृष्टीबन्ध वा धितो राख्न मिल्दैन् । हाल सरकारले प्रतिघरधुरी १ सय ३० वर्ग मिटर अर्थात करिब साढे ७ धुर जग्गा दिएर बस्तीस्थानान्तरण गर्ने तयारी थालेको छ । तर बाँदरझुलाका स्थानीयहरु कम्तीम न्यूनतम ३ कट्ठा जग्गा पाउनुपर्ने माग गर्दैआएका छन् ।

उनीहरुले जग्गाको स्वामित्व स्वयम् व्यक्तिमा हुनुपर्ने समेत मागगरेका छन् । सरकारले दिने भनेको साढे ७ धुर जग्गा नै दिएर बस्ती स्थानान्तरण गरिए प्रतिघर धुरीका सदस्यमध्ये न्यूनतम २ जनालाई रोजगारीको ग्यारेन्टी गर्नुपर्ने माग सारेका छन् । सरकारले दिएको जग्गा घर बनाउन पनि नपुग्ने भएपछि खेतिपातिका लागि समेत समस्या सृजना हुने भन्दै कम्तीमा २ जनालाई अनिवार्य रोजगारीको व्यवस्था गर्नुपर्ने माग गरेका हुन ।

यस्तै स्थानान्तरण भएर जाने स्थानसम्म हाल भएको कटेरो ढुवानी गरी घर बनाई दिने कार्य समेत राज्यले गर्नुपर्ने माडीका अगुवाहरुको माग छ । स्थानीय शिक्षकसमेत रहनुभएका एजी परिवारले बाँदरझुलाका स्थानीयहरुसँग विना परामर्श सरकारले बस्ती स्थानान्तरणको प्रकृया थालेको भन्दै गुनासो गर्नुभयो ।

सरकारले स्थानीयको इच्छा विपरित आफुखुशी गर्न खोजे आफुहरु प्रतिकारमा उत्रीनसमेत पछिनपर्ने स्थानीय जगराम प्रजाले बताउनुभयो । उहाँले सरकारले बस्ती स्थानान्तरणको नाममा बाँदरझुलाका स्थानीयलाई बास्तविक सुकुम्वासी बनाउन खोजेको समेत आरोप लगाउनुभयो ।

मन्त्री तथा नेताहरु बस्ती पुगेर स्थानीयसँग प्रतिकृया होइन भाषण गरेर मात्रै फर्कीने गरेको समेत उहाँले आरोप लगाउनुभयो । सरकारले स्थानीयको इच्छा विपरित आफुखुशी गर्न खोजे आफुहरु प्रतिकारमा उत्रीनसमेत पछिनपर्ने स्थानीय जगराम प्रजाले बताउनुभयो । उहाँले सरकारले बस्ती स्थानान्तरणको नाममा बाँदरझुलाका स्थानीयलाई बास्तविक सुकुम्वासी बनाउन खोजेको समेत आरोप लगाउनुभयो ।

केही मन्त्री र यहाँका राजनीतिक दलहरुले उचित व्यवस्थापनको नाममा बाँदरझुलाबासीहरुलाई अलपत्र पार्नेखेलमा लागेको बाँदरझुलाका अगुवा श्याम खड्काले बताउनुभयो । उचित व्यवस्थापनको प्रतिक्षामा रहेका बाँदरझुलाका स्थानीयहरु सरकारको निर्णय र प्रकृयाप्रति पूर्ण असन्तुष्ट रहेकोसमेत उहाँले बताउनुभयो । २०४७ सालदेखि बसोबास भइरहेको बाँदरझुलामा हाल ७ सय १० घरधुरी छन् । ३५ सयको हाराहारीमा जनसंख्या छ ।

यस अघि २०५८ सालमा हात्ती र सेनाको सहयोगमा बाँदरझुलामा बसेकाहरुको घरमा आगो लगाएर लखेटेका थिए । २०५९ सालदेखि पुन सो क्षेत्रमा बसोवास सुरुभएको हो । भूमि सुधार व्यवस्था मन्त्रालयले ६ महिनाभित्र बाँदरझुला बस्ती स्थानान्तरण गरिसक्ने गरी तयारी थालेको छ ।

तपाईको प्रतिक्रिया