काठमाडौं, वैशाख ६ गते । व्यवस्थापिका संसदमा रहेका प्रमुख पाँच दलले तोकिएकै मिति वैशाख ३१ स्थानीय तह निर्वाचन गर्ने निर्णय गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान बसेको प्रमुख पाँच दलको बैठकमा नेताहरु स्थानीय तहको निर्वाचनको विकल्प नरहेको भन्दै त्यस्तो निर्णय गरेका हुन् । आगामी निर्वाचन भयरहित ढंगले सम्पन्न गर्न सहमत भएका छन्।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्ट सबै दललाई मिलाएर चुनावमा लैजाने र वैशाख ३१ गते निर्वाचन गराएरै छाड्ने दृढता व्यक्त गरेका थिए। ‘प्रधानमन्त्री दाहालको चाहना ३१ वैशाखमा निर्वाचन गराएरै छाड्ने रहयो’, बैठकमा सहभागी फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले बताउनुभयो । ‘मोर्चालाई सहमतिमा लिएर संविधान संशोधनको विधेयक अघि बढाइने पनि उहाँले जानकारी दिनुभयो ।
मोर्चा निर्वाचनमा आए दुई चरणमा नभए ३१ गते एकैचरणमा निर्वाचन हुन्छ देउवाले बैठकमा भनेका थिए ।
संसदमा पेश भएको संशोधन विधेयक पास गराउन प्रतिपक्षी एमालेका नेताहरुलाई प्रधानमन्त्री प्रचण्डले आग्रह गरेका थिए। जवाफमा एमाले कार्यवाहक अध्यक्ष वामदेव गौतमले निर्वाचन ३१ गते नै गर्ने विषयमा सरकार प्रतिबद्ध भए एमाले विधेयकको विषयमा छलफल गर्न तयार हुने जवाफ दिएका थिए । नेता गौतमले निर्वाचनको वातावरण सहज बनाउनमा सरकारले पर्याप्त भूमिका नखेलेको गुनासो गरेका थिए।
त्यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा निर्वाचनमा भाग लिन तयार भए स्थानीय तहको निर्वाचन दुई चरणमा गर्न सकिने सुझाव राखेका थिए । मोर्चा निर्वाचनमा आए दुई चरणमा नभए ३१ गते एकैचरणमा निर्वाचन हुन्छ देउवाले बैठकमा भनेका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा आपूर्तिमन्त्री दीपक बोहोराले निर्वाचन एकै चरणमा गर्नु उपयुक्त हुने भन्दै मधेसी मोर्चा आउने विश्वासिलो वातावरण भए दुई चरणमा निर्वाचन गर्न सकिने धारणा राखेका थिए। बोहोराले निर्वाचन दुई चरणमा गर्ने भए पनि वैशाख ३१ गतेको निर्वाचनको मिति सार्न नहुने सुझाव दिएका थिए।
मोर्चाले निर्वाचनमा भाग लिने र सहमतिमा आउने भएमा एमाले संशोधन विधेयकमा पनि छलफल गर्न तयार रहेको उनको भनाइ छ ।
फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले स्थानीय तहको निर्वाचनमा सबै दलले भाग लिने वातावरण बनाउन आग्रह गरेका थिए । असन्तुष्ट सबै दललाई निर्वाचनमा भागलिने वातावरण बनाउनुपर्छ, नत्र उनीहरुलाई सहमति नलिइ गरिने निर्वाचन गर्न सहज हुँदैन’ गच्छदारले भनेका थिए ।
एमाले संसदीय दलका उपनेता सुभासचन्द्र नेम्वाङले ‘निर्वाचनमा मधेसी मोर्चालाई सहभागी गराउन गृहकार्यका लागि निरन्तर पहल गर्ने बताएका थिए । ३१ वैशाखमै एकै चरणमा निर्वाचन गर्ने सहमति भएको उनले जानकारी दिए । मोर्चाले निर्वाचनमा भाग लिने र सहमतिमा आउने भएमा एमाले संशोधन विधेयकमा पनि छलफल गर्न तयार रहेको उनको भनाइ छ ।
उर्जामन्त्री जनार्दन शर्माले मोर्चाको सल्लाहमा संशोधन विधेयक ल्याएको भन्दै मोर्चा हठात् आन्दोलनमा गएको गुनासो गरे। ‘मोर्चा निर्वाचनमा आउन तयार भए केही ठाउँमा केही समय दिन सकिन्छ’, शर्माले भने, ‘मोर्चालाई चित्त नबुझेको हो भने फेरि संशोधन गर्नै ठाउँ संविधान संशोधन विधेयकमा छ।’ बैठकमा प्रधानमन्त्री दाहालले मधेसी मोर्चाका असन्तुष्ट नेतासँग थप छलफल गरी पुनः एक वा दुई दिनपछि बैठक बस्ने बताएका थिए।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, नेता प्रकाशमान सिंह, एमालेका कार्यबाहक अध्यक्ष बामदेव गौतम, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेता सुवास नेम्वाङ, अर्थमन्त्री कृष्णबहादुर महरा, माओवादी केन्द्रका नेताहरु रामबहादुर थापा ‘बादल’, नेता वर्षामान पुन ‘अनन्त’, फोरम लोकतान्त्रिकका अध्यक्ष बिजय गच्छदार, आपूर्तिमन्त्री दीपक बोहरा लगायतका शीर्ष नेता उपस्थित थिए।