भगतराम थारु
बाँके, वैशाख २९ गते । शुक्रवार अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवसका अवसरमा नेपालगन्जमा रक्तदान गरिएको छ । दिवसका अवसरमा थारु समुदायका मानिसहरुमा लाग्ने सिकलसेल रोगका विरामीहरुलाई रगत अभावकाकारण उपचारमा समस्या नहोस भन्ने उद्देश्यकासाथ रक्तदान कार्यक्रम गरिएको हो ।
अन्तर्राष्ट्रिय नसिङ्ग दिवसका अवसरमा नेपाल नर्सिङ्ग संघ बाँके शाखाले शुक्रवारदेखि नेपालगन्जको भेरी अञ्चल अस्पताल परिषरमा रहेको क्षेत्रिय रक्तसञ्चार केन्द्रमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।
नेपाल नर्सिङ्ग संघ बाँके अध्यक्ष लक्ष्मी केसीकाअनुसार थारु समुदायका मानिसहरुमा लाग्ने सिकलसेल रोगका विरामीहरु बाँकेमा धेरै रहेको बताउँदै रगत अभावकाकारण उपचारमा समस्या नहोस् भन्ने उद्देश्यले आफुहरुले अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवसको अवसर पारी रक्तदान कार्यक्रमको आयोजना गरिएको केसीले जानकारी दिनुभयो ।
रक्तदान कार्यक्रममा २६ जना महिला र १० जना पुरुष गरी ३६ जनाले रक्तदान गरेका थिए । संघले रक्तदान कार्यक्रमसंगै शुक्रवार विहान प्रभातफेरिको आयोजना गरेको थियो ।
रक्तदान कार्यक्रममा २६ जना महिला र १० जना पुरुष गरी ३६ जनाले रक्तदान गरेका थिए । संघले रक्तदान कार्यक्रमसंगै शुक्रवार विहान प्रभातफेरिको आयोजना गरेको थियो । भेरी अञ्चल अस्पतालबाट सुरुहुने प्रभातफेरिले चारबाहिनी, विपिचोक, धम्बोजीचोक, सेतुविक चोक, त्रिभुवनचोक हुँदैं नगरेका विभिन्न भागको परिश्रममा गरी जिल्ला प्रशासन कार्यालय बाँकेमा पुगी कोणसभामा परिणत भएको अध्यक्ष केसीले जानकारी दिनुभयो ।
कार्यक्रममा नर्सिङ संघ बाँकेका संस्थापक अध्यक्ष शान्ता आचार्यलाई सम्मान गरिएको छ । कार्यक्रममा बाँकेका सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधी, भेरी अञ्चल अस्पताल, जिल्ला जनस्वास्थ्य, विभिन्न स्वास्थ्य संस्थामा कार्यरत नर्सिङस्टाफ, नरर्सिङ क्याम्पसका शिक्षक, विद्यार्थीलगायतको सहभागिता रहेको नेपाल नर्सिङ संघ बाँकेका अध्यक्ष लक्ष्मी केसीले जानकारी दिनुभयो ।
यसवर्ष दिगो विकासको लक्ष्य हासिल गर्नकालागि नेतृत्वदायी आवाज भन्ने नाराकसाथ दिवस मनाइदै छ । नर्र्सिङ सेवामा सुप्रसिद्ध फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर हरेक वर्षको मे १२ मा यो दिवस मनाउने गरिन्छ ।