मानबहादुर चौधरी
बर्दिया, असोज ११ गते । थारु भाषामा प्रकाशित ‘गयर्वा बुदु’ कथा संग्रहमा समेटिएका कथाहरुमा थारु समुदायको इतिहाँस र हराउँदै गएको मौलिकतालाई संरक्षण गर्नमा महत्वपुर्ण भुमिका खलेको समिक्षकहरुले बताएका छन् ।
गुलरिया नपा ८ को कोठिया गाउँमा बुधबार कथाकार शेखर दहितद्वारा लिखित ‘गयर्वा बुदु’ कथा संग्रहको समिक्षा तथा बिजया दशमीको शुभकामना अदान प्रदान कार्यक्रममा सहभागिहरुले उक्त कुरा बताएका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी साहित्यकार सन्तराम धारकटुवा थारुले सो कथा संग्रहमा समेतिएका कथाका पात्र, विषयबस्तु र प्रयोग भएका शब्द तथा शैली अन्य भाषामा लेखिएका साहित्य सरह उत्कृष्ट रहेको बताउनुभयो ।
थारु भाषामा साहित्यलेखन अभ्यास औलामामात्र गन्न सक्ने स्रष्टा रहेको अवस्थामा अख्यान तर्फ कथाकार शेखर दहितले थारु समुदायमा विगतमा भएगरेका घटनालाई मौलिकरुपमा सरल तरिकाले कथामार्फत पस्केको बताउनुभयो । थारु समुदाय भित्र पनि उत्कृष्ट साहित्य सृजना गर्न सक्ने सृजनशील स्रष्टा अगाडि आइरहेको पुस्तकले प्रमाणित गरेको उहाँको भनाई छ ।
कर्मशील नेपालका अध्यक्ष तथा साहित्यकार शुसिल चौधरीले ‘गयर्वा बुदु’ कथा संग्रह समेतिएका कथामा थारु सुमदाय विगतको अवस्थालाई ऐनामाजस्तै छर्लङ्ग रुपमा हेर्न सकिने बताउनुभयो । यसले थारु समुदायको पुराना मौलिक शब्दलाई संरक्षण गरी शब्द भण्डारको रुपमा काम गरेको बताउँदै उहाँले पुरानो पुस्ता र नयाँ पुस्ताबीच जोडने पुलको रुपमा पुस्तकले काम गर्ने बताउनुभयो ।
थारु समुदायको पुराना मौलिक शब्दलाई संरक्षण गरी शब्द भण्डारको रुपमा काम गरेको बताउँदै उहाँले पुरानो पुस्ता र नयाँ पुस्ताबीच जोडने पुलको रुपमा पुस्तकले काम गर्ने बताउनुभयो ।
उद्योग बाणीज्य संघ गुलरियाका नवनिर्वाचित अध्यक्ष विरबहादुर चौधरीले नयाँ युवा पुस्ताबाट पनि थारु भाषा साहित्य संरक्षण र विकासको लागि गहन अध्ययन गर्दै खारिएर लेखन अभ्यासको रुपमा आउनु खुसीको कुरा भएको बताउनुभयो ।
‘गयर्वा बुदु’ कथा संग्रहका लेखक शेखर दहितले कथाहरुलाई उत्कृष्ट बनाउनमा अग्रज सहित्यकार, पाठक र सबैभन्दा बढी आफुलाई जन्मदिने आमाबुवाको मार्गदर्शनले भुमिका खेलेको बताउनुभयो । अबको केही समय भित्रै ‘गयर्वा बुदु –२’ लिएर पाठकबीचमा आउन लागेको पनि जानकारी दिनुभयो ।
लेखक शेखर दहितले सानै उमेरदेखि बिशेषतः अख्यानतर्फ कलम चलाउँदै आएका छन् । फुटकररुपमा आधा दर्जनभन्दा बढि थारु भाषामा कथा लेखेर विभिन्न पुस्तक, पत्रपत्रिकामा प्रकाशन गरिसकेका उनले २०७३ चैत महिनामा विभिन्न नौ ओटा कथा समेतेर ‘गयर्वा बुदु’ प्रकाशन गर्नुभएको थियो ।
सो पुस्तकमा गयर्वा बुदु, सिरुवा, बट्या, काला, छारा, दलदल, ठण्डा बरफ, लगायत नौ ओटा कथा समेटिएको छ ।