
धिरेन्द्रकुमार चौधरी
झुम्का, पुस २० गते । थारु समुदायको प्रमुख पर्व माघी आउनै लागेको छ । माघीको अवसरमा देशभर थारु वस्तीमा महोत्सवको रमझम शुरुभएको छ । महोत्सवमा थारु खाना परिकारको राम्रो व्यापार हुनेगर्छ ।
सुनसरीको बिभिन्न ठाउँमा माघी महोत्सबको आयोजना हुने तयारीमा छ । पुस महिनादेखि शुरुहुने महोत्सव माघको पहिलो सातासम्म चल्ने देखिएको छ ।
पर्बलाई कसैले पुस र कसैले फागुनमा महोत्सवको रुपमा मनायो भने कुनै औचित्य हुनेछैन् । महोत्सव थारु समुदायको कला संस्कृति संरक्षणका लागि केन्द्रीत हुनुपर्छ न कि व्यापार व्यवसायका लागि ।
हाम्रा पिता पुर्खाले माघ १ गते मनाउदै आएको माघी पर्व केही संस्थाले सस्तो लोकप्रियताका लागि पुसमा माघी मनाउने तयारी गरिरहेका छन् । माघ महिना नलाग्दै मनाउने महोत्सवले थारु समुदाय नै अन्यौलमा छन् ।
माघ १ गते मुक्ति दिबस र अधिकार प्राप्तीका दिनकोरुपमा मनाउनु पर्ने पर्ब ब्यापारिक दृष्टिकोणले मनाउन शुरुभएपछि पर्वको रौनकतामा ह्रास पो आउने हो कि भन्ने चिन्ता बढ्न थालेको छ ।
झुम्कामा एक संस्थाले पुस २१ गतेदेखि ३० गतेसम्म बिहान दिनको १० बजेदेखी राती ९ः०० बजेसम्म महोत्सबको कार्यक्रम गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । महोत्सबमा रमाईलो मेलाजस्तै बिभिन्न किसिमका पिङ तथा खेलौना राखी सजाईएको छ ।
थारु कला तथा संस्कृति संरक्षणकालागि महोत्सब आयोजना गरिएको भनीए पनि बिहीबार बेलुकासम्म त्यस ठाउँमा ब्यापारीका बिभिन्न सामग्री बाहेक अरु केही तयारी देखिएको छैन् ।
महोत्सबको तयारी हेर्दा ब्यापारीक दृष्किोणले आयोजना गरेको सहजै अनुमान गर्न सकिन्छ । खासगरी प्रत्येक बर्ष माघ १ गते नेपालीहरुले पर्ब मनाउने चलन रहेको छ । पूर्वका थारु जातीले तिला संक्राईत पाबैन भनेर पौराणिक कालदेखी मनाउदै आएको माघी पर्ब हो ।
नेपाल कृषि प्रधान देश भएकोले थारुहरु कृषि पेशामा आस्रित रहेका छन् । उनीहरुले पुस मसान्तसम्म बर्ष भरीको काम समाप्त भएको र माघ १ गते कृषि पेशाको काम शुरुवात गर्ने चलन रहेको छ । यसै दिनदेखि जाडोबाट बच्न बिभिन्न परिकारहरु खाने चलन रहेको छ ।
सुनसरीमा अहिले तीन ठाउँमा माघी महोत्सव आयोजना गर्ने होडबाजी नै चलेको छ । केही आयोजक संस्थाले माघीको अर्थ नबुझी फेशनको रुपमा पर्बलाई लिएका छन् ।
बिगतमा राष्ट र समाजका लागि ठूला ठूला उपलब्धि हासिल गरिएको ठाउँमा माघ १ गते देखि एक बा दुई दिनसम्म महोत्सब कार्यक्रम राखी मुक्ति दिबसकोरुपमा थारुहरुले माघी मनाउदै आएका छन् ।
सुनसरीमा अहिले तीन ठाउँमा माघी महोत्सव आयोजना गर्ने होडबाजी नै चलेको छ । केही आयोजक संस्थाले माघीको अर्थ नबुझी फेशनको रुपमा पर्बलाई लिएका छन् ।
सबै मिलेर भब्य तरीकाले माघी महोत्सबको आयोजना गर्नुपर्छ । पश्चिमका थारुहरु मनाउन थालेको माघी महोत्सबको बेग्लै रुप अहिले पूर्बतिर आइसकेको छ । खासगरी पश्चिमका थारुहरु मुक्ति दिबस र अधिकार प्राप्ती दिन माघ १ गते हर्ष उल्लासकासाथ माघी पर्ब मनाउने चलन रहेको छ ।
थारु पत्रकार संघ नेपालका पूर्व अध्यक्ष कृष्णराज सर्बाहारी भन्छन् – मालिकले माघ १ गते गरीब बर्गका बालबालिकालाई कम्लरी तथा बधुवा मजदुरमा नोकरी तथा काम गर्नकालागि राख्ने गर्थे । यो परम्परा हटेपछी यसै दिनदेखि मुक्ति दिबसको रुपमा माघी पर्ब मनाउने प्रचलन चल्यो ।
यसअधि पहिले त्यहा बालबालिकाको अधिकार हनन् हुने दिन माघ १ गते रहेको थियो । यो प्रथाबाट मुक्तिको घोषणा भएपछी माघ १ गतेका दिन माघी पर्ब महत्वका साथ मनाईदै आएको छ । यसको महत्व थारु समाजमा दिन प्रतिदिन बढदै गइरहेको छ ।
दाङ, कैलाली, बाके, बर्दिया, कञ्चनपुरमा त्यहाका गरीब बालबालिकाहरु मालिकको घरमा बधुवा मजदुर भएर बस्नु पर्दथ्यो । नेपालमा बि.स.२०४६ सालमा प्रजातन्त्र संस्थागत भएपछी यो प्रथा हटेको थियो ।
यसअधि पहिले त्यहा बालबालिकाको अधिकार हनन् हुने दिन माघ १ गते रहेको थियो । यो प्रथाबाट मुक्तिको घोषणा भएपछी माघ १ गतेका दिन माघी पर्ब महत्वका साथ मनाईदै आएको छ । यसको महत्व थारु समाजमा दिन प्रतिदिन बढदै गइरहेको छ ।
माघी पर्बलाई मुक्ति दिबसको रुपमा मनाउनु आबश्यक रहेको छ । यो पर्बको नामबाट ब्यपारीकरण तरीकाले महोत्सब मनाईयो भने सम्पुर्ण समाजलाई नै अपाच्य हुनजान्छ ।
यसरी यो पर्बलाई कसैले पुस र कसैले फागुनमा महोत्सवको रुपमा मनायो भने कुनै औचित्य हुनेछैन् । महोत्सव थारु समुदायको कला संस्कृति संरक्षणका लागि केन्द्रीत हुनुपर्छ न कि व्यापार व्यवसायका लागि ।




