खिचरा महोत्सवलाई साङ्गीतिक बनाउने तयारीमा चित्तवनवासी


सन्तकुमार चौधरी
चितवन, पुस २६ गते । पाँचौ खिचरा महोत्सव २०७४ लाई साङ्गीतिक उत्सवकोरुपमा मनाउने आयोजकले तयारी गरेको छ । विगतका वर्षहरुभन्दा यो पटक महोत्सवलाई थप रोचर र मनोरञ्जनात्मक बनाउन सो तयारी गरिएको हो ।

पुस २८ देखि सुरुहुने खिचरा महोत्सव साङ्गीतिक उत्सवकैरुपमा मनाउने गरी विभिन्न गायक गायिकाहरुलाई निम्तो गरिएको आयोजक थारु कल्याणकारिणी सभा क्षेत्र नंं ७ का सभापति नारायण महतोले जानकारी दिनुभयो ।

महोत्सव मूल समारोह समितिका संयोजक समेत रहनुभएका महतोले यो पटकको महोत्सवलाई सांस्कृतिक सँगै साङ्गीतिक उत्सवकोरुपमा लैजाने तयारी गरिएको बताउनुभयो । महोत्सवमै पहिलो पटक मञ्चसँगै १८ इन्चको एलइडीमा कलाकारहरुको प्रस्तुति हेर्न पाइने व्यवस्था गरिएको छ ।

थारु, मगर, गुरुङ लगायत विभिन्न जातजातिको सांस्कृतिक प्रस्तुति सँगै साङ्गीतिक माहोलमा दर्शकहरु रमाउने गरी तयारी गरिएको महोत्सवको सांस्कृतिक संयोजक जयस चौधरीले जानकारी दिनुभयो ।

महोत्सव अवलोकन गर्न आउने सबैखालका दर्शकलाई लक्षित गरेर कलाकारहरुलाई निम्तो गरिएको छ । यो पटक महोत्सव अवलोकन गर्न आउनेहरुले फरकखालको अनुभुती गर्न पाउने आयोजकको दावी छ ।

महोत्सव अवलोकन गर्न आउने सबैखालका दर्शकलाई लक्षित गरेर कलाकारहरुलाई निम्तो गरिएको छ । यो पटक महोत्सव अवलोकन गर्न आउनेहरुले फरकखालको अनुभुती गर्न पाउने आयोजकको दावी छ ।

लोकदोहोरी देखि गजलसम्म महोत्सव अवधिभर सुन्न पाइनेछ । सांस्कृतिक संयोजक चौधरीकाअनुसार लोकदोहोरीका लागि पशुपती शर्मा आउने पक्कापक्की भइसकेको छ । युवापुस्ताले औद्यी रुचाएका आधुनिक गायनक्षेत्रका गायक प्रमोद खरेलको पनि प्रस्तुति रहनेछ ।

यस्तै, गजल गाउन बढी पोख्त मानिएका गायक शिव परियारको पनि खिचरा महोत्सवमा प्रस्तुति देखाउने छन् । तन्नेरी उमेरका युवायुवतीले बढी रुचाउने लोकदोहोरी गायिका ज्योति मगरको समेत प्रस्तुती रहनेछ । यसैगरी नयाँपुस्ताले बढी रुचाउने गायक कमल खत्रीको समेत साङ्गीतिक प्रस्तुती रहनेछ ।

गायक मिलन लामाले थारु र नेपाली गीत गाउनेछन । स्थानीय समेत भएकाले सकेसम्म धेरै समय दिएर दर्शकलाई मनोरञ्जन प्रदान गर्ने गायक लामाको तयारी छ । यस्तै चितवन आइडल हुँदै सांगेतीक दुनियामा बेग्लै परिचय बनाउन सफल सुरेश लामाको समेत प्रस्तुती हुनेछ ।

यस्तै थारु समुदायले बढी रुचाएका गायक मनोज महतो र सन्जय चौधरीको समेत सांगेतीक प्रस्तुती रहनेछ । दुवैजनाले मातृभाषा सहित अन्य भाषामा गीत गाउनेछन् । गायक अमित चौधरीले यो पटक आफ्नो प्रस्तुती दिनेछन् । महोत्सव माघ ८ गते सम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया