
पोखरा, माघ २७ गते । पोखरामा रही सक्रिय पत्रकारिता गर्दै आउनुभएकी जमुना वर्षा शर्मा टंकादेवी तुलसीप्रसाद स्मृति पत्रकारिता पुरस्कार २०७४ बाट सम्मानित हुनुभएको छ ।
पोखरा एक्सप्रेस समाचारपत्र तथा पोखरा एक्सप्रेस अनलाइनका प्रधान सम्पादक पत्रकार शर्मालाई शनिबार एक कार्यक्रमकाबीच प्राज्ञ तीर्थ श्रेष्ठ, गायिका हरिदेबी कोइराला, नेपाल पत्रकार महासंघका सदस्य रामकृष्ण ज्ञवाली, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ लगायतले नगद २० हजार एक रुपैयाँ तथा दोसल्ला र सम्मानपत्रले सम्मानित गर्नुभयो ।
पत्रकार शर्मा पोखरा एक्सप्रेस पाक्षिकको प्रधानसम्पादक, देशसंचार मल्टिमिडिया अनलाईन तथा रेडीयो जननीमा पनि आवद्ध हुनुहुन्छ । २०५७ सालमा धवलप्रभात मासिकवाट पत्रकारिता सुरु गर्नुभएकी पत्रकार वर्षाले माछापुच्छ्े एफएम, पोखरापत्र दैनिक, महिला खवर डट कमको क्षेत्रीय संवाददाताको रुपमा काम गरिसक्नुभएको छ ।
पोखरा–५ प्रस्याङ निवासी सुवर्णप्रसाद कोइराला तथा उहाँको परिवारजनबाट स्थापित सो पुरस्कारवाट हरेक वर्ष एकजना सञ्चारकर्मी पुरस्कृत हुने गर्छन् । पत्रकार पुण्य पौडेलको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिको सिफारिसअनुसार पत्रकार शर्मा छनौटमा पर्नुभएको थियो । सो समितिमा रमेश पौडेल, माधव पनेरु तथा महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ र सचिव रामप्रसाद तिमिल्सना पदेन सदस्य थिए ।
पत्रकार शर्मा पोखरा एक्सप्रेस पाक्षिकको प्रधानसम्पादक, देशसंचार मल्टिमिडिया अनलाईन तथा रेडीयो जननीमा पनि आवद्ध हुनुहुन्छ । २०५७ सालमा धवलप्रभात मासिकवाट पत्रकारिता सुरु गर्नुभएकी पत्रकार वर्षाले माछापुच्छ्े एफएम, पोखरापत्र दैनिक, महिला खवर डट कमको क्षेत्रीय संवाददाताको रुपमा काम गरिसक्नुभएको छ ।
सम्मानित पत्रकार शर्मा नेपाल पत्रकार महासंघको केन्द्रीय पार्सद, संचारिका समुह पश्चिमाञ्चलको अध्यक्ष तथा प्रेस चौतारीको केन्द्रीय सदस्य हुनुहुन्छ । सो पुरस्कारबाट यसअघि मरणोपरान्त स्वर्गीय उमा सिँह, पत्रकार रामकृष्ण ज्ञवाली, रीता गुरुङ, ईश्वरी न्यौपाने, गणेश पाण्डे, दीपेन्द्र श्रेष्ठ, ऋषि धमला र माधव पनेरु पुरस्कृत भइसक्नुभएको छ ।




